जनकपुरधाम, मंसिर १५ ।
सरसफाई लगायतको माग राख्दै आन्दोलित जनकपुरधामका उपमहानगरपालिकाका वडाध्यक्षहरु आफ्नो सम्पूर्ण आन्दोलनका कार्यक्रमहरु तत्कालका लागि स्थगित गरेका छन् । सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवलाई ध्यानमा राखेर आन्दोलनका कार्यक्रमहरु तत्कालका लागि स्थगित गरिएको आन्दोलित वडाध्यक्षहरुले जानकारी दिएका हुन् ।
यद्यपि सरसफाई, बोर्ड बैठक बसाउनुपर्ने लगायतका मागहरु सम्बोधन नगरिए आफूहरु विवाहपञ्चमीपछि फेरी थप उर्जाका साथ आन्दोलन गर्ने चेतावनी जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७का वडाध्यक्ष जानकीराम साहले जानकारी दिए ।
विवाहपञ्चमीमा जनकपुरधामको सफाईमा लाग्नुका साथै सो महोत्सवलाई थप भव्य बनाउनु पर्ने अभिप्रायका साथ आफूहरुलले आन्दोलनको कार्यक्रम तत्कालका लागि स्थगित वडा नम्बर ३का वडाध्यक्ष दीपेन्द्र साहले बताए ।
नगरप्रमुख लालकिशोर साह विवाहपञ्चमीपछि पनि नसुध्रिए नगरप्रमुख बिरुद्ध कडाईका साथ आफूहरु प्रस्तुत हुने वडा नम्बर ४का वडाध्यक्ष सुदर्शन सिंहले जानकारी दिए ।
आफूहरु जनकपुरधाम उपमहानगरपालिकाको समस्याको बारेमा संघीय सरकारलाई ध्यानाकर्षण गराउन सफल भएको जनप्रतिनिधिहरुको भनाई थियो । पत्रकार सम्मेलनमा युवा अभियानी सरोज कुमार मिश्रको सहभागिता रहेको थियो ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !