Wednesday, September 30, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

विकाससँगै दलित विपन्नको सपना साकार गर्दै अध्यक्ष यादव


विकाससँगै दलित विपन्नको सपना साकार गर्दै अध्यक्ष यादव

जनकपुरधाम । एक समय धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकाका धेरै दलित, भूमिहीन र विपन्न परिवारका लागि “घर“ केवल एउटा सपना थियो । कसैको टाटीको झुपडी वर्षामा चुहिन्थ्यो, कसैको घर हावाहुरीले भत्किन्थ्यो । कतिपय परिवार एउटै सानो कोठामा आठ–दश जना कोचिएर बस्न बाध्य थिए । अब तिनीहरुको सहयोगी हात बनेका छन गाउँपालिका अध्यक्ष जयकुमार यादव ।

यही पीडालाई नजिकबाट देखेर हुर्किएका मुखियापट्टी मुसहरनिया गाउँपालिकाका अध्यक्ष जयकुमार यादव अहिले ती परिवारका लागि केवल जनप्रतिनिधि मात्र होइन, आशा, भरोसा र अभिभावकका रूपमा स्थापित हुँदै गएका छन् । उनी भन्छन्, “खुला आकाशमुनि रात बिताउनु कस्तो हुन्छ, एउटै कोठामा ठूलो परिवार कोचिएर बस्नुपर्दा कस्तो पीडा हुन्छ, मैले आफ्नै गाउँमा वर्षौंदेखि देखेको छु ।

ती दृश्यहरूले मेरो मनलाई बारम्बार छोइरहन्थे। राजनीतिक दलहरूले वर्षौंदेखि उनीहरूको पीडालाई चुनावी नारामा त प्रयोग गरे, तर स्थायी समाधानको प्रयास कमै भयो । त्यसैले मैले मनमनै संकल्प गरेको थिएँ– जुन दिन कार्यान्वयन गर्ने ठाउँमा पुग्छु, यी परिवारको जीवनमा परिवर्तन ल्याउने काम गर्नेछु ।“

गाउँपालिका अध्यक्षमा निर्वाचित भएपछि यादवले त्यो संकल्पलाई व्यवहारमा उतार्न थाले। सडक, नाला र भौतिक पूर्वाधारसँगै उनले दलित, भूमिहीन र विपन्न परिवारको शिक्षा, स्वास्थ्य, जीविकोपार्जन र विशेषगरी सुरक्षित आवासलाई प्राथमिकतामा राखे ।

मुखियापट्टी मुसहरनिया गाउँपालिकाका पाँचवटै वडामा करिब चार सय दलित परिवार बसोबास गर्छन्। उनीहरूको सबैभन्दा ठूलो समस्या सुरक्षित घरको अभाव हो । यही यथार्थलाई मध्यनजर गर्दै गाउँपालिकाले ह्युम्यानिटीज फर ह्याबिट्याट र सामुदायिक सुधार केन्द्रसँगको सहकार्यमा तुल्सियाहीमा २६ दलित परिवारका लागि उपचारित बाँसबाट आधुनिक, सुरक्षित र टिकाउ घर निर्माण गरिरहेको छ ।

गाउँपालिकाको करिब ७० प्रतिशत आर्थिक सहभागिता रहेको यस योजनाअन्तर्गत करिब साढे छ लाख रुपैयाँ लागतमा दुई कोठा, भान्सा र बरन्डासहितका घर निर्माण भइरहेका छन्। यी घर ३५ देखि ४० वर्षसम्म टिक्ने प्राविधिकहरूको दाबी छ ।

यसअघि पनि अध्यक्ष यादवकै पहलमा उपचारित बाँसका ३० वटा घर निर्माण सम्पन्न भइसकेका छन् । त्यसअघि ६४ दलित तथा विपन्न परिवारलाई कंक्रिटका घर हस्तान्तरण गरिसकिएको छ । अब थप ७० दलित तथा विपन्न परिवारका लागि उपचारित बाँसका घर निर्माण प्रक्रिया पनि अघि बढिसकेको छ । यसरी हेर्दा केही वर्षभित्रै एक सयभन्दा बढी परिवारले सुरक्षित आवास पाइसकेका वा पाउने चरणमा छन् ।

अध्यक्ष यादवका अनुसार, “घर केवल चारवटा पर्खाल होइन, यो सम्मान, सुरक्षा र भविष्यको आधार हो। जबसम्म नागरिकको टाउकोमाथि सुरक्षित छाना हुँदैन, तबसम्म नगरको समृद्धिको कुरा अधुरो रहन्छ ।“

उनको यही सोचले लाभग्राही परिवारमा नयाँ उत्साह थपेको छ । तुल्सियाहीका नथुनी महरा भावुक हुँदै भन्छन्, “हामीले त जीवनभर पक्कै पनि आफ्नै सुरक्षित घर होला भन्ने कल्पनासमेत गरेका थिएनौँ । अध्यक्षज्यूले हाम्रो दुःखलाई आफ्नो दुःख सम्झिनुभयो । आज हामी पनि सम्मानका साथ आफ्नै घरमा बस्ने दिन नजिकिएको छ । उनी एउटा अभिभावक र जनप्रतिनिधि मात्र होइन हाम्रा आश्रयदाता समेत हुन ।“

यस्तै रामअवतार महरा पनि घर निर्माणले आफ्नो परिवारको जीवन नै बदलिने विश्वास व्यक्त गर्छन्। “पहिले वर्षा लागेपछि रातभर पानी थाप्दै बस्नुपथ्र्यो। हावा चल्दा घर ढल्ने हो कि भन्ने डर हुन्थ्यो। अब छोराछोरी सुरक्षित घरमा बस्नेछन्। उनीहरू निर्धक्क पढ्न पाउनेछन् । यो घरले हामीलाई केवल ओत मात्र दिएको छैन, आत्मसम्मान पनि दिएको छ ।“

अध्यक्ष यादवको अभियान घर निर्माणमै सीमित छैन । गाउँपालिकाले दलित तथा विपन्न परिवारका बालबालिकाको शिक्षामा पहुँच बढाउन छात्रवृति, पोशाक र पुस्तक कापी कलम समेत वितरण गर्दै आएका छन् । पालिकाको बेला र कोल्हुवा लगायत विभिन्न स्थानमा नयाँ सुविधा सम्पन्न विद्यालय भवन निर्माण तथा विभिन्न विद्यालयमा कक्षा कोठा विस्तार समेत गरेका छन् । कोही शिक्षाबाट वञ्चित नहुन भन्ने उद्देश्यका साथ घर घर गई बालबालिकालाई विद्यालय भर्ना अभिभावकहरुमा शिक्षाको महत्व बारे जागरुकता जगाउने काम गर्दै आएका छन् ।

स्वास्थ्य सेवा सहज बनाउने र जीविकोपार्जनका अवसर सिर्जना गर्ने कार्यक्रम पनि सञ्चालन गरिरहेको छ । आर्थिक रूपमा कमजोर परिवारलाई आत्मनिर्भर बनाउने प्रयाससँगै सुरक्षित आवासको अभियानलाई निरन्तरता दिइएको छ । स्वास्थ्यतर्फ नगर अस्पताल संचालन सँगै कयौं स्वास्थ्य चौकीका लागि भवन निर्माण तथा सेवा विस्तार समेत गरेका छन् ।

अध्यक्ष यादव दलित, गरीब विपन्न र भूमिहीनको आशा र भरोसा मात्र होइन पालिका ज्येष्ट नागरिक, किसान, महिला, युवा र अन्य वर्ग समुदायका लागि समेत आशा, भरोसा र विश्वासको कडी बन्दै गएका छ्न । किसानहरुका लागि भूमिगत सिचाईतर्फ डिपट्यूबेल र स्यालो ट्यूबेल जडानका साथै बिउविजन तथा माटो परिक्षणका कार्य समेत गराउंदै आएका छन् । युवाहरुका लागि खेलकुद व्यवस्थापन सँगै महिलाहरुका उत्थान र आत्मनिर्भरताका लागि विभिन्न सीपमूलक तालिम आयोजना समेत गर्दै आएका छन ।

यसका साथै बर्थिँड सेन्टर, बालबालिकाहरुका लागि पोषण कार्यक्रम संचालन गर्नुका साथै ज्येष्ठ नागरिकका लागि विभिन्न सेवा निशुल्क तिनीहरुका लागि घुम्ती शिविर संचालन र कृषि विद्युतिय मीटर सहयोग लगायतका नगरवासीलाई प्रत्यक्ष लाभ पुग्ने सयौं कामहरु गर्दै उदाहरण बन्न सफल हुन् अध्यक्ष जयकुमार यादव ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष
Blast News

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

२०८३ असार १६, मंगलवार १२:५८
नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

२०८३ असार १६, मंगलवार १२:५८
ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

२०८३ असार १६, मंगलवार १२:५८
जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

२०८३ असार १६, मंगलवार १२:५८
जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

२०८३ असार १६, मंगलवार १२:५८
जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०८३ असार १६, मंगलवार १२:५८

ताजा खबर

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव