Tuesday, September 22, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

नबिल बैंकमा सेवाग्राहीको खाताबाट हजार अनधिकृत रूपमा ट्रान्सफर


नबिल बैंकमा सेवाग्राहीको खाताबाट हजार अनधिकृत रूपमा ट्रान्सफर

Oplus_16908288

जनकपुरधाम, ५ असाेज । जनकपुरधाममा डिजिटल बैंकिङमार्फत सेवाग्राहीको खाताबाट उनको जानकारीबिनै रकम अन्य खातामा स्थानान्तरण भएको घटना सार्वजनिक भएको छ ।

जनकपुरधाम उपमहानगरपालिका–१० निवासी रतिश कर्णकी श्रीमती रजनी कर्णको नबिल बैंक खाताबाट ७० हजार १० रुपैयाँ अनधिकृत रूपमा ट्रान्सफर भएको हो ।

रजनीको पिडारी चोकस्थित नबिल बैंक शाखामा रहेको खाताबाट गत सेप्टेम्बर २० मा मोबाइल बैंकिङको माध्यमबाट प्राइम कमर्सियल बैंकमा रहेको अर्को व्यक्तिको खातामा रकम पठाइएको बैंक स्टेटमेन्टबाट देखिएको छ ।

स्टेटमेन्टअनुसार नबिल बैंकमा रहेको रजनीको खाताबाट मो. शेख फैजल जमालको नाममा रहेको प्राइम कमर्सियल बैंकको खातामा एकैपटक ७० हजार १० रुपैयाँ स्थानान्तरण भएको छ ।

आफूले उक्त दिन कुनै कारोबार नगरेको र कसैलाई रकम पठाउन स्वीकृति नदिएको रजनीको भनाइ छ । खातामा रहेको रकम घटेको थाहा पाएपछि कारोबार विवरण जाँच गर्दा आफूलाई जानकारी नै नभएको कारोबार भएको पत्ता लागेको उनले बताइन् ।

घटनाबारे बैंकमा जानकारी गराउँदा आफ्नो खाताबाट अनधिकृत रूपमा रकम स्थानान्तरण भएको जानकारी पाएपछि उनले प्रहरीमा उजुरी दिएकी हुन् ।

रजनीले सोमबार जिल्ला प्रहरी कार्यालय धनुषामा निवेदन दर्ता गराउँदै खाताबाट रकम कसरी र कुन माध्यमबाट निकालियो भन्ने विषयमा छानबिन गरी संलग्न व्यक्तिको पहिचान गर्न माग गरेकी छन् । साथै, अनधिकृत रूपमा स्थानान्तरण भएको रकम फिर्ता गराइदिनसमेत उनले आग्रह गरेकी छन् ।

प्रहरीमा दिइएको निवेदनमा नबिल बैंकको पिडारी चोक शाखामा रहेको आफ्नो खाता ‘हाइजेक’ गरी प्राइम कमर्सियल बैंकको खातामा रकम पठाइएको दाबी गरिएको छ । तर, खातामा पहुँच कसरी प्राप्त भयो, मोबाइल बैंकिङको पासवर्ड वा ओटीपीलगायत विवरण कसरी प्रयोग भयो भन्ने विषय अझै खुलेको छैन ।

घटनाबारे जिल्ला प्रहरी कार्यालय धनुषाले अनुसन्धान थालेको जनाएको छ । अनुसन्धानका क्रममा प्रहरीले नेपाल राष्ट्र बैंकसहित सम्बन्धित बैंकसँग कारोबार तथा खातासम्बन्धी आवश्यक विवरण माग गरेको छ ।

मोबाइल बैंकिङमार्फत ठगीका घटना बढ्दो

धनुषामा बैंकिङ कसूर तथा ठगीसम्बन्धी उजुरीको संख्या पछिल्लो समय बढिरहेको प्रहरीको तथ्यांकले देखाएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी ओमप्रकाश खनालका अनुसार गत भदौमा बैंकिङ कसूरतर्फ ४ र ठगीतर्फ १३ वटा मुद्दा दर्ता भएका थिए । त्यसअघि साउनमा बैंकिङ कसूरतर्फ ११ तथा ठगीतर्फ १४ वटा मुद्दा दर्ता भएका थिए ।

डीएसपी खनालका अनुसार मोबाइल बैंकिङ तथा डिजिटल माध्यमबाट रकम स्थानान्तरणसम्बन्धी घटना प्रत्येक महिना उल्लेख्य संख्यामा प्रहरीसम्म पुग्ने गरेका छन् । तीमध्ये कतिपय घटनाको समाधान भइसकेको र केही घटनामा अनुसन्धान जारी रहेको उनले बताए ।

रजनी कर्णको खाताबाट भएको रकम स्थानान्तरण पनि त्यही प्रकृतिको घटना हो वा खातामा अन्य कुनै माध्यमबाट पहुँच प्राप्त गरी रकम निकालिएको हो भन्ने कुरा अनुसन्धानपछि मात्रै यकिन हुने प्रहरीले जनाएको छ ।

सेवाग्राहीको अनुमति र जानकारीबिना बैंक खाताबाट रकम स्थानान्तरण भएको यो घटनाले डिजिटल बैंकिङको सुरक्षा, मोबाइल बैंकिङमा प्रयोग हुने गोप्य विवरण तथा बैंकिङ प्रणालीमा अनधिकृत पहुँचको विषयलाई पुनः चर्चामा ल्याएको छ । घटनामा संलग्न व्यक्तिको पहिचान र रकम फिर्ताको अवस्था भने प्रहरी अनुसन्धान तथा सम्बन्धित बैंकबाट प्राप्त हुने थप विवरणपछि स्पष्ट हुनेछ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

२०८३ आश्विन ६, मंगलवार ००:१६
जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

२०८३ आश्विन ६, मंगलवार ००:१६
जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

२०८३ आश्विन ६, मंगलवार ००:१६
जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०८३ आश्विन ६, मंगलवार ००:१६
मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

२०८३ आश्विन ६, मंगलवार ००:१६
बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह
Blast News

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

२०८३ आश्विन ६, मंगलवार ००:१६

ताजा खबर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट हजार अनधिकृत रूपमा ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट हजार अनधिकृत रूपमा ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव