जनकपुरधाम, मंसिर ६ गते । जथाभाबी रुपमा एन्टीवायोटिक्स औषधि प्रयोगले बिमारी निको पार्नुको सट्टा शरीरमा दिर्घकालिन गम्भीर असर पुरयाउने भएकाले यसको नियन्त्रण गर्नुपर्नेमा जोड दिएका छन् ।
‘सबै क्षेत्र जुटौ, प्रतिजैविक प्रतिरोध रोकथाम गरौँ’ का मुल नाराका साथ जनस्वास्थ्य प्रयोगशाला मधेश प्रदेशद्वारा विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताहको अवसरमा आयोजित कार्यक्रममा जथाभावी एन्टिबायोटिक्सको जथाभावी प्रयोग कम गर्न औषधि पसले र चिकित्सकहरुलाई समेत गम्भीर हुुनुपर्नेमा कुरामा स्वास्थ्य निर्देशनालय मधेश प्रदेशका निर्देशक डा. राजीव झाले जोड दिए । अहिले सामान्य स्वास्थ्य समस्यामा पनि औषधि पसलहरूमा गएर एन्टीवायोटिक्स औषधि किनेर खाने प्रचलन सर्वसाधारणमा बढ्दै गएको र चिकित्सकहरु पनि बिना कुनै चेकजाँचकै जथाभावी रुपमा एन्टीबायोटिक्स औषधि खान सुझाव दिने गरेकालाई निरुत्साहित गर्नुपर्नेमा उनले जोड दिए ।
कार्यक्रममा जनस्वास्थ्य प्रयोगशालाका प्रमुख डा. श्रवण मिश्रले कुनैपनि बिमारीमा औषधि पसल वा चिकित्सले लेखेको एन्टीबायोटिक औषधि कल्चर जाँच बिना नखान सुझाव दिए । निर्देशक डा. मिश्रले जैविक प्रतिरोधका कारण हरेक वर्ष एक करोड भन्दा बढी मानिसको मृत्यु हुनसक्ने अनुमान गरिएकाले एन्टिबायोटिक औषधीको दुरुपयोगलाई कडाईका साथ रोक्नुपर्ने आवश्यकता रहेको औँल्याए ।
उनले मानिस बिरामीमा मात्र नभई पशुपंक्षीको आहार, स्वास्थ्य संस्था वा प्रयोगशालाबाट निस्केका फोहरजन्य पदार्थबाट समेत एन्टिबायोटिक अर्थात प्रतिजैविक प्रतिरोधको खतरा बढी रहेकाले त्यसको नियन्त्रणका लागि सम्बन्धित निकायले ध्यान पुरयाउनुपर्नेतर्फ सचेत गराए । उनले मानव स्वास्थ्यसँगै मासुजन्य पशुपंक्षीलाई ठुलो पार्ने नाममा पोल्ट्रीहरुलेसमेत एन्टिबायोटिकको प्रयोगले दिर्घकालिन रोगलाई निम्तो दिने भएकाले यसलाई तत्काल निरुत्साहित गर्नुपर्ने आवश्यकता रहेकोमा जोड दिए ।
एन्टीबायोटिक्स पे्रप्सकाई गर्नु अगाडि कल्चर एण्ड सेलसिबिटु अर्थात बैक्टेरियाको कल्चर गर्ने र त्यो बैक्टेरिया हाम्रो प्रयोगशालामा निकालिसकेपछि एन्टीबायोटिक सेन्सिभिटी प्याटआउट भन्ने प्रक्रियाबाट कुनै औषधिले मर्छ वा काम गर्छ त्यस्ता औषधि खान बिरामी पे्रप्सकाई चिकित्सकले गरेमा धेरै हदसम्म नियन्त्रण हुन सक्ने डा. मिश्रले जानकारी दिए ।
यसैगरी स्वास्थ्य निर्देशनालयको संयोजनमा आयोजित एक कार्यक्रममा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत सञ्चालित प्रादेशिक अस्पतालका निर्देशक डा. रामनरेश पण्डितले अहिले संसारमा थोरै जीवन रक्षक एन्टिवायोटिक्स औषधिको उत्पादन भएको र यसको जथाभाबी प्रयोगले यसले काम गर्न छाडेपछि मानव जीवन नै सङ्कटमा पर्ने भएकाले कम प्रयोग गर्नमा जोड दिए । अहिले संसारमा विभिन्न समूहका गरेर ५० देखि १ सय प्रकारको एन्टिवायोटिक्स औषधि उत्पादन भइरहेको छ । अत्यधिक एन्टिवायोटिक्सको सेवनले कतिपय व्यक्तिमा ती औषधिले काम गर्न छाडेपछि मान्छेको मृत्यु हुनुको कुनै विकल्प हुँदैनन् डा. पण्डितले जानकारी दिए ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !