जनकपुरधाम, पुस २९ गते । मधेश प्रदेशको मुख्य न्यायाधिवक्ता पदमा अधिवक्ता डा. सुनील रञ्जन सिंह नियुक्त भएका छन् ।
प्रदेश प्रमुख डा. सुरेन्द्र लाल कर्णले मुख्यमन्त्री कृष्ण प्रसाद यादवको सिफारिसमा नेपालको संविधानको धारा १६० को उपधारा (२) बमोजिम डा. सिंहलाई मुख्य न्यायाधिवक्ता पदमा नियुक्त गरेकाे हाे ।
प्रदेश प्रमुखको कार्यालय, मधेश प्रदेश जनकपुरधामले मङ्गलबार एक प्रेस विज्ञप्ति जारी गर्दै डा. सिंहको नियुक्ति मिति पुस २९ गतेदेखि लागू हुने जानकारी दिएको छ।
सर्लाही जिल्ला, ईश्वरपुर नगरपालिका–१४ निवासी डा. सुनील रञ्जन सिंहलाई मधेश प्रदेशको न्यायिक नेतृत्व सम्हाल्ने जिम्मेवारी प्रदान गरिएको कार्यालयले जनाएको छ।
नवनियुक्त मुख्य न्यायाधिवक्ता डा. सिंहबाट प्रदेशको न्याय प्रणालीलाई सुदृढ बनाउने, न्यायिक सुधारलाई गति दिने तथा निष्पक्ष न्याय सम्पादनमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।
अधिवक्ता पेशामा लामो समयदेखि संलग्न डा. सिंह संघीयता, लोकतन्त्र तथा मधेशका हक–अधिकारको पक्षमा निरन्तर संघर्ष गर्दै आएका व्यक्तिका रूपमा परिचित छन्।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !