Monday, August 10, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

रिब्दीकोटको सराहनीय काम


पाल्पाको रिब्दीकोट गाउँपालिका– १ स्थित कालिका आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई गाउँपालिकाको प्रायोजनमा दैनिक खाजाको व्यवस्था गरेपछि सो विद्यालयमा अध्ययन गर्न आउने एक सय २९ जना विद्यार्थी नियमित उपस्थित हुन थालेका छन् ।

एक सय २० जति परिवारको बसोवासनजिक रहेको विद्यालयमा यसअघि आधा विद्यार्थी पनि नियमित आउँदैनथे । सबैजसो परिवार गरिब रहेको, बालबालिकाले साँझ–बिहान धेरैजसो भोकै बस्नुपर्ने र आमा या बाबु काम गर्न जाँदा सँगै जान पाए धेरथोर खानसमेत पाइने भएकाले बालबालिका विद्यालय छाडेर आमाबाबुको पछि लाग्ने गरेका थिए ।

भोको पेटमा पण्डित पद्धतिको घोकन्ते विद्या हासिल गर्न विद्यालयमा को आओस्, को कसरी कति दिन टिकोस् ! गाउँपालिकाले यो समस्या पहिचान गरेर खाजाको व्यवस्था गरेछ । अब यही दिनको एकपटक पाइने खाजाले पेट भर्न पनि केटाकेटी खुसीले विद्यालय आएर पूरा समय बस्न थालेका छन् ।

समाचार सानो ठाउँमा छापिएको भए पनि यो हाम्रो राजनीति र समाजबीचको सम्बन्धको एउटा शक्तिशाली उदाहरण हो । ठूलो समाचार हो । यसले पहिले त नेपाली समाजमा रहेको वर्गभेदको कुरा देखाउँछ ।

बिहान–बेलुका पेटभरि खान नपाउने, आफ्ना बालबालिकालाई भरपेट खान दिन नसक्ने परिवार छन् । यस्ता परिवार धेरैजसो सीमान्तकृत समूहका छन् जस्तो कि सो विद्यालयमा पढ्नेहरू कुमाल समुदायका रहेछन् । यी परिवारका अभिभावक आफ्नो दैनिक र अनिश्चित ज्यालादारी श्रमबाट जीविका गर्दै बालबालिकालाई नियमित विद्यालय शिक्षा दिन असमर्थ छन् ।

उता, यसअघि राज्यले उक्त ठाउँमा पनि शिक्षा चाहिन्छ भनेर विद्यालय बनाइदियो, शिक्षक दरबन्दी दियो, तर विद्यार्थी कसरी विद्यालय आउँछन्, शिक्षा हासिल गर्ने चाहना भएकालाई के–के समस्याले विद्यालय आउनबाट छेकिरहेको छ भन्ने खोजीनिती गरेन ।

 

रिब्दीकोट गाउँपालिकाले खाजाको व्यवस्था गरेपछि विद्यार्थी विद्यालय आउन र खुसीसाथ पूरा समय बस्न थालेका छन्

 

हाम्रो शिक्षा नीतिमा रहेको एउटा ठूलो कमजोरी यहीँनिर थियो । यतिवेला स्थानीय गाउँपालिकाले सम्बन्धित पक्षसँग यसबारे छलफल गरेर लिएको निर्णयले त्यस्तो कमजोरीमा हस्तक्षेप गरेको छ । अब कमसेकम आधारभूत तहसम्म भए पनि विद्यार्थीले शिक्षा लिन सक्नेछन् ।

नियमित पढाइ गर्न जाने आफ्ना बालबालिका देखेर अभिभावकको पनि आत्मसम्मान बढ्नेछ । यहीँनिर महत्वको अर्को पाटो भनेको राज्यले आधारभूत शिक्षा पाउने साधारण परिवारका बालबालिकाको अधिकार कसरी संरक्षित गर्छ भन्ने हो ।

विद्यालय खोलिदिएर मात्र सबैले शिक्षा लिन किन सक्दैनन् ? किन आधारभूत तह अर्थात् कक्षा १ मा भर्ना भएकामध्ये एसइईसम्म नपुग्दै ६० प्रतिशतभन्दा बढी बालबालिका या किशोर–किशोरीले पढाइ छाड्छन् भन्ने वास्तविकता पत्ता लगाएर त्यसको सम्बोधन उचित ढंगले नगरुन्जेल सबैका लागि अनिवार्य र निःशुल्क माध्यमिक शिक्षा भन्ने नारा खोक्रो साबित हुन्छ भन्ने हाम्रो विगत २५ वर्षको इतिहास आफैँ साक्षी हो ।

अब यस्तो नारालाई सार्थक बनाउने हो भने स्थानीय तहलाई यसप्रति उत्तरदायी बनाउनु जरुरी छ ता कि उनीहरू वास्तविक समस्या पत्ता लगाउन र त्यसको समाधान निकाल्न सकून् र सबैले पढ्ने अवसर पाऊन् । रिब्दीकोट गाउँपालिकाको यो कार्यले सरकार जनताको अलि निकट गएको सन्देश दिन्छ । यस्तो सराहनीय कार्यको अरूले पनि अनुसरण गरून् ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

परिक्रमावासीलाई मटिहानीमा भव्य स्वागत
Blast News

परिक्रमावासीलाई मटिहानीमा भव्य स्वागत

‘सामा–चकेवा’ मूर्तिकला निर्माण कार्यशाला सुरू
Blast News

‘सामा–चकेवा’ मूर्तिकला निर्माण कार्यशाला सुरू

मटिहानी नपाको प्रयासमा लक्ष्मीनारायण मन्दिर हुलाक टिकटमा समेटिए
Blast News

मटिहानी नपाको प्रयासमा लक्ष्मीनारायण मन्दिर हुलाक टिकटमा समेटिए

मधेशका महिला तथा सीमान्तकृत सांसदहरुलाई एआईको तालिम
Blast News

मधेशका महिला तथा सीमान्तकृत सांसदहरुलाई एआईको तालिम

बालविवाह रोक्न गर्न जनकपुरधाममा सडक नाटक
कला

बालविवाह रोक्न गर्न जनकपुरधाममा सडक नाटक

बालविवाह रोक्न गर्न जनकपुरधाममा सडक नाटक
अपराध

बालविवाह रोक्न गर्न जनकपुरधाममा सडक नाटक

ताजा खबर

ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना

ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना

ट्रमा सेन्टर सारिएकाे विराेधमा पुर्व मन्त्री यादव धर्नामा

ट्रमा सेन्टर सारिएकाे विराेधमा पुर्व मन्त्री यादव धर्नामा

गृहमन्त्रीले गरेको सम्झौता `फर्जी´, सरकार भन्छन – कुनै सहमति भएको छैन

गृहमन्त्रीले गरेको सम्झौता `फर्जी´, सरकार भन्छन – कुनै सहमति भएको छैन

वैदेशिक रोजगारीमा निधन भएका परिवारलाई ५० हजार राहत

वैदेशिक रोजगारीमा निधन भएका परिवारलाई ५० हजार राहत

हिन्दु राष्ट्रको आन्दोलन मागपत्रमै ‘फिर्ता’ : १३ र ६ बुँदे माग उस्ता उस्तै

हिन्दु राष्ट्रको आन्दोलन मागपत्रमै ‘फिर्ता’ : १३ र ६ बुँदे माग उस्ता उस्तै

हाम्राे कुनै सहमति भएकाे छैन, सरकार ठग्दैछ : हिन्दु सम्राट सेना

हाम्राे कुनै सहमति भएकाे छैन, सरकार ठग्दैछ : हिन्दु सम्राट सेना

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव