Wednesday, April 29, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

संघीयता जाेगाउनेकाे पक्षमा धनुषा ४ का मतदाता


संघीयता जाेगाउनेकाे पक्षमा धनुषा ४ का मतदाता

जनकपुरधाम, फागुन १९ गते । धनुषा निर्वाचन क्षेत्र नं. ४ का उम्मेदवार तथा नेपाली कांग्रेसका तत्कालीन सह–महामन्त्री यादवले महेन्द्र यादवले संघीयता र संविधानको पक्षधर शक्तिलाई साथ दिन मतदातासँग आग्रह गरेका छन्। उनले यो निर्वाचन केवल प्रतिनिधि छान्ने प्रक्रिया मात्र नभई परिवर्तनको लडाइँ भएको बताएका छन्।

निर्वाचन प्रचार–प्रसारको अन्तिम चरणमा मिथिला नगरपालिका ८ र १० तथा जनकपुरधाम १४ मा आयाेजित घरदैलाे तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, “यो संघीयता तथा संविधान जोगाउने र देशलाई अस्थिरतातर्फ धकेल्ने प्रवृत्तिबीचको प्रतिस्पर्धा हो।

जनताले खतरामा परेको संविधान र संघीय व्यवस्थाको रक्षा गर्न नेपाली कांग्रेसलाई मत दिनुहुनेछ भन्ने विश्वास लिएको छु।” उनका अनुसार वर्तमान राजनीतिक परिस्थिति संवेदनशील मोडमा पुगेको छ। संघीय संरचना, समावेशी व्यवस्था र प्राप्त उपलब्धि जोगाउन स्थिर र जिम्मेवार शक्ति आवश्यक रहेको उनले उल्लेख गरे।

“संविधान कार्यान्वयन, विकासको निरन्तरता र लोकतान्त्रिक मूल्यमान्यता जोगाउन कांग्रेस नै भरोसायोग्य विकल्प हो,” यादवले भने।

प्रचार–प्रसारको अन्तिम दिन उनले धनुषा–४ का विभिन्न गाउँ तथा बस्तीमा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट गरे। स्थानीय युवाहरू, महिला समूह तथा ज्येष्ठ नागरिकसँग छलफल गर्दै उनले कांग्रेसको प्रतिबद्धता पत्रका मुख्य बुँदाहरू प्रस्तुत गरे।

कांग्रेसको प्रतिबद्धता पत्रमा रोजगारी सिर्जना, कृषि आधुनिकीकरण, साना तथा मध्यम उद्यम प्रवर्द्धन, शिक्षा र स्वास्थ्य सेवामा सुधार, पूर्वाधार विकास तथा सुशासनलाई प्राथमिकतामा राखिएको छ।

यादवले धनुषा–४ मा सिंचाइ सुविधा विस्तार, सडक स्तरोन्नति, शिक्षण संस्थाको सुदृढीकरण र स्वास्थ्य चौकीलाई सुविधा सम्पन्न बनाउने प्रतिबद्धता दोहोर्‍याए। “हामी विकासलाई कागजमा होइन, व्यवहारमा उतार्नेछौं,” उनले भने, “संघीयताको मर्मअनुसार स्थानीय आवश्यकतालाई सम्बोधन गर्ने नीति अवलम्बन गरिनेछ।”

स्थानीय बासिन्दाहरूले पनि संघीय व्यवस्था जोगाउने पक्षमा मतदान गर्ने धारणा व्यक्त गरेका छन्। स्थानीय किसान रामउदित यादवले भने, “हामीले संघीयता पाउन धेरै संघर्ष गरेका हौं। अब यसलाई कमजोर बनाउने शक्तिलाई होइन, जोगाउने पक्षलाई मत दिनुपर्छ।”

त्यस्तै, एक महिला मतदाता सीता देवीले भनिन्, “संविधानले दिएका अधिकार सुरक्षित रहून् भन्ने चाहना छ। स्थिर सरकार र विकास चाहिन्छ।”

प्रचार–प्रसारको अन्तिम दिनसम्म उत्साहजनक सहभागिता देखिएको कांग्रेस कार्यकर्ताहरूले बताएका छन्। घरदैलो अभियान, कोणसभा र मतदाता भेटघाटमार्फत कांग्रेसले आफ्नो एजेन्डा जनतामाझ स्पष्ट रूपमा पुर्‍याएको दाबी गरिएको छ।

यादवले अन्त्यमा मतदातासँग लोकतन्त्र, संविधान र संघीयता जोगाउन सही निर्णय गर्न आग्रह गर्दै भने, “यो मतदान केवल प्रतिनिधि चयन गर्ने अवसर होइन, भविष्य सुरक्षित गर्ने अवसर हो।”

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

रेडक्रसलाई दलीयकरण गर्न सदस्यता वितरणमा अनियमितता
Blast News

रेडक्रसलाई दलीयकरण गर्न सदस्यता वितरणमा अनियमितता

२०८२ फाल्गुन १९, मंगलवार ००:३९
रास्वपा प्रति मतदाताको समर्थन बढदैछ : झा
अन्य

रास्वपा प्रति मतदाताको समर्थन बढदैछ : झा

२०८२ फाल्गुन १९, मंगलवार ००:३९
२० कराेडबढी खर्चे पनि बनेनन् कमला पुल, अब नयां टेण्डर
Blast News

२० कराेडबढी खर्चे पनि बनेनन् कमला पुल, अब नयां टेण्डर

२०८२ फाल्गुन १९, मंगलवार ००:३९
मधेशका महिला तथा सीमान्तकृत सांसदहरुलाई एआईको तालिम
Blast News

मधेशका महिला तथा सीमान्तकृत सांसदहरुलाई एआईको तालिम

२०८२ फाल्गुन १९, मंगलवार ००:३९
खानेपानी राहतमा जुटे मन्त्री यादव, परशुराम तलाउमा डिप बोरिङ्ग जडान
Blast News

खानेपानी राहतमा जुटे मन्त्री यादव, परशुराम तलाउमा डिप बोरिङ्ग जडान

२०८२ फाल्गुन १९, मंगलवार ००:३९
वडाध्यक्ष पजियारको निजी लगानीमा निःशुल्क कम्प्युटर तालिम
अन्य

वडाध्यक्ष पजियारको निजी लगानीमा निःशुल्क कम्प्युटर तालिम

२०८२ फाल्गुन १९, मंगलवार ००:३९

ताजा खबर

हरवा चरवाको नयाँ कार्यविधि तयार पारिने

हरवा चरवाको नयाँ कार्यविधि तयार पारिने

गापा अध्यक्ष नै वडा कार्यालय आगजनी र तोडफोड गरेकाे आराेप

गापा अध्यक्ष नै वडा कार्यालय आगजनी र तोडफोड गरेकाे आराेप

जानकी फन पार्कमा खुल्यो बगैँचा रेष्टुरेन्ट

जानकी फन पार्कमा खुल्यो बगैँचा रेष्टुरेन्ट

मटिहानीलाई उत्कृष्ट नगरपालिकाको अवार्ड

मटिहानीलाई उत्कृष्ट नगरपालिकाको अवार्ड

मधेशकाे सुरक्षा व्यवस्थामा उच्च सतर्कता

बिचाैलियाकाे नाममा लेखापढी व्यवसायीलाई धरपकड, ४२ जना पक्राउ

मेयर मण्डलले कर्मचारी कुटेकाे आराेप, कारवाहीकाे माग

मेयर मण्डलले कर्मचारी कुटेकाे आराेप, कारवाहीकाे माग

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव