Wednesday, April 29, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

बढी लाग्ने तीन रोग


नेपालमा देखिएका केही रोग छन्, जसले सबैभन्दा बढी मानिसलाई आक्रान्त पारेको छ । त्यस्ता रोगहरूमा ग्यास्ट्रिक, मधुमेह, मुटुरोग, उच्च रक्तचाप, क्रोनिक ब्रोङ्काइटिस र थाइराइड छन् । यी रोगका बिरामी दिनप्रतिदिन बढिरहेका छन् । नेपालीमा सबैभन्दा बढी देखिएको नसर्ने रोगबारे एक सामग्री :

डा. सुन्दरमणि दीक्षित, सिनियर फिजिसियन

डाइबिटिज
नेपालमा बढी मानिसलाई देखिने रोगमध्ये मधुमेह एक हो । यो दुई प्रकारको हुन्छ, एउटा बच्चालाई लाग्ने भने अर्को उमेर ढल्किसकेकालाई लाग्ने । बच्चामा लाग्ने मधुमेह त्यति देखा परेको छैन । तर, उमेर पुगेकामा देखा पर्ने डाइबिटिजको अवस्था भने भयावह नै छ । यसको मुख्य कारण भनेको अव्यवस्थित खानपान, जीवनशैली र मोटोपन हो । यो वंशानुगत समस्या पनि हो । मधुमेह यसकारण पनि खतरनाक हो कि यसले शरीरमा अन्य कैयौँ रोग निम्त्याउने गर्छ । यसकै कारण ब्लडप्रेसरको समस्या निम्तिन्छ, मिर्गौल फेल हुन्छ, नसासम्बन्धी विभिन्न समस्या निम्त्याउने गर्छ ।

यसका लागि मोटोपन विश्वमै खतरनाक रूपमा विकास भएको छ । अमेरिकाका एकतिहाइ मानिसमा मोटोपनको समस्या छ । नेपालमा खासगरी पाश्चात्य खाद्य संस्कार नै मधुमेहको कारक बनेको छ ।

ब्लडप्रेसर
नेपालमा सबैभन्दा बढी देखा पर्ने अर्को समस्या हो, ब्लडप्रेसर । अव्यवस्थित जीवनशैली र नुनको बढी प्रयोगका कारण ब्लडप्रेसरको समस्या निम्तिने गर्छ । ब्लडप्रेसरले पनि शरीरमा अनेक समस्या निम्त्याउने गर्छ । उच्च रक्तचाप यसकारण पनि हानिकारक छ कि नसामा यसले समस्या पार्ने भएकाले यसले शरीरका सबै भागमा कुनै न कुनै असर पु-याइरहेको हुन्छ । यसले हृदयाघात, मिर्गौला फेल, ब्रेन स्ट्रोकलगायतका समस्या निम्त्याउने गर्छ । यसलाई प्राणघातक समस्याका रूपमा पनि लिइन्छ ।

थाइराइड
अहिले अस्पतालमा समस्या लिएर जाने अधिकांश बिरामी थाइराइडका पनि हुन्छन् । मानिसको घाँटीमा थाइराइड ग्लान हुन्छ । उक्त ग्लानले थाइरोक्सिन हर्मोन उत्पादन गर्छ । यस्तो ग्लानलाई मस्तिष्कले नियन्त्रण गरिरहेको हुन्छ । उक्त ग्लान सुन्निएमा वा टिएसएच हर्मोनको मत्रा बढाएमा थाइराइडको समस्या हुने गर्छ । तर, टिएसएच हर्मोन बढी हुनु आफैँमा थाइराइड भने होइन । अस्पतालमा बढी मात्रामा यस्तै प्रकारका बिरामी भेटिन्छन् । तर, कहिलेकाहीँ यस्तो हर्मोन बढ्दा डाक्टरले सोझै थाइराइडको औषधि दिएमा साँच्चिकै थाइराइडको समस्या निम्तिन्छ । मानिसलाई साच्चिँकै थाइराइड भएमा भने ठूलो समस्या निम्तिन्छ । यसले ट्युमरको पनि खतरा हुन्छ । यसरी थाइराइड लागेमा बढी पसिना आउने, छोटो समयमै दुब्लाउने, दिसा कम हुने, काम्ने, आँखा गहिरिनेलगायतको समस्या हुन्छ । शरीर सुन्निने, छोटो समयमै थकाइ लाग्ने समस्या पनि हुन्छ ।

यसकारण बढेको छ
यस्ता समस्या नसर्ने रोगमध्येको हो । यस्ता समस्या वंशानुगत कारणले पनि लाग्ने गर्छ । तर, यी रोगका मुख्य कारण भनेको अव्यवस्थित जीवनशैली हो । खासगरी, पछिल्लो समय जंकफुड र पाश्चात्य खानाको प्रभाव नेपाली समाजमा बढ्दो छ । जसमा उच्च क्यालोरी हुन्छ र अरू पोषण तत्व नै हुँदैन । जसले गर्दा मोटोपनलागायतका समस्या निम्त्याउँछ । समयमा नसुत्ने, रातभरि घुम्ने, एक्सरसाइज नगर्ने, अधिक धूम्रपान, मद्यपानजस्ता गतिविधिले मानिसलाई रोगी बनाउने गर्छ । शरीरमा बायोलोजिकल क्लक हुन्छ । जसले कतिवेला के काम गर्ने भन्ने कुराको सदियौँदेखि निर्धारण गरेको हुन्छ । यसको विपरीत तरिकाले चल्दा रोग लाग्ने गर्छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

रेडक्रसको सदस्यता अभियान जारी, सिंह नेतृत्वमा रेडक्रसको ठूलो फड्को
Blast News

रेडक्रसको सदस्यता अभियान जारी, सिंह नेतृत्वमा रेडक्रसको ठूलो फड्को

ढल्केवरबाट ठूलाे मात्रामा लागु औषध बरामद
Blast News

ढल्केवरबाट ठूलाे मात्रामा लागु औषध बरामद

मेडिकल एसोसिएसन जनकपुरकाे अध्यक्षमा डा. यादव
Blast News

मेडिकल एसोसिएसन जनकपुरकाे अध्यक्षमा डा. यादव

गाेदावरी हस्पिटलद्वारा रक्तदान कार्यक्रम
Blast News

गाेदावरी हस्पिटलद्वारा रक्तदान कार्यक्रम

जनकपुरधाममा खुल्यो कृषि तथा पशुपंक्षी सेवा केन्द्र
Blast News

जनकपुरधाममा खुल्यो कृषि तथा पशुपंक्षी सेवा केन्द्र

यदुकोहामा जय माता दी डेन्टल हेल्थ केयर अबैध रुपमा संचालन
Blast News

यदुकोहामा जय माता दी डेन्टल हेल्थ केयर अबैध रुपमा संचालन

ताजा खबर

हरवा चरवाको नयाँ कार्यविधि तयार पारिने

हरवा चरवाको नयाँ कार्यविधि तयार पारिने

गापा अध्यक्ष नै वडा कार्यालय आगजनी र तोडफोड गरेकाे आराेप

गापा अध्यक्ष नै वडा कार्यालय आगजनी र तोडफोड गरेकाे आराेप

जानकी फन पार्कमा खुल्यो बगैँचा रेष्टुरेन्ट

जानकी फन पार्कमा खुल्यो बगैँचा रेष्टुरेन्ट

मटिहानीलाई उत्कृष्ट नगरपालिकाको अवार्ड

मटिहानीलाई उत्कृष्ट नगरपालिकाको अवार्ड

मधेशकाे सुरक्षा व्यवस्थामा उच्च सतर्कता

बिचाैलियाकाे नाममा लेखापढी व्यवसायीलाई धरपकड, ४२ जना पक्राउ

मेयर मण्डलले कर्मचारी कुटेकाे आराेप, कारवाहीकाे माग

मेयर मण्डलले कर्मचारी कुटेकाे आराेप, कारवाहीकाे माग

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव