जनकपुरधाम, कातिक २८ गते । धनुषामा प्रहरीले एक वडाध्यक्षकाे गोलीहानी हत्या गरेको छ । मिथिला बिहारी नगरपालिका–९ का वडाध्यक्ष बिन्देश्वर यादवलाई धनुषा प्रहरीमा कार्यरत उनकै गाउँका शम्भू यादवले गोली हानी हत्या गरेको बुझिएको छ ।
घटना पश्चात धनुषा प्रहरीले आरोपित प्रहरी यादवलाई हिरासतमा लिइ सकिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
शुक्रवार बेलुका ६ बजेतिर गाउँमा आयोजित एक श्राद्धको भोजमा दुई पक्षबीच भएको विवाद मिलाउन खाेजेका वडाध्यक्षको सोही गाउँका प्रहरीमा कार्यरत यादवले गोली हानेको स्थानीयले जनाएको छ । घटनामा अन्य ७ जना घाइते समेत भएकाे छ ।
घाइते समेत रहेका स्थानीय मकेश्ववर यादवले भने अन्दुपट्टी र कटरैत सहित ४ गाउंकाे आयाेजित श्राद्ध भाेजमा धर्मनाथ यादवसंग दुई पक्षबीच भएकाे विवादकाे क्रममा वडाध्यक्षसहित स्थानीयले विवाद मिलाइरहेकाे थियाे । साेही क्रममा प्रहरी यादव लगायत हातहतियार बाेकेर आएका ४/५ जनाकाे समुहमा रहेका व्यक्तिहरूले गरेकाे आक्रमण गरेका थिए ।
साे आक्रमणमा वडाध्यक्ष लगायत ८ जना घाइते भएका थिए । वडाध्यक्षलाई उपचारका लागि प्रादैशिक अस्पतालमा ल्याईरहेकाे क्रममा मृत्यु भएकाे थियाे । अस्पताल पुगेपछि चिकित्सले मृत घाेषणा गरेका थिए । अन्य घाइतेकाे उपचार प्रादेशिक अस्पतालमै भइरहेकाे घाइतेले जनाएकाे छ ।
यता घटनालाई पुष्टि गर्दै धनुषा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक गणेशबहादुर बमले भने घटना भएको हो । सो घटनामा एक जना वडाध्यक्षको मृत्यु भएको र दुई जना घाइते पनि भएको छ । तर घटना बारे पूर्ण विवरण नआएको बताए ।
घाइतेहरूकाे नाम खुलेको छैन । घटना पश्चात सो क्षेत्रको अवस्था तनावग्रस्त बनेको छ । वडाध्यक्ष यादव स्वतन्त्रबाट निर्वाचित भएका थिए ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !