Thursday, September 24, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

मटिहानीकाे बजेट ४७ कराेड बढी


मटिहानीकाे बजेट ४७ कराेड बढी

जनकपुरधाम । महोत्तरीको मटिहानी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ४७ करोड ४५ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन तथा पूर्वाधार विकासलाई केन्द्रमा राख्दै नगरपालिकाले आगामी वर्षका नीति तथा कार्यक्रम अघि सारेको हो।

नगरपालिकाको १७औँ नगरसभाको खुला अधिवेशन मा नगर प्रमुख हरिप्रसाद मण्डल ले नीति तथा कार्यक्रमसहित बजेट प्रस्तुत गरेका हुन्। नगरपालिकाले उपलब्ध स्रोत–साधनलाई उत्पादनमुखी तथा जनजीवनसँग प्रत्यक्ष सरोकार राख्ने क्षेत्रमा केन्द्रित गर्ने रणनीति लिएको जनाएको छ।

प्रस्तुत बजेटअनुसार राजस्व बाँडफाँटबाट १० करोड ५७ लाख रुपैयाँ, संघीय सरकारबाट २८ करोड ८८ लाख रुपैयाँ, प्रदेश सरकारबाट १ करोड ४९ लाख ९५ हजार रुपैयाँ तथा आन्तरिक स्रोतबाट ६ करोड ५६ लाख रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ।

बजेट प्रस्तुत गर्दै नगर प्रमुख मण्डलले कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रलाई नगर विकासको आधारस्तम्भका रूपमा अघि बढाइएको बताए। उनका अनुसार धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक दृष्टिले महत्वपूर्ण मटिहानीको पहिचान जोगाउँदै समग्र नगर विकासलाई तीव्रता दिइनेछ।

कृषि क्षेत्रको आधुनिकीकरणलाई विशेष प्राथमिकता दिँदै नगरपालिकाले व्यावसायिक खेती विस्तार, पशुपालनको प्रवर्द्धन तथा युवालाई कृषि उद्यमतर्फ आकर्षित गर्ने विभिन्न कार्यक्रम सञ्चालन गर्ने भएको छ। साथै स्थानीय स्तरमा रोजगारी सिर्जना गर्न उद्योग तथा वाणिज्य क्षेत्रसँग सम्बन्धित सीपमूलक तालिम र उद्यमशीलता विकास कार्यक्रमसमेत सञ्चालन गरिने जनाइएको छ।

पर्यटन क्षेत्रलाई नगरको आर्थिक समृद्धिसँग जोड्ने लक्ष्यसहित मटिहानी मठलाई विश्व सम्पदा सूचीमा समावेश गराउन पहल गरिने भएको छ। नगरभित्र रहेका ऐतिहासिक पोखरी, जलाशय तथा धार्मिक स्थलहरूको संरक्षण, सौन्दर्यीकरण र प्रवर्द्धनमा विशेष ध्यान दिइने नगरपालिकाले जनाएको छ। साथै मठ, मन्दिर र मस्जिदलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गरी आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने योजना अघि सारिएको छ।

शिक्षा क्षेत्रमा नगरपालिकाले मैथिली भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन लाई विशेष महत्व दिएको छ। सामुदायिक विद्यालयको कक्षा १ देखि ८ सम्म मैथिली विषयलाई एक सय पूर्णाङ्कसहित पाठ्यक्रममा समावेश गर्ने नीति लिइएको छ। त्यस्तै माध्यमिक तहका विद्यालयहरूबीच विज्ञान प्रदर्शनी मेला आयोजना गरी विद्यार्थीमा वैज्ञानिक सोच र सिर्जनशीलता विकास गर्ने लक्ष्य राखिएको छ।

विद्यार्थीहरूको सूचना प्रविधिमा पहुँच बढाउन जोडकोषमार्फत ल्यापटप वितरण गर्ने योजना बजेटमा समेटिएको छ। कक्षा ११ मा अध्ययनरत छात्राहरूलाई निःशुल्क साइकल वितरण गरिनेछ भने दलित, विपन्न, गरिब, अपाङ्गता भएका, असहाय तथा सहिद परिवारका जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने कार्यक्रम पनि सञ्चालन गरिने भएको छ।

स्वास्थ्य क्षेत्रतर्फ गर्भवती महिलाको सुरक्षित मातृत्वलाई प्राथमिकतामा राख्दै बर्थिङ सेन्टरबाट रेफर गरिएका महिलालाई जनकपुरसम्म निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइने व्यवस्था गरिएको छ। साथै गर्भवती महिलाका लागि निःशुल्क अल्ट्रासाउन्ड सेवा सञ्चालन गरिनेछ। आयुर्वेद तथा परम्परागत चिकित्सा प्रणालीको संरक्षण र विकासका कार्यक्रमसमेत आगामी वर्ष सञ्चालन गरिने नगरपालिकाले जनाएको छ।

कृषि उत्पादन वृद्धि, गुणस्तरीय शिक्षा, सहज स्वास्थ्य सेवा र धार्मिक पर्यटन प्रवर्द्धनलाई एकसाथ जोड्दै मटिहानी नगरपालिकाले आगामी आर्थिक वर्षको बजेटमार्फत समृद्ध र आत्मनिर्भर नगर निर्माणको आधार तयार गर्ने लक्ष्य लिएको छ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

२०८३ असार ४, बिहीबार ००:०५
ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

२०८३ असार ४, बिहीबार ००:०५
जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

२०८३ असार ४, बिहीबार ००:०५
जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

२०८३ असार ४, बिहीबार ००:०५
जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०८३ असार ४, बिहीबार ००:०५
मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

२०८३ असार ४, बिहीबार ००:०५

ताजा खबर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव