जनकपुरधाम, कात्तिक १२ गते । पांच दलीय सत्तारुढ गठबन्धनबाट धनुषा क्षेत्र नम्बर ४ (१) प्रदेश सभा सदस्यका लागि नेपाली कांग्रेसका उम्मेदवार शेषनारायण यादवले घरदैलो कार्यक्रमलाई तिव्रता दिएका छन ।
शनिवार क्षेत्रको कचुरी गाउँमा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन । घरदैलोको क्रममा स्थानीय मतदाताहरुले उनलाई स्वागत गर्दै जितको आग्रिम शुभकामना समेत दिएका छन ।
घरदैलोको क्रममा उम्मेदवार यादवले मतदाताहरुसँग मधेशी जनताको पहिचान र अधिकार स्थापित गराउन लामो समयसम्म कथित मधेशवादी पार्टीमा लागे तर ती पार्टी मधेशको मुद्दा विसाएर गद्दारभएपछि आफू लोकतान्त्रिक पार्टी कांग्रेसमा लागेको बताए ।
उनले भने देशकै जेठो पार्टीको रुपमा रहेको नेपाली कांग्रेस नै लोकतान्त्रिक पार्टी रहेको र यसले मधेश आन्दोलनको मुद्दालाई सम्बोधन तथा विकास गर्न सक्नेछ । त्यसैले देशमा लोकतान्त्रिक सरकार बनाउन पांच दलीय गठबन्धनलाई मत दिएर जिताउन आग्रह समेत गरे ।
यसैबीच कांग्रेसमा पार्टी प्रवेश गर्नेहरुको जनलहर जारी नै छ । शनिवार धनुषा क्षेत्र नं. ४ (१) जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १९ बाट वडाध्यक्षका प्रत्याशी एवं चर्चित नेता समाजसेवी उमेश यादवको नेतृत्व विभिन्न पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन ।
नवप्रवेशीहरुलाई उम्मेदवार यादव सँगै धनुषा ४ प्रतिनिधि सभाका उम्मेदवार एवं पुर्वमन्त्री महेन्द्र यादवले संयुक्त रुपमा फुलमाला र टीका लगाई पार्टी प्रवेश गराएका छन । नवप्रवेशहरुले लोकतान्त्रिक सरकार बनाउन कांग्रेस सहित गठबन्धनका उम्मेदवारहरुलाई जिताउन अहोरात खटने प्रतिबद्धता जनाएका छन ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !