Thursday, May 22, 2025
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

जनकपुरधाम दूई घण्टाको वर्षामै डूबानमा

प्रदेशका मन्त्रालयहरुसहित कयौ सरकारी कार्यालयहरु जलमग्न


जनकपुरधाम दूई घण्टाको वर्षामै  डूबानमा

जनकपुरधाम, असार १८ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम सोमवार मध्यराति दुई घण्टासम्म भएको अबिरल बर्षाले डूबानमा परेको छ । वर्षाको पानीले कयौं वडाका घरहरुका साथै सरकारी कार्यालयहरु डूबानमा परेको छ ।

वर्षाले मधेश सरकारको प्रशासनिक तथा आवास रहेको मधेश भवन परिसर जलमग्न छ भने जनकपुरधामस्थित आधा दर्जनभन्दा बढी सरकारी कार्यालयमा पानी जमेको छ । यो संगै बारहविघा मैदान, अस्पतालसहित अधिकांश सडक तथा गल्लीहरूमा पानी जमेको छ । बिहानसम्म जनकपुरधामको ‘सिक्स लेन’ सडकमा आधा पानी जमेको थियो ।

जनकपुरधामस्थित वन कार्यालय, जिल्ला प्रशासन कार्यालय, कृषि ज्ञान केन्द्र, राइजोबियम कार्यालय, संघीय प्रहरी आयोजना केन्द्र लगायतका कार्यालयहरुमा पानीको निकास नभई पानी जमेको छ । पानी जमेको कारण सेवाग्राहीलाई निकै सास्ती भोग्नुका साथै कर्मचारीहरु समेत समस्यामा परेका छन् ।

जनकपुरधामका वडा नम्बर २, ४, ७, ८,९, १० १३ र १६ सहित अधिकांश वडाहरुमा गहिरोमा रहेका घरहरूमा पानी जमेको छ । बाह्रबिघा मैदान र संगै रहेका प्रादेशिक अस्पताल पोखरीमा परिणत भएको छ । जनकपुरको जिरोमाइलस्थित फलमण्डिमा डेढ फिट गहिरो पानी जमेको छ ।

जनकपुरधाम डुबानले गर्दा जनजीवन प्रभावित भएको छ । हुनत सडकको पानी स्थानीयले चेम्बर सफा गर्दा सडकको पानीले निकास पाएपनि कार्यालयहरु गहिरो स्थानमा रहेका कारण अहिलेसम्म पानी जमेको नै छ । वर्षातको पानीले यस्तो दूरावास्था भएपनि जनकपुरधाम उपमहानगरपालिकाले नाला र चेम्बरको सरसफाई गरेनन् ।

जनकपुरधाम उपमहानगरपालिकाको लापरवाही र नयाँ सडक बनेका कारण जनकपुरधाम डूबानमा पर्न गएको हो । उपमहानगरपालिकाले अन्दरग्राउण्ड रहेका नाला र चेम्बरहरुको सरसफाई नगर्दा नालाहरू जाम भएको कारण जनकपुरधाम डूबानमा परेको हो । एक दिनकै वर्षामा जनकपुरधामको यो हविगत भएको अवस्थाले हेर्दा निरन्तर अबिरल भएमा जनकपुरधाम लामो समयसम्म डूबानमा पर्ने सक्ने सम्भावना रहेको छ ।

जनकपुरधामसहित देशका धेरैजसो ठाउँमा पानी परिरहेको छ । देशभर मनसुनी वायुको प्रभावले मौसम पूर्वानुमान शाखाले असार १७ देखि २० गतेसम्म भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन भनेको थियो ।

आउँदो तीन दिनसम्म नै कर्णाली, महाकाली, कोशी, नारायणी, बागमती र यसका प्रमुख सहायक नदीहरू तथा कमला, कन्काई, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई नदीको जलसतह उल्लेख्य बढ्ने पूर्वानुमान रहेकाले नदी तटीय क्षेत्रका क्रियाकलापमा उच्च सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

दुधमति नदी उत्खन्न र विकास कार्यका लागि समितिहरू गठन गर्ने निर्णय
Blast News

दुधमति नदी उत्खन्न र विकास कार्यका लागि समितिहरू गठन गर्ने निर्णय

२०८१ श्रावण २, बुधबार १५:११
उर्जामन्त्री यादवको सहृदयता : स्थानीय वृद्बाधबाट शमशानघाटको शिलान्यास
अन्य

उर्जामन्त्री यादवको सहृदयता : स्थानीय वृद्बाधबाट शमशानघाटको शिलान्यास

२०८१ श्रावण २, बुधबार १५:११
आधुनिक कृषि प्रणालीलाई सशक्त बनाउने रष्ट्रिय कृषि कम्पनीको प्रादेशिक कार्यालय जनकपुरधाममा
Blast News

आधुनिक कृषि प्रणालीलाई सशक्त बनाउने रष्ट्रिय कृषि कम्पनीको प्रादेशिक कार्यालय जनकपुरधाममा

२०८१ श्रावण २, बुधबार १५:११
पुनः झाकै नेतृत्वमा अडानको नयाँ कार्यसमिति
अन्य

पुनः झाकै नेतृत्वमा अडानको नयाँ कार्यसमिति

२०८१ श्रावण २, बुधबार १५:११
५ भेरिएन्टमा रोयल इन्फिल्ड मोटरसाइकल सार्वजनिक
अन्य

५ भेरिएन्टमा रोयल इन्फिल्ड मोटरसाइकल सार्वजनिक

२०८१ श्रावण २, बुधबार १५:११
सिचाईका लागि सीतापुर खाेरियामा ट्युवेल शिलान्यास
अन्य

सिचाईका लागि सीतापुर खाेरियामा ट्युवेल शिलान्यास

२०८१ श्रावण २, बुधबार १५:११

ताजा खबर

दूधमति नदीका समितिहरूकाे पदाधिकारीकाे कार्यक्षेत्र र सेवा सुविधा (TOR) पारित

दूधमति नदीका समितिहरूकाे पदाधिकारीकाे कार्यक्षेत्र र सेवा सुविधा (TOR) पारित

मुख्यमन्त्री सिंहको घरजग्गा अब बैंकले लिलाम गर्ने

मुख्यमन्त्री सिंहको घरजग्गा अब बैंकले लिलाम गर्ने

ताेडफाेड बारे जानकारी लिन सहमहामनत्री पुगे वाटरपार्क

ताेडफाेड बारे जानकारी लिन सहमहामनत्री पुगे वाटरपार्क

दुधमति नदी उत्खन्न र विकास कार्यका लागि समितिहरू गठन गर्ने निर्णय

दुधमति नदी उत्खन्न र विकास कार्यका लागि समितिहरू गठन गर्ने निर्णय

कमीशन खान जनकपुरमा पाठ्यपुस्तक एकरुपता कार्यान्वयन हुन दिएन

कमीशन खान जनकपुरमा पाठ्यपुस्तक एकरुपता कार्यान्वयन हुन दिएन

नेपाली टोलका आगलागी पिडीतहरुलाई सिएफडब्लूएद्वारा राहत वितरण

नेपाली टोलका आगलागी पिडीतहरुलाई सिएफडब्लूएद्वारा राहत वितरण

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव