लोक सम्वाददाता
जनकपुरधाम, साउन ५ गते।
मुलुकलाई धर्म निरपेक्षता हटाएर हिन्दु राष्ट स्थापना गरिनुपर्ने हिन्दु परिषद नेपालले माग गरेको छ।
यसको लागि राजनितिक दवाव देखिएर आन्दोलन समेत गर्ने जनाएको छ। नेपालका राष्टिय अध्यक्ष सन्तोष पेटलले सनातन हिन्दु धर्मको संरक्षणको आवश्यकता रहेको बताए।
जनकपुरमा एक पत्रकार सम्मेलन आयोजना गरी अध्यक्ष पेटलले धार्मिक स्थल मठमन्दिरको मर्मत सम्भार ,रेखदेख र सरसफाई गर्नु गराउनुको साथै सार्वजनिक देष्टि महत्वपुर्ण स्थलहरु धार्मिक एवं सामाजिक कार्यहरु गर्ने रहेको भने ।
कुनैपनि आन्दोलनको एउजेण्डा नरहेको हिन्दु राष्टलाई केही विदेशीको ईसारामा नेपाललाई हिन्दु राष्ट हटाएर धर्मनिरपेक्ष बनाइएको बताउंदै पटेलले सबै हिन्दु धर्ममाथि आस्था राख्नेको अहिले एक लुटताको आवश्यकता रहेको भने।
उनले विभिन्न संगठनहरु हिन्दु धर्मको लागि कार्य गर्दै आएपनि अहिले एक जुटताको आवश्यकता रहेको बताए।
उनले कुनैपनि शासन व्यवस्था रहेपनि पटेलले यसको लागि राजनितिक चेतनाको समेत आवश्यकता रहेको बताए।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !