नयां दिल्ली, पुस ३ गते ।
भारतीय राजनीतिमा बलिउड कलाकारहरुले पटक पटक आफ्नो धारणा राख्दै आएका छन ।
अब भारतीय सिने कलाकारहरु सरकारले गर्न लागेको नागरिकता संशोधनको विरोधमा उत्रेका छन । यसैक्रममा बलिउड एवं साउथ मूवीज कलाकार प्रकाश राजले नागरिकता संशोधन मुद्दामा आफ्नो मुख खोलेका छन् ।
भारतमा नागरिकता संशोधन मुद्दामा प्रहरीले प्रदर्शनकारी जामिया मिल्लिया इस्लामिया विश्वविद्यालयका विद्यार्थीलाई कुटपिट गरेपछि उनले कसैको आवाज दबाउन सरकारलाई कुनै अधिकार अधिकार नरहेको धारणा राखेका छन् ।
उनले भने अधिकारका लागि आफ्नो धारणा राख्न संविधानले नै अधिकार दिएको छ । तर तानाशाही प्रवृतिले कसैको आवाज दबाउन यो गलत हो । उनले प्रदर्शनकारी विद्यार्थीहरुको मांग समर्थन जनाउंदै नागरिकता कानूनको खुलेर नै विरोध गरको छन ।
प्रकाश राजले जामियाको विद्यार्थीको सपोर्टमा ट्वीट गर्दै लेखेका छन “चुप्पी सहमति भनेको सहमति हो, कसैलाई पनि आफ्नो आवाज दबाउन नदेउ” । उनको यस कमेन्टले भारतीय राजनीतिमा तहलका नै मचाइ दिएको छ ।
निर्देशक फरहान अख्तरले पनि टवीटमा नागरिकता कानूनको विरोध गर्दै अब शोसल मिडियामा बोल्ने समय सकियो, समय आए सडकमा समेत आउने छौ ।
अहिले बालीवुड एक्ट्रेस स्वरा भास्कर, जीशान अय्यूब, हुमा कुरैशी, सयानी गुप्ता र संध्या मृदुल लगायतका कयौं कलाकार नागरिकता कानूनको विरोधमा समाजिक संजाल मार्फत उत्रेका छन ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !