Wednesday, April 29, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

विस्तारकारी मौद्रिक नीतिको तयारी


विस्तृत मुद्राप्रदाय वृद्धिदर २० प्रतिशतभन्दा बढी र आन्तरिक कर्जा वृद्धिदर ३० प्रतिशतभन्दा बढी राख्ने लक्ष्य

नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष ०७५/७६ का लागि विस्तारकारी मौद्रिक नीति ल्याउने तयारी गरेको छ । सरकारले लिएको ८ प्रतिशत उच्च आर्थिक वृद्धिदरको लक्ष्यलाई सघाउन राष्ट्र बैंकले बजारमा मुद्रा तथा ऋणको प्रवाह बढाउने गरी मौद्रिक नीति ल्याउने तयारी गरेको हो ।

सरकारले लिएको उच्च आर्थिक वृद्धिदरलाई सघाउन राष्ट्र बैंकले बजारमा मुद्राको प्रवाह उच्च हुने गरी मौद्रिक नीति ल्याउने तयारी गरिरहेको राष्ट्र बैंकका एक अधिकारीले बताए । ‘उच्च आर्थिक वृद्धिदर हासिल गर्न अर्थतन्त्रलाई चलायमान बनाउन तथा बजारमा पैसाको प्रवाह बढाउन आवश्यक छ,’ उनले भने, ‘निजी क्षेत्र, बैंकर तथा विज्ञहरूले समेत दिएको सुझाबअनुसार विस्तारकारी मौद्रिक नीति बनाइरहेका छौँ ।’

चालू आर्थिक वर्षमा सुरुमा ७ दशमलव २ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य निर्धारण गरिए पनि पछि घटाएर ५ दशमलव ९ प्रतिशत मात्रै हुने संशोधित अनुमान गरिएको थियो । आर्थिक वृद्धिको लक्ष्यलाई सघाउन मौद्रिक नीतिले विस्तृत मुद्राप्रदाय वृद्धिदर १८ प्रतिशत हुने तथा कुल आन्तरिक कर्जा २७.८ प्रतिशत हुने लक्ष्य निर्धारण गरेको छ ।

०७४ चैत मसान्तमा वार्षिक बिन्दुगत आधारमा विस्तृत मुद्राप्रदायको वृद्धिदर १६.६ प्रतिशत र आन्तरिक कर्जाको वृद्धिदर २४.६ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । ‘आगामी आवका लागि सरकारले लिएको उच्च आर्थिक वृद्धिदर हासिल गर्न बजारमा मुद्रा प्रवाह बढी हुन आवश्यक छ,’ उनले भने, ‘त्यसैले राष्ट्र बैंकले विस्तृत मुद्राप्रदाय वृद्धिदर २० प्रतिशत र आन्तरिक कर्जा वृद्धिदर ३० प्रतिशत हाराहारी हुने लक्ष्यसहितको मौद्रिक नीति बनाइरहेको छ ।’

तरलता बढाउने उपकरण ल्याइँदै
चालू आर्थिक वर्षमा निजी क्षेत्रतर्फको कर्जा विस्तारको सीमा २० प्रतिशत तय गरिएको छ । वार्षिक बिन्दुगत आधारमा ०७४ चैत मसान्तमा निजी क्षेत्रमा प्रवाह हुने कर्जाको वृद्धिदर १९.३ प्रतिशत पुगेको राष्ट्र बैंकले जनाएको छ । आर्थिक गतिविधिमा विस्तार भएसँगै बैंक कर्जाको मागमा बढोत्तरी भएको उसको बुझाइ छ । आगामी आवमा यस्तो कर्जाको माग अझ बढोत्तरी हुनेछ ।

तर, तरलता अभाव भएका कारण बैंकहरूले निजी क्षेत्रको मागअनुसार कर्जा प्रवाह गर्न सकेका छैनन् । त्यसैले तरलता बढाउने मौद्रिक उपकरणहरू ल्याउने तयारी गरिरहेको राष्ट्र बैंकका अधिकारीहरू बताउँछन् । बैंकरहरूको सुझाबअनुसार तरलता बढाउन नगद मौज्दात अनुपात (सिआरआर)को सीमा ५ प्रतिशतमा झार्ने सम्भावना रहेको उनले बताए । त्यस्तै, पुनर्कर्जाको वृद्धि, रिस्क वेटमा खुकुलो, बाहिरबाट ऋण ल्याउन प्रोत्साहन गर्नेलगायत नीति लिने उनले जानकारी दिए ।

मुद्राप्रदाय बढाउन सुझाब
नेपालको निजी क्षेत्र र बैंकरले आगामी आर्थिक वर्षको मौद्रिक नीति विस्तारकारी बनाउन सुझाब दिएका छन् । सरकारले लिएको उच्च आर्थिक वृद्धिदरको लक्ष्यमा सघाउन तथा लगानीको सहज वातावरण बनाउन विस्तारकारी मौद्रिक नीति ल्याउन उनीहरूले सुझाब दिएका हुन् । नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष कमलेशकुमार अग्रवालले ८ प्रतिशतको आर्थिक वृद्धि र अन्य विकासका लक्ष्यहरू पूरा गर्न मौद्रिक नीति विस्तारकारी हुनुपर्ने बताए ।

उनले बजारमा पैसाको फ्लो बढाउने गरी मौद्रिक नीति ल्याउन सुझाब दिए । उनले पुनर्कर्जा बढाएर, सिडी रेसियो खुकुलो गराउनुपर्ने बताएका छन् । त्यस्तै, नेपाल बैंकर एसोसिएसनका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले लक्षित ८ प्रतिशतको वृद्धि हासिल गर्न विस्तारकारी मौद्रिक नीति ल्याउनुपर्ने बताए । ‘मूल्य वृद्धिमा केही चाप पर्न सक्छ, परे पनि परोस्,’ उनले भने, ‘तर, विस्तारकारी मौद्रिक नीति ल्याउनुपर्ने अहिलेको अवस्था छ ।’

उच्च आर्थिक वृद्धिलाई सघाउने मौद्रिक नीति
 नरबहादुर थापा
कार्यकारी निर्देशक,
नेपाल राष्ट्र बैंक
नेपाल राष्ट्र बैंकले सरकारले लिएको आर्थिक वृद्धिको लक्ष्यलाई सघाउने गरी मौद्रिक नीति ल्याउनुपर्नेछ, तयारी पनि त्यहीअनुसार भइरहेकै छ । तर, तोकिएका लक्ष्यहरू हासिल गर्न मौद्रिक नीतिले मात्रै सक्दैन । मुख्य कुरा सरकारको काममा निर्भर हुन्छ । तीनै तहका सरकार उत्साही भएर काम गरे भने तोकेअनुसारको आर्थिक वृद्धि हासिल गर्न सकिन्छ । सरकारले काम नगर्ने अनि पैसाजति केन्द्रीय बैंकमा थुप्रने भयो भने आर्थिक वृद्धि हासिल गर्न कठिन हुन्छ । ८ प्रतिशतको उच्च आर्थिक वृद्धि हासिल गर्दै मूल्य वृद्धिलाई ६.५ प्रतिशतमा कायम राख्न चुनौतीपूर्ण छ ।

बजारमा पैसाको प्रवाह बढाउने नीति आउनुपर्छ
कमलेशकुमार अग्रवाल
उपाध्यक्ष, नेपाल चेम्बर अफ कमर्स
सरकारले लिएको उच्च आर्थिक वृद्धिदरको लक्ष्यमा सघाउन तथा लगानीको सहज वातावरण बनाउन विस्तारकारी मौद्रिक नीति ल्याउन आवश्यक छ । उच्च आर्थिक वृद्धि हासिल गर्न र अन्य विकासका लक्ष्यहरू पूरा गर्न बजारमा पैसाको फ्लो बढाउनुपर्छ । त्यसैले मुद्राप्रदाय बढ्ने गरी मौद्रिक नीति ल्याउन आवश्यक छ । पुनर्कर्जा बढाएर, सिडी रेसियो खुकुलो गराएर, सिआरआर घटाएर, विदेशबाट सहजै ऋण ल्याउन सकिने व्यवस्था गरेर र भारतको नयाँ ५ सय तथा २ हजारका नोट खुला गरेर विस्तारकारी मौद्रिक नीति ल्याउनुपर्ने देखिन्छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

जानकी फन पार्कमा खुल्यो बगैँचा रेष्टुरेन्ट
Blast News

जानकी फन पार्कमा खुल्यो बगैँचा रेष्टुरेन्ट

मेयर मण्डलले कर्मचारी कुटेकाे आराेप, कारवाहीकाे माग
Blast News

मेयर मण्डलले कर्मचारी कुटेकाे आराेप, कारवाहीकाे माग

बृहतर शौचालय खरिदमा अनियमितता, ७ जना विरुद्ध भ्रष्टाचार मुद्दा
Blast News

बृहतर शौचालय खरिदमा अनियमितता, ७ जना विरुद्ध भ्रष्टाचार मुद्दा

काेटेशनबाट काम गराउने प्रदेश सरकारकाे निर्णय
Blast News

संघको विभेदले मधेश सरकार आर्थिक संकटमा

मधेशमा १५ अर्ब बढीको बजेट कटौती गरिने
Blast News

मधेशमा १५ अर्ब बढीको बजेट कटौती गरिने

काेटेशनबाट काम गराउने प्रदेश सरकारकाे निर्णय
Blast News

काेटेशनबाट काम गराउने प्रदेश सरकारकाे निर्णय

ताजा खबर

हरवा चरवाको नयाँ कार्यविधि तयार पारिने

हरवा चरवाको नयाँ कार्यविधि तयार पारिने

गापा अध्यक्ष नै वडा कार्यालय आगजनी र तोडफोड गरेकाे आराेप

गापा अध्यक्ष नै वडा कार्यालय आगजनी र तोडफोड गरेकाे आराेप

जानकी फन पार्कमा खुल्यो बगैँचा रेष्टुरेन्ट

जानकी फन पार्कमा खुल्यो बगैँचा रेष्टुरेन्ट

मटिहानीलाई उत्कृष्ट नगरपालिकाको अवार्ड

मटिहानीलाई उत्कृष्ट नगरपालिकाको अवार्ड

मधेशकाे सुरक्षा व्यवस्थामा उच्च सतर्कता

बिचाैलियाकाे नाममा लेखापढी व्यवसायीलाई धरपकड, ४२ जना पक्राउ

मेयर मण्डलले कर्मचारी कुटेकाे आराेप, कारवाहीकाे माग

मेयर मण्डलले कर्मचारी कुटेकाे आराेप, कारवाहीकाे माग

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव