Tuesday, July 28, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

४१ वर्षदेखि खाली खुट्टै यात्रा


वर्तमान समयमा मानिस, ऐशआराम, सुखसुविधा र विलासिताका साधनको यति धेरै सौखिन भइसकेको छ कि, ऊ यसमा पनि स्वचालित उपकरणको खोजीमा छ । सामान्य वस्तुको विकल्प आजको मानिस ‘ब्रान्ड’मा खोजिरहेको छ । सत्ता र शक्तिमा पुगेकाहरू अझ बढी ऐयासी छन् तर यसका अपवाद पनि यतै कतै भेटिने गर्छन् ।

०००

एक्कासि पौने ३ बजेतिर सेतो झोला, कालो टोपी, भोटो, भोटोमाथि हाप स्वेटर, त्यसमुनि धोरी (कछाड) र नांगै खुट्टा सेतै फुलेका एक पाका पुरुष नयाँ पत्रिकाकै रिसेप्सननेर टुप्लुक्क आइपुगे । उनको हुलिया देखेर रिसेप्सन र सुरक्षागार्डबीच सामान्य खासखुस भयो ।

शंकरप्रसाद पाण्डेय, नेता, कांग्रेस

उनी र मबीच अफिसमै भेट्ने तय भएको थियो । उनको मोबाइल अफ भएकाले हामीबीच पुनः संवाद हुन सकेको थिएन । उनी ‘सरप्राइज’ शैलीमा शनिबार पौने ३ बजे अफिसमै आइपुगे ।

म उनलाई भेट्न रिसेप्सनमै पुगेँ । उनी थिए, नेपाली कांग्रेसका नेता शंकरप्रसाद पाण्डेय । उनीसँग उनकै जीवनका उतारचढावबारे संवाद सुरु भयो ।

०००

०४८, ०५१ र ०६३ को अन्तरिम संसद्मा सांसद भएका व्यक्ति नांगै खुट्टा हिँड्छन् भन्दा पत्यार नलाग्न सक्छ । तर, कांग्रेस नेता पाण्डेय ४१ वर्षदेखि खाली खुट्टा यात्रारत छन् । चैत–वैशाखको पैताला पोल्ने ताप होस् या पुस–माघको ठिहि-याउने चिसो, उनी जुत्ता–चप्पल नलगाएरै हिँड्छन् ।

कहिले सहर बजारका गल्ली त कहिले गाउँघरका कुनाकन्दरामा उनी खाली खुट्टै पुग्छन् । ‘नांगै खुट्टा हिँड्दा गाह्रो हुँदैन ?’ भन्ने प्रश्नमा पाण्डेय भन्छन्, ‘नबुझेर गरिएको हरेक काम गाह्रो हुन्छ ।

तर, बुझेर गरेका सबै काम सजिला हुन्छन् । मनैदेखि प्रसन्न भएर गरेका काम सबै सजिलै हुन्छन् ।’ बाध्यतावश गरिएका सबै काम गाह्रो हुने पाण्डेयको तर्क छ ।

‘स्वेच्छा र साधनाले गरिने काम गाह्रो हुँदैन । खाली खुट्टा हिमालमा बस्ने जीवहरू पनि छन्, मान्छे पनि छन्,’ पाण्डेय भन्छन्, ‘म आनन्दित छु, प्रफुल्लित छु, खाली खुट्टा हिँड्दा कुनै गाह्रो हुँदैन ।’ खाली खुट्टा हिँडिरहन पाएकोमा पाण्डेय खुसी छन् ।

उनी भन्छन्, ‘मेरो जीवन देश र समाजका लागि खर्चन पाएको छु । मेरो रगतका थोपा देशका लागि बगाउन पाएको छु । युवाको माया, प्रेम, सम्मान भाव पाएको छु । यसैमा खुसी छु । आनन्दित छु ।’

०००

असोज १४ गते ०३३ सालको कुरा हो । बिपी कोइराला राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्र्किए । लगत्तै उनलाई राज्यले जेल हाल्यो । ‘बिपीको स्वास्थ्य खराब भएपछि जेलबाट छुट्नुभयो ।

देशको अवस्था नहेरी आफ्नो स्वास्थ्य उपचार गर्न जान्नँ भन्दै अडान लिनुभयो,’ पाण्डेयले स्मरण गरे, ‘मेरोभन्दा देशको स्वास्थ्य खराब छ भन्दै पहिलो भ्रमण पोखरा हुँदै स्याङ्जा छान्नुभयो ।’

स्याङ्जा बिपीको प्रिय ठाउँ थियो । ‘प्रजातान्त्रिक आचरण हेर्न स्याङ्जा जानुपर्छ’ भन्ने बिपीको मान्यता थियो । पाण्डेय भन्छन्, ‘हामी पनि स्याङ्जाबाट प्रतिनिधित्व गथ्र्यौं ।’

पाण्डेयसहित कांग्रेस नेता, कार्यकर्ता बिपीको स्वागतमा पोखरा विमानस्थल पुगे । त्यतिवेला पञ्चायती शासकले अञ्चलाधीश र सिडिओको आदेशमा केही युवालाई एयरपोर्टमा प्रवेश गराएर बिपीलाई अवरोध गराएको पाण्डेय सम्झन्छन् ।

‘यतिसम्म कि एयरपोर्टभित्र गाई, भैँसीसमेत हुलेर प्लेन ल्यान्ड गर्न दिइएन,’ उनी भन्छन्, ‘प्लेन ल्यान्ड गर्न नदिएपछि बिपी काठमाडौं फर्किए । मजस्तै युवाहरू किन बिपीलाई रोक्न सक्रिय भए ?

मैले ती युवाको अध्ययन गरेँ । उनीहरू लाउन, खान, साँझ एकछिन होटेलमा रमाइलो गर्न त्यस्तो गर्दा रहेछन् ।’ राष्ट्रियताप्रति अगाध स्नेह भएको अन्तर्राष्ट्रिय छवि बनाएका बिपीको अपमान भएको महसुस पाण्डेयले गरे ।

 

२४ वर्षको थिएँ । बिहे गरेको थिएँ । सन्तान थिएनन् । लाउने, खाने उमेर थियो । बजारमा काउब्वाई पाइन्ट र ज्याकेट पाइन्थ्यो । जिन्सको पाइन्ट र ज्याकेट लगाउनेमा म पनि एक थिएँ । म जुत्ता किन्न गोरखपुर पुग्थेँ । फेसनका लुगा किन्न काठमाडौं आउँथेँ ।

 

‘मैले पनि लगाउने, खाने, मोजमस्ती गर्नेमा ध्यान दिएँ भने यस्तै कर्म गर्छु होला भन्ने लाग्यो । देशमा प्रजातन्त्रको पुनस्र्थापना हुनुपर्छ, बिपीको विचारले साकार रूप लिनुपर्छ भन्ने भित्रैदेखि लाग्यो,’ उनले भने, ‘एयरपोर्टमा बिपीलाई देखाइएको कालो कपडालाई साँचिराखेर त्यहीँ संल्कप गरेँ– ‘मेरो शरीरमा रहेका कपडा बदल्नेछु ।’

उनले पञ्चायत समाप्त भएर प्रजातन्त्र पुनस्र्थापना भएको दिन वस्त्र बदल्ने संकल्प गरेँ । शरीरमा लगाएको लुगा फेरेनन् । शरीरमै धुजाधुजा भए । लाज ढाक्नुपर्ने अवस्था आयो । कम्बल ओडेर हिँड्न थाले ।

प्रजातन्त्रका लागि ‘ब्रह्मचारी’ भएर हिँड्न थाले । अन्न पनि छोडे । ‘मैले पकाएको खाना खाइनँ । वनका झारपात जडीबुटी जे पाइन्छ, त्यही खान थालेँ,’ पाण्डेयले भने, ‘खान मिल्ने पातपतिंगर खाएँ । दुबो खुब खाएँ ।’

०००

०४६ सालको जनआन्दोलनपछि बहुदल आयो । त्यसपछि मात्रै कपडा बदलेको पाण्डेय बताउँछन् । ‘०४७ सालमा नेपालमै उत्पादन भएको भोटो, कछाड लगाउन थालेँ,’ पाण्डेय भन्छन्, ‘भक्तपुरमा बनेको लुगा र नेपालमै बुनेको स्वेटर हुन्छ ।

जुम्लामा बनेको टोपी लाउँछु । झोला पनि स्वदेशकै उत्पादन बोक्ने गरेको छु ।’ टोपीले हिमालको, भोटोले पहाड र कछाडले तराईको प्रतिनिधित्व गर्ने पाण्डेय बताउँछन् । पाण्डेय भन्छन् ‘नेपाली खाना खाने, नेपाली गीत गाउने, नेपाली नाना लगाउने गर्छु ।’ यसमै नेपालको विकास देख्छन् उनी ।

देशमा अझै प्रजातन्त्र नआएको तर्क गर्छन्, पाण्डेय । ‘देशमा प्रजातन्त्र आएपछि जुत्ता लगाउँला भनेको अझै प्रजातन्त्र आएकै छैन ।

हामीले जुत्ता–चप्पल लगाउने हैसियत भएकै छैन,’ उनले भने, ‘त्यसैले खाली खुट्टा हिँड्ने गर्छु ।’ तीनपटक सांसद बन्दा जनताले जुत्ता, चप्पल लगाउन आग्रह गरे पनि अस्वीकार गरेको पाण्डेय बताउँछन् ।

०००

पाण्डेय नुन पनि खाँदैनन् । ०३४ सालदेखि नुन नै खान छोडेको उनी बताउँछन् । ‘बाँच्नका लागि नुन खानुपर्छ भन्ने छैन,’ पाण्डेय भन्छन्, ‘के ह्वेल माछा नुन खान्छ ? हात्तीले नुन खान्छ ? बाघले नुन खान्छ ? नुन नखाएर पनि बाँच्न सकिन्छ ।’

उनी स्वदेशी गाई, भैँसीको दूध, दही, मही खान्छन् । उनी पानीको सट्टा मही पिउँछन् । ‘विदेशी कोकाकोला होइन, महीमा पौष्टिक तत्व पाइन्छ,’ उनले भने, ‘म सागसब्जी, अन्न, गेडागुडी स्वदेशकै खान्छु, एक छाक खान्छु ।’

हाम्रो देशमा नुन नबनेकाले नखाने गरेको उनले बताए । आँप, अदुवा, कागती, दुबो र खान मिल्ने वनस्पति खाने गरेको उनको भनाइ छ । ‘म जे गर्छु, सबैले त्यस्तै गर्नुपर्छ भन्ने होइन,’ उनी भन्छन्, ‘समाज बदल्नेले पहिला आफूलाई बदल्न सक्नुपर्छ ।’ राजनीति गर्नेलाई पाण्डेयको सुझाब छ– देश बुझेर राजनीति गर । देश नबुझेको शासक धेरै दिन टिक्न सक्दैन ।

एक समय सौखिन थिएँ ‘२४ वर्षको थिएँ । मैलै २२ वर्षको हुँदा बिहे गरेँ । सन्तान थिएनन् । लाउने, खाने उमेर थियो । बजारमा काउब्वाई पाइन्ट र ज्याकेट पाइन्थ्यो । काउब्वाई जिनमा पनि लिवाइज भन्ने आउँथ्यो । जिन्सको पाइन्ट र ज्याकेट लगाउनेमा म पनि एक थिएँ ।

उनी जुत्ता किन्न गोरखपुर पुग्थे भने फेसनका लुगा किन्न काठमाडौं आउँथे । ०१० साल भदौ १४ गते स्याङ्जाको बिर्घामा जन्मिएका उनी मध्यम वर्गीय किसान परिवारमा हुर्किए । खानलाउनलाई समस्या थिएन । पिता दोस्रो विश्वयुद्धमा सेनामा भर्ती भए पनि पछि स्वदेश फर्किएको उनी सम्झन्छन् ।

‘वेद र अंग्रेजी सँगै पढाउने पाठशाला खोलेर पिताजी समाजसेवामा लाग्नुभयो,’ पाण्डेय स्मरण गर्छन् । पिताले खोलेको विद्यालयबाट ०२६ सालमा उनले एसएसली गरे । संयुक्त परिवारमा बस्ने पाण्डेयका ८० वर्षीया सानीआमा, श्रीमती दुई छोरी छन् ।

०००

एसएलसी पास गरेपछि उनी आइएस्सी पढ्न त्रिचन्द्र कलेज भर्ना भए । कलेज पढ्दापढ्दै उनी विद्यार्थी राजनीतिमा जोडिए । ‘नेविसंघ जन्मिदैदेखि संगठित भएँ,’ उनले भने, ‘पछि नेपाल शिक्षक संघमा आबद्ध भएँ ।

विज्ञान पढेका विद्यार्थीलाई बिपीले आह्वान गर्नुभयो– गाउँमा गएर शिक्षक बन्ने ।’ आइएस्सी पढ्दै गर्दा उनका पिताको निधन भयो । पाण्डेय पढाउँदै राजनीति गर्न थाले । पञ्चायतकालमा विज्ञान शिक्षक भएका पाण्डेयले १२ वर्ष पढाए । ०४२ सालको सत्याग्रहमा राजीनामा दिए । उनी जेल परे ।

०००

‘०४८ सालमा किसुनजी (कृष्णप्रसाद भट्टराई), गिरिजाबाबु (गिरिजाप्रसाद कोइराला) र गणेशमान (गणेशमान सिंह)जीले कपडा बदल्न भन्नुभयो । नभए शपथ लिन पाइँदैन पनि भन्नुभयो,’ उनले सम्झिए, ‘मैले राजीनामा गर्ने सोचेँ ।

जनताको मतको सम्मान गर्नुपर्छ भन्ने लाग्यो । दुई दिन समय मागेँ । नेपालमै बनेको दौरा–सुरुवाल र जुत्ता लगाएर शपथ खान गएँ ।’

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

उठिबास रोक्ने सहित भूमि वितरण गर्न हरवा–चरवाको माग
अन्य

उठिबास रोक्ने सहित भूमि वितरण गर्न हरवा–चरवाको माग

अपाचे आरटीआर १६० ४ भी जनकपुरधाममा लन्च
Blast News

अपाचे आरटीआर १६० ४ भी जनकपुरधाममा लन्च

मधेश सरकार दास र लाश हुन् : सांसद महतो
Blast News

मधेश सरकार दास र लाश हुन् : सांसद महतो

७ महिनाकी गर्भवती भनिएकी १४ वर्षीया बालिका बेपत्ता
अन्य

७ महिनाकी गर्भवती भनिएकी १४ वर्षीया बालिका बेपत्ता

रेडक्रसलाई दलीयकरण गर्न सदस्यता वितरणमा अनियमितता
Blast News

रेडक्रसलाई दलीयकरण गर्न सदस्यता वितरणमा अनियमितता

सरूवाका लागि आवेदन आह्वान
अन्य

सरूवाका लागि आवेदन आह्वान

ताजा खबर

पत्रिका टेण्डर  छाप्न नपाउने  संशाेधनविरूद्ध मुद्दा

पत्रिका टेण्डर छाप्न नपाउने संशाेधनविरूद्ध मुद्दा

जनकपुरका पोखरी अतिक्रमणमुक्त अभियान स्थगित

जनकपुरका पोखरी अतिक्रमणमुक्त अभियान स्थगित

दिनदहाडै खुकुरी प्रहार गरी महिलाको हत्या

दिनदहाडै खुकुरी प्रहार गरी महिलाको हत्या

दुई भारतीय नागरिक खैरो हेरोइनसहित पक्राउ

दुई भारतीय नागरिक खैरो हेरोइनसहित पक्राउ

५ लाख घुससहित कर अधिकृत पाल पक्राउ

५ लाख घुससहित कर अधिकृत पाल पक्राउ

पूर्व अर्थमन्त्री साहसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

पूर्व अर्थमन्त्री साहसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव