विद्यालयहरुमा पाठ्यक्रम प्रारुपअनुसार मातृभाषा पठनपाठन गराउनुपर्ने माग गर्दै मैथिली साहित्यकार सभाले शिक्षा विकास तथा समन्वय इकाइ धनुषामा ज्ञापनपत्र बुझाएको छ ।
विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप, २०७६ को परिच्छेद ४ को ४.५ मा उल्लेखित व्यवस्था अनुसार आधारभूत तहमा मातृभाषा/स्थानीय विषय (मैथिलीभाषी क्षेत्रमा मैथिली विषय) पठनपाठनका लागि सम्पूर्ण पालिका तथा विद्यालयहरुलाई परिपत्र पठाउन मैथिली साहित्यकार सभाले माग गरेको हो ।
यस शैक्षिक सत्रमा पाठ्यक्रम प्रारूप विपरीत अन्य विषय पठनपाठन गराउने पालिका तथा विद्यालय विरुद्ध कडा संघर्ष गर्दै अदालती कारबाही गरिने ज्ञापनपत्रमार्फत चेतावनी समेत दिइएको छ ।
मैथिली साहित्यकार सभाको तर्फबाट शिक्षा विकास तथा समन्वय इकाइ धनुषाका प्रमुख इश्वरी प्रसाद ज्ञवालीलाई सभाका सभापाल प्रेम विदेह ललनको नेतृत्वमा पुगेको तीन सदस्यीय प्रतिनिधिमण्डलद्वारा ज्ञापनपत्र बुझाइएको छ ।
ज्ञापनपत्र बुझाउन मैथिली साहित्यकार सभाका सह–सभापाल पुनम झा मैथिली र कार्यपाल अरविन्द कुमार यादव समेत पुगेका थिए ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !