सुभाष कर्ण
जनकपुरधाम, जेठ २८ गते । देशको सेवा गर्न प्रहरीको ठूला हाकिम बन्ने सपना बोकेर दिनरात गिरहथमा कामसँगै पढ्नमा व्यवस्त छन् दलित परिवारका १२ वर्षिय अमित कुमार सादा ।
गरीबीले एक छाक टार्न धौ धौ परिरहेका धनुषा जिल्ला धनौजी गाउँपालिका वडा नम्बर ४ भररिया निवासी शिवजी सदाका छोरा अमितको भ्रष्टाचार र अवैध कारोबार रोक्न प्रहरीको ठूला हाकिम बन्ने अठोट लिएका छन् ।
लक्ष्यले उमेरलाई छेक्दैन भन्ने भनाई अमितले गर्दै आएको मेहनत देखिन्छ । उनी गाउँकै राष्ट्रिय आधारभूत विद्यालयको कक्षा ५ मा अध्ययनरत छन् । उमेर सानो छदाँपनि सपना ठूलै बोकेका छन् । प्रहरीको ठूला हाकिम बन्ने सपना बोकेर उनी विद्यालयसँगै विद्यालयमा दिइएको गृहकार्य र अतिरिक्त पढाईका लागि फ्रीडम फण्डसको सहयोगमा सामुदायिक सुधार केन्द्र (सीआईसी) द्वारा सञ्चालित ट्विशन कक्षामा नियमित रुपमा पढन जाने गरेका छन् ।
गाउँका दलित परिवारका अन्य बालबालिका बालश्रममा लागेपनि उनी परिवारको गरीबी हालातलाई परिवर्तन गर्न गिरहथ खेतमा परिवारको हात बटाउनसँगै पढाई पनि मन लगाएर गर्छन । उनी भन्छन ‘काम गरेर गरीबी दूर हुँदैन, केही बनेर मात्र हुन्छ । त्यसका लागि राम्रो जागिर चाहिन्छ । तर आफूले अहिले देखेका जागिर मध्ये प्रहरी नै हो । प्रहरीले अवैध कारोबार रोक्नेसँगै भ्रष्टाचार नियन्त्रणको प्रमुख पाटो हो । आफू काम मात्रै होइन देशको सेवा गर्न प्रहरी बन्ने लक्ष्य लिएर अघि बढेको हुँ ।’
हरवा चरवा परिवारमा जन्मेका अमितका बुवा शिवजी सदा र आमा गाउँकै शिक्षिका सुधा यादवको खेतमा बटैयासँगै हरवाचरवाको रुपमा काम गर्दै आएका छन् । हाल अमितका बुवा पेटको अपरेशनले करीब ४/५ महिनादेखि सिकिस्त छन् । काम गर्न सक्ने अवस्था नभएको कारण अमितकी आमाले मात्र खेतमा काम गर्न गर्छिन । काम बढी भएको अवस्थामा आमाको हात बढाउन अमितले समेतले पढाईबाट समय बचाएर खेतमा काम गर्न जाने गरेका छन् ।

खेतमा काम गर्दा प्रहरीको ठूला हाकिम बन्ने सपना पूरा होला त भन्ने प्रश्नमा कलिला उमेरका अमित भन्छन् ‘असम्भव संसारमा केही छैन, आफ्नो लक्ष्यलाई संघर्षको रुपमा लिएर अघि बढरहेको छु । पूरा होला नहोला त्यसको परवाह नगरी म आफ्नो इच्छाशक्ति मारेको छैन । मेहनत गरिरहेको छु । एक न एकदिन पूरा हुन्छ नै ।’
सानो फुसको झोपरी जीवन व्यतित गर्दै आएका अमित ड्रेस आभावमा कहिलेकाँही विद्यालय जानबाट वञ्चित हुने गरेका छन् । हामी केही बटम समेत नभएका विद्यालय ड्रेसमा ट्विशन पढ्दै गरेका अमित भन्छन् दुई वर्षदेखि एउटै ड्रेस लगाएर जाने गरेको छु । गन्दा भएपछि धुने दिनमा नसुकेको अवस्थामा विद्यालय नै छोड्नुपर्ने बाध्यता हुन्छ ।’
सामुदायिक विद्यालयमा त ड्रेस दिन्छ त भन्ने प्रसँगमा अमित भन्छन् ‘अघिल्लो वर्ष नै विद्यालयबाट ड्रेस पाएको थिए । यसवर्ष दिएको छैन । परिवारको अवस्था पनि ड्रेस किन्न रहेको छैन । बिना ड्रेसको विद्यालय जाँदा मास्टर साहेब कुटनु हुन्छ के गर्ने कहिलेकाहीँ विद्यालय नै छोड्नुपर्छ ।’ यतिको आभाव र गरीबी खेपिरहेका अमितले आफ्नो सपनालाई लक्ष्यको रुपमा लिएर संघर्षरत छन् । उनी भन्छन् ‘हालातसँग सम्झौता गरेपनि हामी आफ्नो मेहनतमा कतै कुनै कमजोरी गर्दनौं । दिनरात एक गरेर आफ्नो सपना साकार पार्ने नै छु ।’
अमित भन्छन घरमा पढेका लेखेका कोही छैनन् स्कूलको होमवर्क र अतिरिक्त पढाईका लागि यो ट्विशन क्लास मेरो पढाईको लागि सहयोगी मात्र नभई संजिवनी नै रहेको छ । अहिले विद्यालयमा बिहानको क्लास भएको अवस्थामा बिहान ११÷१२ बजेसम्म विद्यालयमा पढ्छन । घर आएर नुहाई धुवाई गरी खाना खाएर पढने गर्छन । त्यसपछि खेल्ने समयमा उनी आमा सँगै खेतमा काम गर्न जान्छ र बेलुका घर पुनः पढाईमा व्यवस्त हुन्छन । अमितको यो नियमित प्रक्रिया नै हो ।
सिआईसीले उनलाई पढाईमा सहयोग गर्न कापी, पेन्सिल, ब्याग र स्कूल ड्रेसका साथै निशुल्क ट्विशन दिने गरेका छन । उनी भन्छन सिआईसीले आफूलाई पढाईमा सहयोग नगरेको भए मूर्ख बनेर नै बस्थे वा बुवा जस्तै गिरहत कहाँ मजदूरी गर्नुपथ्र्यो । विद्यालयको पढाईले मात्रै नपुगेर सिआईसीको ट्विशन कक्षाले सहयोग पुरयाएपछि आफूमा पढने इच्छाशक्ति बढाएको छ । सिआईसीले त्यहाँ कक्षा १ देखि ५ सम्मका विद्यार्थीलाई निशुल्क ट्विशनका साथै शैक्षिक सामाग्री र छात्रवृति दिदैं आएको ट्विशनकी शिक्षिका सुधा यादव बताउंछिन ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !