Sunday, August 9, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

सुन तस्करीमा प्रयोग हुँदै गड्डाचौकी नाका


भारतीय तस्करले सुन तस्करीका लागि अब कञ्चनपुर र कैलालीस्थित गड्डाचौकी नाका प्रयोग गर्ने गरेको देखिएको छ । गड्डाचौकी भारत–नेपाल जोड्ने मुलुककै चौथो महत्वपूर्ण नाका मानिन्छ । डेढ महिनाको अवधिमा गड्डाचौकी नाका हुँदै भारतीय बजारमा लैजाँदै गरेको अवस्थामा साढे तीन केजी सुन बरामद भएपछि यस्तो तथ्य खुलेको हो ।

कञ्चनपुर प्रहरीले गत २ जेठमा गड्डाचौकी नाका हुँदै भारत जान लागेको एचआर १२ एएफ ००६ नम्बरको गाडीमा ४९६ ग्राम सुन बरामद गरेको थियो । सोही नाका हुँदै भारत हिँडेको ८०० युके ०२४६८४ नम्बरको मारुतीबाट प्रहरीले शनिबार तीन केजी सुन बरामद गरेको छ । उक्त सुन काठमाडौंको नागढुंगा नाकाबाट बरामद भएको हो । तस्करीका दुवै घटनामा भारतीय नम्बर प्लेटको गाडी प्रयोग भएका छन् । पक्राउ पर्ने पनि भारतीय नागरिक नै छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी मोहन थापाले यो घटनालाई २ जेठको गड्डाचौकीमा बरामद गरिएको सुनसँग जोडेर हेरिएको बताए । ‘२ जेठमा कञ्चनपुर प्रहरीले करिब डेढ केजी सुन गड्डाचौकी नाका हुँदै भारत लैजान लागिएको अवस्थामा बरामद गर्‍यो । शनिबार पनि सोही नाका भएर भारतीय बजारमा लैजान लागिएको तीन केजी सुन बरामद भएको छ । यी दुई घटनाबीच केही सम्बन्ध हुन सक्ने हाम्रो अनुमान छ । अनुसन्धान हुँदै छ,’ उनले भने ।

गत २ जेठमा प्रहरीले सुनसँगै भारत हरियाणाका जितेन्द्र सैनीलाई पक्राउ गरेको थियो । बयानमा उनले उक्त सुन काठमाडौंमा खरिद गरेको बताएका थिए । शनिबारको घटनामा पनि प्रहरीले चार भारतीयसहित एक नेपाली पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको टनकपुरस्थित चम्पावतीका राधेमोहेन जोशी, सम्झना साह, अशोककुमार, दीपककुमार मोर्रे र नेपाली नागरिक कञ्चनपुर भीमदत्त–६ का मनोज विक रहेका छन् । पक्राउ पर्नेमध्ये दीपककुमार मारुतीचालक, मनोज सहयोगी तथा राधेमोहन, सम्झना र अशोक सुनका मालिक हुन् ।

प्रहरीले चालक दीपककुमार र मनोजलाई नागढुंगाबाट सुनसँगै पक्राउ गरेको हो । राधेमोहन, सम्झना र अशोककुमारलाई भने प्रहरीले जमलस्थित एलोप्यागोडा होटेलको कोठा नम्बर १०७ बाट पक्राउ गरेको हो । होटेलबाट पक्राउ तीनजना र मारुतीचालक तीन दिनअघि गड्डाचौकी नाका हुँदै काठमाडौं आएका थिए । तस्करको सुन भने चालक दीपक र मनोजलाई गड्डाचौकीबाट भारत ल्याउन अह्राएर तीनैजना जहाजबाट भारत जाने योजनामा थिए ।

एयरफिल्टरमा भेटियो तीन केजी सुन
गोप्य सूचना पाएपछि नागढुंगा चेकपोस्टमा प्रहरीले चेकजाँच बढाएको थियो । यही क्रममा ८०० युके ०२४६८४ नम्बरको मारुती चेकपोस्टमा रोकियो । सो मारुतीमा तस्करीको सुन रहेको सूचना पाएपछि प्रहरीले लक गरिएको एयरफिल्टर खोल्यो । त्यसैभित्र भेटियो टेपले र्‍यापिङ गरिएको सुनको तीनवटा बिस्कुट ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

गृहमन्त्रीले गरेको सम्झौता `फर्जी´, सरकार भन्छन – कुनै सहमति भएको छैन
Blast News

गृहमन्त्रीले गरेको सम्झौता `फर्जी´, सरकार भन्छन – कुनै सहमति भएको छैन

वैदेशिक रोजगारीमा निधन भएका परिवारलाई ५० हजार राहत
Blast News

वैदेशिक रोजगारीमा निधन भएका परिवारलाई ५० हजार राहत

उठिबास रोक्ने सहित भूमि वितरण गर्न हरवा–चरवाको माग
अन्य

उठिबास रोक्ने सहित भूमि वितरण गर्न हरवा–चरवाको माग

अपाचे आरटीआर १६० ४ भी जनकपुरधाममा लन्च
Blast News

अपाचे आरटीआर १६० ४ भी जनकपुरधाममा लन्च

मधेश सरकार दास र लाश हुन् : सांसद महतो
Blast News

मधेश सरकार दास र लाश हुन् : सांसद महतो

७ महिनाकी गर्भवती भनिएकी १४ वर्षीया बालिका बेपत्ता
अन्य

७ महिनाकी गर्भवती भनिएकी १४ वर्षीया बालिका बेपत्ता

ताजा खबर

ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना

ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना

ट्रमा सेन्टर सारिएकाे विराेधमा पुर्व मन्त्री यादव धर्नामा

ट्रमा सेन्टर सारिएकाे विराेधमा पुर्व मन्त्री यादव धर्नामा

गृहमन्त्रीले गरेको सम्झौता `फर्जी´, सरकार भन्छन – कुनै सहमति भएको छैन

गृहमन्त्रीले गरेको सम्झौता `फर्जी´, सरकार भन्छन – कुनै सहमति भएको छैन

वैदेशिक रोजगारीमा निधन भएका परिवारलाई ५० हजार राहत

वैदेशिक रोजगारीमा निधन भएका परिवारलाई ५० हजार राहत

हिन्दु राष्ट्रको आन्दोलन मागपत्रमै ‘फिर्ता’ : १३ र ६ बुँदे माग उस्ता उस्तै

हिन्दु राष्ट्रको आन्दोलन मागपत्रमै ‘फिर्ता’ : १३ र ६ बुँदे माग उस्ता उस्तै

हाम्राे कुनै सहमति भएकाे छैन, सरकार ठग्दैछ : हिन्दु सम्राट सेना

हाम्राे कुनै सहमति भएकाे छैन, सरकार ठग्दैछ : हिन्दु सम्राट सेना

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव