Saturday, December 9, 2023
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

कांग्रेस इतिहासमै कमजोर


राजनीति जिते पनि कांग्रेस अहिलेको निर्वाचनमा हार्दा लडाइँमा पराजित सिपाहीको मानसिकताबाट ग्रस्त देखिन्छ

निर्वाचनमा पराजय भएको लामो समयसम्म पनि कांग्रेसले आफूलाई रूपान्तरण गर्न र गति दिन सकेको छैन । हारको पीडालाई शक्तिमा बदल्न र पार्टीमा आन्तरिक एकता कायम गर्नसमेत नसक्दा सडकदेखि सदनसम्मै कांग्रेस इतिहासमै कमजोर भएको देखिन्छ ।

सरकारका जनविरोधी निर्णय, दैनिक उपभोग्य सामग्रीको चर्को मूल्यवृद्धि, बालकृष्ण ढुंगेललाई दिएको आममाफी, हतियारसहित भारतीय सेनाको राजधानी काठमाडाैंलगायत क्षेत्रमा भएको उपस्थिति, सरकारको नीति तथा कार्यक्रम, नक्कली राष्ट्रवाद, लम्पसारवादलगायत महत्वपूर्ण विषयमा संघीय संसद् तथा प्रदेश संसद् र सडकमा सशक्त रूपमा विरोध गर्न नसक्नुले प्रतिपक्षी दलको भूमिका अत्यन्तै कमजोर र प्रभावहीन देखिएको छ ।

उमेरमा पनि जेठो, कर्मले पनि जेठो र सिद्धान्तले पनि जेठो पार्टी कांग्रेसले समयअनुरूप आफूलाई रूपान्तरण गर्न नसकेका कारण अहिले पुरानै शैली र संस्कार तथा आन्तरिक कलहले इतिहासमै अत्यन्त निरीह देखिएको छ ।

इतिहासमै यसपटक कांग्रेसको भूमिका अत्यन्त कमजोर भएकाले सरकार स्वेच्छाचारी र अधिनायकवादतर्फ अग्रसर भएको देखिन्छ । यसले गर्दा देशभरि नै अहिले प्रतिपक्षको भूमिका कमजोर र फितलो भएकोमा चिन्ता व्यक्त हुन थालेका छन् ।

कांग्रेसले राणाशासनविरुद्धको सशस्त्र युद्ध जितेर नेपाललाई स्वतन्त्र बनायो । राजतन्त्रलाई समाप्त गर्ने महत्वपूर्ण युद्धमा विजय प्राप्त गरेर नेपालको संविधान २०७२ मा संवैधानिक रूपबाटै राजतन्त्र र जनवादी कम्युनिस्ट व्यवस्थाको मार्ग नै बन्द गरी बिपी कोइरालाले तय गरेको लोकतान्त्रिक बाटो सही छ भनी प्रमाणित गरेकाले सोहीअनुरूप अहिले नेपाल हिँडिरहेको छ ।

कांग्रेसले राजनीति जित्यो, तर निर्वाचन हा-यो । अहिलेको निर्वाचनमा हार्दा ऊ लडाइँमा पराजित सिपाहीको मानसिकताबाट ग्रस्त देखिन्छ । अब उसले हारबाट निराश नभई पार्टीलाई नयाँ गतिसाथ नयाँ संरचनाअनुरूप २१औँ शताब्दीको कांग्रेस निर्माण गर्न नयाँ उत्साहसाथ अघि बढ्नु जरुरी छ ।

कांग्रेसले अब केन्द्र, प्रदेश र स्थानीय तहका वडा–वडासम्म छाया सरकार गठन गरी हरेक तहमा उम्मेदवार भएकालाई जिम्मेवारी दिई परिचालन गर्ने र भ्रातृ तथा शुभेच्छुक संस्थाको नियमित अधिवेशन गरी भ्रातृ तथा शुभेच्छुक संस्थालाई पनि देशभरि परिचालन गरी सक्रिय बनाउनुपर्छ । विकास निर्माणलगायत प्रत्येक जनताका समस्या, चाहना र आवश्यकता परिपूर्ति गर्ने कार्यमा कांग्रेसको अर्थपूर्ण उपस्थिति जरुरी छ ।

विशेषगरी युवा नेताले पनि पार्टी नेतृत्वलाई खबरदारी गरी गलत निर्णयलाई सुधार्न लगाउनुभन्दा पनि शीर्ष नेतृत्वकै चाकडी तथा चाप्लुसी गरी विभिन्न गुट तथा उपगुटमा विभाजित भई नेतृत्वमा जाने, टिकट लिने, सत्तामा जाने मात्र प्रमुख ध्यान राखेका कारण पनि पार्टीले अहिलेको हबिगत व्यहोर्नुपरेको हो ।

हारको जिम्मेवारी लिँदै अब पार्टीलाई पहिलो बनाउन युवा पुस्ता नै बढी जिम्मेवार र सक्रिय हुनुपर्छ । तीन तहकै निर्वाचन परिणाम कमजोर आउँदैमा कांग्रेस मरेको छैन, सकिइसकेको पनि छैन र आर्यघाटमै पनि पुगेको छैन ।

अहिले कांग्रेस कमजोर र बिरामी भएर अस्पतालको शय्यामा मात्र पुगेको छ । उसलाई बचाउन सकिन्छ । यसका लागि निष्क्रिय बनेका कांग्रेसजनमा सक्रियता र ऊर्जा थप्दै पहिलेको भन्दा सशक्त र ऊर्जाशील कांग्रेस बनाएर २१औँ शताब्दीको भारी बोक्न सक्ने गरी देशकै ठूलो र शक्तिशाली, जनताको प्रिय र आधुनिक पार्टी बनाउनुपर्छ ।

त्यसका लागि देशभरिका तन्नेरी कांग्रेसजनले सबैभन्दा पहिले व्यापक र घनीभूत रूपमा आत्मसमीक्षा गरी आफू बदलिएर कांग्रेसलाई बदल्नु जरुरी छ । मेची–महाकाली, हिमाल–पहाड–तराईसम्म सशक्त रूपमा जागरण अभियान सञ्चालन गर्नुपर्छ ।

 

देशभरिका तन्नेरी कांग्रेसजनले सबैभन्दा पहिले व्यापक र घनीभूत रूपमा आत्मसमीक्षा गरी आफू बदलिएर कांग्रेसलाई बदल्नु जरुरी छ

 

कांग्रेस इतिहास बोकेको, वर्तमान भएको र भविष्य पनि सुनिश्चित भएको पार्टी भएकाले कांग्रेसजनले कांग्रेसको गौरवपूर्ण इतिहास भुल्नु हुन्न । सार्थक र सफल वर्तमानलाई आत्मसात् गर्दै उज्यालो भविष्यलाई पनि सुनिश्चित गर्नुपर्छ । त्यसका लागि विशेषगरी कांग्रेसका अहिलेका तन्नेरीले इतिहास भजाएर खाने मात्र होइन, अघिल्लो तन्नेरी पुस्ताले इतिहास निर्माण गरेकोमा गौरव गर्दै नयाँ इतिहास रच्न सक्नुपर्छ ।

नयाँ युगका लागि नयाँ एजेन्डा बोकेर हिँड्न सक्ने कांग्रेस संगठनको ढाँचा महासमिति बैठकबाटै पारित गरी संघीय सरचनाअनुरूप शीघ्र पार्टी संगठन पुनर्गठन गर्नुपर्छ । चरम संकटमा फसेको पार्टीलाई नयाँ ऊर्जा र जीवन दिनका लागि कुनै पक्ष बाधक बन्नु हुँदैन ।

संस्थापन पक्षले पनि सबैलाई समेटेर एकताबद्ध ढंगले पार्टी सञ्चालन गर्नुपर्छ र अन्य पक्षले पनि संस्थापन पक्षलाई सहयोग गर्नुपर्छ अनि मात्र कांग्रेसले चरम संकटबाट पार पाउँछ ।

(राई कांग्रेस धनकुटाका सचिव हुन्)

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

अन्य

अन्नबाट बन्ने रामजानकीको प्रतिमाको तयारी शुरु

अन्य

Mostbet Casin

हुलाकी राजमार्ग जनकपुरधामकाे लक्ष्यभन्दा बढी सडक निर्माण
Blast News

हुलाकी राजमार्ग जनकपुरधामकाे लक्ष्यभन्दा बढी सडक निर्माण

अन्य

खानेपानीमै मधेश सरकारले गरे २१ कराेड बढी खर्च

मधेशमा बेराेजगारी बढदै, वर्षेणी डेढलाख बढी युवा पलायन
Blast News

मधेशमा बेराेजगारी बढदै, वर्षेणी डेढलाख बढी युवा पलायन

अनाधिकृत रूपमा प्रअले भत्काए विद्यालय भवन
Blast News

अनाधिकृत रूपमा प्रअले भत्काए विद्यालय भवन

ताजा खबर

आरती साहका पतिलाई थुनामा पठाइयो

आरती साहका पतिलाई थुनामा पठाइयो

राजेश्वर नेपाली टि–२० क्रिकेट प्रतियोगिता विन्घीमा शुरु

राजेश्वर नेपाली टि–२० क्रिकेट प्रतियोगिता विन्घीमा शुरु

मटिहानी नगरपालिकाद्वारा गहुँको बिउ वितरण

मटिहानी नगरपालिकाद्वारा गहुँको बिउ वितरण

केपीओली जित्ने खेलाडीलाई मधेश सरकारले दिए ५ लाख

केपीओली जित्ने खेलाडीलाई मधेश सरकारले दिए ५ लाख

अनाजबाट बनाइने सितारामको प्रतिमाको तयारी थालियो

अनाजबाट बनाइने सितारामको प्रतिमाको तयारी थालियो

मधेसमा एचआईभी : ४४०० संक्रमित, २३८ सम्पर्क विहिन

मधेसमा एचआईभी : ४४०० संक्रमित, २३८ सम्पर्क विहिन

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || सुरेन्द्र सिंह

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव