महोत्तरीको लोहरपट्टी नगरपालिका वडा नम्बर ७ स्थित भ्रमरपुराकी २६ वर्षीया सुजिताको शव भेटिएको हो । पेट्रोल पम्पको छेउमा रहेको शौचालयको हदबाट सुजिताको शव बरामद भएको महोत्तरी प्रहरीले जनाएको छ । २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर र महोत्तरी प्रहरीको संयूक्तरुपमा उत्खनन गरि फेला परेको छ ।
शव फेला परेको स्थानदेखि करिब एक किलोमिटरको दुरीमा रहेको खेतमा असार १३ मा उत्खनन गर्दा सुजिताले लगाएको लुगा सहित शरिरका अवशेषहरु फेला फरेको थियो । सुजिताको हत्याको आरोपमा देवर रूपेश ठाकुर र श्रीमान मुकेश ठाकुरलाई प्रहरीले पक्राउ गरेको थियो ।
महोत्तरी जिल्ला भमरपुरा गाउँमा ससुराली रहेको सुजिता ठाकुरको हत्या जेठ २० गते भएको थियो । सुजिताको हत्या बारे उनकै ५ बर्षीय छोराले खुलाए पछि माइतीपक्ष र समाजिक अभियन्ता सरोज रायको दवावमा प्रहरीले खोज तलास शुरु गरेका थिए ।
सुजिताको हत्याको आरोप लागेका सासु, ससुरा पतिराम र देवरानी रोमा भने अहिले पनि फरार रहेको भनिएपनि ५ जनालाई पक्राउ गरेको महोत्तरी प्रहरीले जनाएको छ । पक्राउ परेका आरोपितहरुको बारेमा भने महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !