एक लाख ६० हजारदेखि २ लाख ३० हजार रुपैयाँसम्मका स्कुटर उपलब्ध, जनकपुरधाममा जेलियोको यो १०औँ शोरुम
जनकपुरधाम । भारतीय विद्युतीय सवारीसाधन ब्राण्ड जेलियोका इलेक्ट्रिक स्कुटर अब जनकपुरधाममा पनि उपलब्ध हुने भएका छन्। कम्पनीले मिल्स एरिया चोकमा जनकनन्दनी ट्रेडर्सलाई आधिकारिक विक्रेता नियुक्त गर्दै शोरुम सञ्चालनमा ल्याएको हो ।
जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीले एक समारोहबीच शोरुमको उद्घाटन गरेका हुन् । शोरुम सञ्चालनमा आएसँगै जनकपुरधाम तथा आसपासका क्षेत्रका ग्राहकले जेलियो ब्राण्डका विभिन्न मोडेलका विद्युतीय स्कुटर खरिद गर्न सक्नेछन्।

नेपालका लागि जेलियोको आधिकारिक प्रमुख विक्रेता गो ग्रिन बिजनेश एण्ड सोलुसन प्रा.लि.का प्रतिनिधि राकेश गुप्ताका अनुसार कम्पनीले ग्राहकको आवश्यकता, बजेट र दैनिक आवागमनलाई ध्यानमा राखेर विभिन्न विशेषतायुक्त स्कुटर बजारमा ल्याएको छ। जनकनन्दनी ट्रेडर्सको शोरुममा एक लाख ६० हजारदेखि दुई लाख ३० हजार रुपैयाँसम्मका इलेक्ट्रिक स्कुटर उपलब्ध रहेको उनले जानकारी दिए ।
जेलियोका स्कुटरमा आधुनिक डिजाइनसँगै उच्च दक्षताको विद्युतीय मोटर, आधुनिक ब्याट्री प्रविधि, डिजिटल डिस्प्ले, आरामदायी यात्रा, सामान राख्न पर्याप्त स्टोरेज र सुरक्षासम्बन्धी सुविधाहरू रहेको कम्पनीका प्रतिनिधि गुप्ताले बताए। दैनिक आवागमनलाई सहज बनाउनुका साथै पेट्रोलमा हुने खर्च घटाउन चाहने ग्राहकका लागि विद्युतीय स्कुटर उपयोगी विकल्प बन्न सक्ने उनको भनाइ छ ।

नेपालमा विद्युतीय सवारीसाधनप्रतिको आकर्षण बढ्दै गएको उल्लेख गर्दै गुप्ताले कम सञ्चालन खर्च, वातावरणमैत्री यात्रा र आधुनिक प्रविधिको अनुभव ग्राहकसम्म पुर्याउने कम्पनीको लक्ष्य रहेको बताए। विद्युतीय मोबिलिटीको विस्तारसँगै ग्राहकलाई आफ्नो आवश्यकता र आर्थिक क्षमताअनुसार स्कुटर छनोट गर्ने अवसर उपलब्ध गराउन खोजिएको उनले जानकारी दिए ।
जनकपुरधाममा शोरुम विस्तारसँगै स्थानीय ग्राहकलाई जेलियोका स्कुटरबारे जानकारी लिन, मोडेल छनोट गर्न र खरिद प्रक्रिया अघि बढाउन सहज हुने अपेक्षा गरिएको छ। कम्पनीका प्रतिनिधिका अनुसार जनकपुरधाममा खुलेको यो जेलियोको १०औँ शोरुम हो। यसअघि नेपालका विभिन्न सहरमा पनि कम्पनीले आफ्नो बिक्री सञ्जाल विस्तार गरिसकेको छ ।
विद्युतीय सवारीसाधनको प्रयोग बढिरहेको अवस्थामा जनकपुरधाममा नयाँ ब्राण्डको प्रवेशले स्थानीय बजारमा दुईपाङ्ग्रे विद्युतीय सवारीसाधनका विकल्प थपिएका छन् ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !