जनकपुरधाम, असार १८ गते । जनकपुरधाम उपमहननगरपालिकाका मेयर मनाेज साहका काका वडा नम्बर १५ रामपुर निवासी अन्दाजी ७५ वर्षिय बासुदेव प्रसाद विमललाई छुरा प्रहार गरि हत्या गरिएकाे छ ।
बुधवार बिहान बासुदेवलाई उनकाे आफ्नै ज्वाइँ वडा नम्बर २१ कुर्था निवासी बेचन महासेठ छुरा प्रहार गरि गरेका छन् । बासुदेवलाई उनका ज्वाइँ बेचनले घरायसी विवादका कारण घरमै छुरा प्रहार गरेका थिए ।
छुरा प्रहारबाट घाइते बासुदेवकाे अस्पताल ल्याउंदै गर्दा बाटाेमै मृत्यु भएकाे थियाे । उनकाे पेटमा ४ ठाउंमा छुरा हानिएकाे मृत घाेषणा गरेका अस्पतालका चिकित्सकले जनाएकाे छ । घटना पश्चात आराेपित बेचन फरार रहेकाे जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएकाे छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !