Friday, September 25, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

परिवर्तनकाे पक्षमा धनुषा ३ का मतदाता


परिवर्तनकाे पक्षमा धनुषा ३ का मतदाता

जनकपुरधाम, फागुन १८ गते । धनुषा क्षेत्र नम्बर ३ मा यसपटकको प्रतिनिधिसभा सदस्य निर्वाचन रोचक मोडमा पुगेको छ ।

पुराना दलहरूबीचको प्रतिस्पर्धाभन्दा फरक, परिवर्तनको एजेन्डा अघि सारेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति मतदाताको आकर्षण बढ्दै गएको देखिएको छ। विशेषगरी मध्यम तथा तल्लो वर्गका मतदातामा रास्वपाप्रति सकारात्मक देखिन्छ ।

लामो समयदेखि पुराना दलहरू सत्ता आलोपालो गर्दै आएकले विकासको अपेक्षाअनुसार उपलब्धि नभएको र भ्रष्टाचार मौलाएको भन्ने गुनासो स्थानीयस्तरमा व्यापक छ।

सिटी रिक्सा चालक, दैनिक ज्यालादारी मजदूर, साना तथा मध्यम व्यवसायी, कर्मचारी र दलित समुदायका मतदातामा रास्वपाको चुनाव चिह्न ‘घण्टी’प्रति आकर्षण देखिएको छ। कतिपय मतदाताले उम्मेदवारको व्यक्तिगत छविभन्दा पनि तत्कालिन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह को कार्यशैलीबाट प्रभावित भएर रास्वपालाई समर्थन गर्ने धारणा व्यक्त गरेका छन्।

जनकपुरधाम–४ का मतदाता रामकृपाल मुखियाले विगतका सरकारप्रति असन्तुष्टि व्यक्त गर्दै भने, “वर्षौंसम्म कांग्रेस, एमाले र माओवादीले सरकार चलाए। हामीले तिरेको कर विकासमा खर्च हुनुपर्ने हो, तर भ्रष्टाचारमै सीमित भयो।”

उनले अब इमान्दार र नयाँ नेतृत्वलाई अवसर दिनुपर्ने समय आएको बताए। उनका अनुसार, “नयाँ पुस्तालाई अवसर नदिए परिवर्तन सम्भव हुँदैन।”

धनौजीका रामईश्वर मण्डलले पनि विगतमा पटक–पटक निर्वाचित भएका नेताहरूले क्षेत्रको आधारभूत समस्या समाधान नगरेको आरोप लगाए। “गाउँसम्म पुग्ने बाटोसमेत छैन। वर्षायाममा त जनकपुरधामबाट हाम्रो गाउँ आउने सडक नै अवरुद्ध हुन्छ,” उनले भने।

बेरोजगारी समस्या झन् बढ्दै गएको भन्दै उनले यसपटक पुराना अनुहारभन्दा नयाँ र इमान्दार छविका उम्मेदवार रोज्ने बताए।

त्यस्तै, मुखियापट्टी मुसहरनियाका देवेन्द्र यादवले पनि पुराना दलहरूप्रति निराशा व्यक्त गर्दै रास्वपालाई अवसर दिनुपर्ने धारणा राखे। उनका अनुसार, “हामीले जिताए पनि सरकार उही पुरानै अनुहारले चलाउने हो भने परिवर्तन कसरी हुन्छ ?” उनले मधेशबाटै उठेका नयाँ नेतृत्वलाई समर्थन गर्नुपर्ने बताए।

धनुषा–३ मा रास्वपाका उम्मेदवार मनिष झाले आफू अरू दलजस्तै अवास्तविक आश्वासन बाँड्ने पक्षमा नरहेको दाबी गरेका छन्।

“म मत माग्न सपना बाँड्दिनँ, काम गर्ने प्रतिबद्धता जनाउँछु,” उनले भने। उनी भन्छन, पहिलो प्राथमिकता भ्रष्टाचार अन्त्य र सुशासन स्थापना हुनेछ।

झाले दलित तथा विपन्न वर्गका लागि स्वरोजगार कार्यक्रम ल्याउने, धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षणमा पहल गर्ने योजना रहेका बताउंछन् ।

यसका साथै जानकी मन्दिर लाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउने पहल गर्ने उनको प्रतिबद्धता छ। साथै, क्षेत्रीय खेलकुद प्रवर्द्धनका लागि ‘रामजानकी स्टेडियम’ निर्माण, सडक सञ्जाल विस्तार, गुणस्तरीय शिक्षाका लागि पूर्वाधार विकास तथा अस्पताल स्तरोन्नति र नयाँ स्वास्थ्य संस्था स्थापना गर्ने एजेन्डा उनले अघि सारेका छन् ।

बेरोजगारी न्यूनीकरणका लागि सीपमूलक तालिम र स्थानीय उत्पादनमा आधारित स्वरोजगार कार्यक्रम सञ्चालन गर्ने उनको योजना छ। “युवा विदेश पलायन रोक्न स्थानीयमै अवसर सिर्जना गर्नुपर्छ,” उनले भने ।

निर्वाचनमा नयाँ समीकरण

धनुषा–३ मा यसपटकको प्रतिस्पर्धा परम्परागत दल र नयाँ शक्तिबीचको परीक्षणका रूपमा हेरिएको छ। कांग्रेसभित्रको आन्तरिक विवाद, एमालेतर्फको सामाजिक समीकरण र विगतको विकासप्रति असन्तुष्ट मतदाताको झुकावले चुनावी समीकरण परिवर्तन हुन सक्ने आकलन गरिएको छ।

विश्लेषकहरूका अनुसार, यदि मध्यम तथा तल्लो वर्गका मतदाताको समर्थन मतदानमा परिणत भयो भने रास्वपाले अपेक्षाकृत मत ल्याउन सक्ने सम्भावना छ। यद्यपि, संगठनात्मक संरचना कमजोर हुनु र ग्रामीण तहसम्म संगठन विस्तार नहुनु चुनौतीका रूपमा रहेको छ।

यसपटक धनुषा–३ मा मतदाताले पुराना दललाई निरन्तरता दिने कि परिवर्तनको नारा बोकेको नयाँ शक्तिलाई अवसर दिने भन्ने प्रश्न नै निर्वाचनको मूल केन्द्रबिन्दु बनेको हाे ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

२०८२ फाल्गुन १८, सोमबार २२:३३
ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

२०८२ फाल्गुन १८, सोमबार २२:३३
जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

२०८२ फाल्गुन १८, सोमबार २२:३३
जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

२०८२ फाल्गुन १८, सोमबार २२:३३
जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०८२ फाल्गुन १८, सोमबार २२:३३
मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

२०८२ फाल्गुन १८, सोमबार २२:३३

ताजा खबर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव