Wednesday, August 19, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

शिक्षा सुधारका लागि प्रभावकारी सहयाेग आवश्यक


शिक्षा सुधारका लागि प्रभावकारी सहयाेग आवश्यक

जनकपुरधाम । सामुदायिक विद्यालयहरूमा आवश्यक भौतिक पूर्वाधार र दरबन्दीअनुसार शिक्षक अभावले पठनपाठन प्रभावित भइरहेको भन्दै मधेश प्रदेशका प्रधानाध्यापकहरूले सरकारसँग ठोस पहलको माग गरेका छन्।

प्रधानाध्यापक संघ नेपालको आयोजनामा जनकपुरधाममा आइतबार सम्पन्न ‘सार्वजनिक शिक्षा रूपान्तरणमा विद्यालय नेतृत्व, स्थानीय सरकार र नीति निर्माणमा साझेदारी’ विषयक प्रदेशस्तरीय कार्यक्रममा सहभागी प्रधानाध्यापकहरूले विद्यालय सञ्चालनका क्रममा भोगिरहेका विभिन्न समस्या सार्वजनिक गरेका हुन्।

उनीहरूले विद्यालयको व्यवस्थापनदेखि शैक्षिक गुणस्तर कायम गर्ने जिम्मेवारी अधिकांश अवस्थामा प्रधानाध्यापककै काँधमा पर्ने गरेको उल्लेख गर्दै आवश्यक स्रोत–साधन, जनशक्ति र नीतिगत सहयोग अभावका कारण काम गर्न कठिनाइ भइरहेको बताए।

साथै अभिभावक र स्थानीय तहबाट अपेक्षित सहयोग नपाउँदा विद्यालय सुधारका प्रयासहरू प्रभावकारी बन्न नसकेको उनीहरूको भनाइ थियो।

कार्यक्रममा विभिन्न जिल्लाबाट आएका प्रधानाध्यापकहरूले आफ्नो विद्यालयमा लागू गरिएका सफल अभ्यास, नवप्रयोग तथा शैक्षिक सुधारका अनुभव पनि एकअर्कासँग आदान–प्रदान गरेका थिए। उनीहरूले विद्यालयलाई आकर्षक र गुणस्तरीय बनाउने प्रयासलाई संस्थागत रूपमा विस्तार गर्नुपर्नेमा जोड दिएका थिए।

शिक्षा तथा खेलकुद मन्त्रालयका सल्लाहकार शैलेन्द्र झाले विद्यालय र अभिभावकबीचको सम्बन्धलाई थप प्रभावकारी बनाउन मन्त्रालयले नयाँ प्रणाली विकास गर्ने तयारी गरिरहेको जानकारी दिए। उनले प्रधानाध्यापकहरूले पनि नेतृत्व क्षमता, व्यवस्थापन शैली र उत्तरदायित्वमा निरन्तर सुधार गर्दै अघि बढ्नुपर्ने धारणा राखे।

विद्यार्थीहरूको सिकाइ उपलब्धि अझै सन्तोषजनक बन्न नसकेको उल्लेख गर्दै उनले शिक्षक, अभिभावक, विद्यालय नेतृत्व र स्थानीय सरकारबीच प्रभावकारी सहकार्य भए मात्र सार्वजनिक शिक्षाको गुणस्तर उकास्न सकिने बताए।

प्रधानाध्यापक संघ नेपालका अध्यक्ष सुदान प्रसाद गौतमले शिक्षा क्षेत्र अझै राज्यको प्राथमिकतामा पर्न नसकेको टिप्पणी गर्दै पर्याप्त बजेट, स्पष्ट नीति र प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न सरकारमाथि निरन्तर दबाब आवश्यक रहेको बताए।

विकसित राष्ट्रहरूले शिक्षालाई विकासको आधारका रूपमा लिने गरेको उल्लेख गर्दै उनले शिक्षा, स्वास्थ्य र पूर्वाधारजस्ता आधारभूत सेवाको सुनिश्चितता राज्यको प्रमुख दायित्व भएको धारणा व्यक्त गरे।

संघका मधेश प्रदेश अध्यक्ष संजय झाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सार्वजनिक शिक्षाको गुणस्तर अभिवृद्धि, विद्यालय नेतृत्व सुदृढीकरण, स्थानीय सरकारसँगको समन्वय तथा शिक्षा नीति कार्यान्वयनमा देखिएका चुनौती र सम्भावित समाधानबारे विस्तृत छलफल भएको थियो।

कार्यक्रममा मधेश प्रदेशका विभिन्न जिल्लाबाट संघमा आबद्ध प्रधानाध्यापकहरूको सहभागिता रहेको थियो।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह
Blast News

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

२०८३ असार २२, सोमबार ०६:४२
कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

२०८३ असार २२, सोमबार ०६:४२
जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

२०८३ असार २२, सोमबार ०६:४२
माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम
Blast News

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

२०८३ असार २२, सोमबार ०६:४२
प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला
Blast News

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

२०८३ असार २२, सोमबार ०६:४२
मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि
Blast News

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

२०८३ असार २२, सोमबार ०६:४२

ताजा खबर

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव