Sunday, May 3, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

जचुकालिको मेशिन कवाडमा परिणत, सञ्चालनकाे सम्भावना छैन

पुनः सञ्चालन गर्ने अभिव्यक्ति चुनावी स्टंट बाहेक केही होइन


जचुकालिको मेशिन कवाडमा परिणत, सञ्चालनकाे सम्भावना छैन

जनकपुरधाम, साउन १४ गते । झण्डै एक दशक बन्द रहेको जनकपुर चुरोट कारखाना लिमिटेड (जचुकालि) लाई संघीय सरकारले पुनः संचालन गर्ने तयारी बढाएको छ ।

त्यसका लागि संघीय सरकारका प्रतिनिधि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडू जनकपुरधाम आएर नाटकीय निरिक्षण समेत गरेका छन । उनको यस निरिक्षणलाई चुनावी स्टंटको रुपमा लिइएको छ ।

वर्षौदेखि बन्द भएको कारण खिया लागेर कवाडमा परिणत भइसकेको मेसिनको बलमा संघीय सरकारले चलाउन खोज्ने कार्य चुनावी स्टंट र सस्तो लोकप्रियता बाहेक केही होइन जचुकालिका पुर्व कर्मचारीहरुको भनाई छ ।

गएको बुधबार जनकपुरधाम आएर जचुकालिको निरिक्षण गरेका मन्त्री बडूले सरकारले देशको उत्पादकत्व बढाएर आयात कम गर्ने उद्देश्यले चालु आर्थिक वर्षमा नयाँ उद्योग तथा बन्द उद्योगलाई पुनः संचालनमा ल्याउने लिएको निती अन्तर्गत जचुकालि पुनः संचालनमा ल्याउने प्रतिक्रिया दिएका थिए ।

करीब एक/डेढ घण्टा निरिक्षण पश्चात मन्त्री बडुले अहिले हामी कारखानाको वर्तमान अवस्था हेरेका छौं, पछि प्राविधिक टोलीले निरिक्षण पश्चात तयार पारेको प्रतिवेदनको आधारमा यसलाई प्रदेश सरकारको समन्वयमा सरकारले आफै वा निजी क्षेत्रबाट अथवा निजी तथा सरकारको साझेदारीमा संचालन गर्ने भन्ने निर्णय लिइने प्रतिक्रिया दिएका थिए ।

सरकारले जचुकालिको पुनः सञ्चालनको तयारी गरिरहेको बेला जचुकालिमा कार्यरत अवकाश प्राप्त कर्मचारीहरुले ती पुराना मेशिन तथा उपकरणहरु बन्द भएको धेरै दिन भइसकेको कारण कामै नलाग्ने खालका कवाडमा परिणत भइसकेको कारण पुनः संचालनमा ल्याउन सक्ने सम्भावना नरहेको प्रतिक्रिया दिएका छन ।

जचुकालिको क्वालिटी इन्सपेक्टरको रुपमा काम गरेका तथा प्राविधिक समबन्धी जानकार समेत रहेका सतेन्द्र सिंहले जचुकालिका अधिकांश मेशिन तथा उपकरणहरु लामो समयदेखि थन्केकोक कारण खिया लागेर कवाडमा परिणत भइसकेको बताएका छन ।

उनले पनि कम्पनी संचालनकै बेलामा प्रोडक्सन र प्याकेजिंग सेक्टरका अधिकांश मेसिन बिग्रेको कारण मरम्मत सम्भार गरी काम चलाउने गरिन्थ्यो । फलामे मेसिनहरुलाई समय समयमा ओभरवाइलिंग र ग्रिसिङ्ग गरी बचाउन केही हदसम्म सकिन्थ्यो तर एक दशकदेखि थन्किएको कारण खिया लागेर कवाडको अवस्थामा पुगिसकेको होला भने ।

सिंहले प्रष्टयाउंदै भने ल्याबतर्फ केही मेशिन काम लाग्न सक्छ, तर प्रोडक्सन र प्याकेजिंग तर्फ मौलिक भएका एक÷एक मेसिन र प्रिन्टिंगलाई मरम्मत सम्भार गरी काम लाग्न सक्छ । तर पुरानो प्रविधि भएको कारण त्यसको पार्टस नभेटन पनि सक्छ, भेटेपनि महंगो पर्न जान सक्ने भएकाले त्यस मेसिनबाट पुनः सञ्चालनको सम्भावना छैन ।

उनले भने समग्रमा हेर्ने हो मैजूदा अवस्थामा मेशिन तथा उपकरणबाट संचालन गर्न खोज्यो भने अधिकांश नयाँ नै थप्नुपर्ने र पुराना मेशिनहरुमा कामदार पनि आवश्यकता भन्दा बढी राख्नु पर्ने खर्च बढी पर्ने भएकाले प्रोडक्शन महंगो भएपछि बजारमा प्रतिष्पर्धा गर्न सक्दैन ।

जचुकालिमा प्राविधिक अधिकृतको रुपमा काम गरेका जगदीश लालले वर्तमान अवस्थामा जचुकालिको पुराना मेशिन तथा उपकरण पुनः सञ्चालन गर्न सकिने अवस्था नरहेको बताएका छन ।

उनले भने जचुकालिको मेशिनहरु त्यो समयमा पनि बिग्रेको अवस्थामा थिए, मेन्टेनेन्स गरेर काम चलाउने गथ्र्यो, अहिले त बन्द भएको धेरै दिन भइसकेको कारण अधिकांश मेशिन तथा उपकरणमा खिया पनि लागिसकेको कारण काम नलाग्ने कवाड अवस्थामा पुगिसकेको छ । खिया लागेका मेसिनबाट कारखाना संचालन गर्नु असम्भव कुरा भन्नु यो चुनावी स्टंट बाहेक केही होइन ।

त्यसैगरी जचुकालिको उप–प्रबन्धक पदबाट अवकाश प्राप्त गरेका सुनिल मिश्रले संघीय सरकारबाट जचुकालिको पुराना मेशिनलाई प्रयोग गरेर संचालन गर्नु भनेको प्रतिक्रियालाई चुनावी स्टंटको संज्ञा दिएका छन ।

उनले भने हाल मैजूद मेशिन तथा उपरकणले जचुकालि पुनः सञ्चालनमा एक प्रतिशत पनि सम्भावना छैन, सरकारका प्रतिनिधि मन्त्री बडुले दिएको प्रतिक्रिया भनेको सस्तो लोकप्रियता र नजिकदै गएको चुनावका लागि स्टंट बाहेक केही होइन ।

मिश्रले भने ‘म भन्छु अहिले जुन मेशिन मौजूद छ त्यसबाट ब्रह्मा आएपनि कारखाना संचालनमा आउन सक्दैन ।’ त्यसका मेशिनहरुलाई संग्राहालयमा राखेर केही रकम आर्जन सकिन्छ र त्यसको जग्गा सहितका भवनमा स–साना दर्जनौँ उद्योग संचालनमा ल्याउन सकिने उनले बताए ।

जचुकालिका पूर्व कर्मचारीहरुको तर्कलाई मान्ने हो भने चुरोट कारखाना फेरी संचालनमा ल्याउने १ प्रतिशत सम्भावना पनि छैन । बरु त्यसको जग्गा तथा संरचाना उपयोग गरी नयाँ अरु कुनै उद्योग वा नयाँ मेशिन तथा उपकरणबाट चुरोट कारखाना नै सञ्चालनमा ल्याउन सकिनेछ ।

प्रदेश सरकार पनि कारखाना संचालन पक्षमा छैन
उद्योग मन्त्री दिलेन्दप्रसाद बडूले प्रदेश सरकारको समन्वयमा बैकल्पिक व्यवस्था गरेर भएपनि जचुकालि संचालनमा ल्याउने कुराको ठिक विपरित पक्षमा मधेश प्रदेश सरकार छन ।

मन्त्री बडुकै दल कांग्रेसबाट मधेश प्रदेशका सरकारका भौतिक पूर्वाधार विकास मन्त्री रहेका रामसरोज यादवले कारखानालाई पुनः सञ्चालनमा ल्याउन सक्ने सम्भावना नरहेको बताएका छन ।

उनले भने ‘केही व्यक्तिले आफनो जागिर सुरक्षीत रहोस भन्ने चाहना अनुसार कारखाना चलाउनु पर्छ भन्छन् जुन यथास्थितिमा पुरानो मेशिन तथा उपकरणले सम्भाव छैन । जति खर्चमा पुराना मेशिन तथा उपकरणलाई मरम्मत सम्भार गरी सञ्चालनमा ल्याउन सकिन्छ त्यति खर्चमा त नयाँ उद्योगहरु नै सञ्चालनमा आउन सकिन्छ ।

मन्त्री यादवले चुरोट सेवन स्वास्थ्यको हिसाबले हानिकारक पनि हो, यस्ता उद्योग सरकारले चलाउनु नै हुदैन बरु अहिले प्रदेश सरकारलाई जग्गाहरु हस्तान्तरण गरेर यसमा प्रदेश सरकारको प्रशासनिक भवनका साथै मन्त्रालयहरुको निर्माण गर्न सहयोग गर्दा बेश हुन्छ भने ।

मुख्यमन्त्री लालबाबु राउत सहित मधेश प्रदेशका मन्त्रीहरुले केही दिन अगाडी मात्रै प्रधानमन्त्री शेरबहादुर देउवालालाई भेटेर बन्द रहेको जचुकालिको भवन र जग्गालाई हस्तान्तरण गरेर यसमा प्रदेश सरकारको प्रशासनिक भवनको प्रयोजनकालागि उपलब्ध गराउन आग्रह गरेका थिए ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

हरवा चरवाको नयाँ कार्यविधि तयार पारिने
Blast News

हरवा चरवाको नयाँ कार्यविधि तयार पारिने

२०७९ श्रावण १४, शनिबार ०६:३५
गापा अध्यक्ष नै वडा कार्यालय आगजनी र तोडफोड गरेकाे आराेप
Blast News

गापा अध्यक्ष नै वडा कार्यालय आगजनी र तोडफोड गरेकाे आराेप

२०७९ श्रावण १४, शनिबार ०६:३५
जानकी फन पार्कमा खुल्यो बगैँचा रेष्टुरेन्ट
Blast News

जानकी फन पार्कमा खुल्यो बगैँचा रेष्टुरेन्ट

२०७९ श्रावण १४, शनिबार ०६:३५
मटिहानीलाई उत्कृष्ट नगरपालिकाको अवार्ड
Blast News

मटिहानीलाई उत्कृष्ट नगरपालिकाको अवार्ड

२०७९ श्रावण १४, शनिबार ०६:३५
मधेशकाे सुरक्षा व्यवस्थामा उच्च सतर्कता
Blast News

बिचाैलियाकाे नाममा लेखापढी व्यवसायीलाई धरपकड, ४२ जना पक्राउ

२०७९ श्रावण १४, शनिबार ०६:३५
मेयर मण्डलले कर्मचारी कुटेकाे आराेप, कारवाहीकाे माग
Blast News

मेयर मण्डलले कर्मचारी कुटेकाे आराेप, कारवाहीकाे माग

२०७९ श्रावण १४, शनिबार ०६:३५

ताजा खबर

हरवा चरवाको नयाँ कार्यविधि तयार पारिने

हरवा चरवाको नयाँ कार्यविधि तयार पारिने

गापा अध्यक्ष नै वडा कार्यालय आगजनी र तोडफोड गरेकाे आराेप

गापा अध्यक्ष नै वडा कार्यालय आगजनी र तोडफोड गरेकाे आराेप

जानकी फन पार्कमा खुल्यो बगैँचा रेष्टुरेन्ट

जानकी फन पार्कमा खुल्यो बगैँचा रेष्टुरेन्ट

मटिहानीलाई उत्कृष्ट नगरपालिकाको अवार्ड

मटिहानीलाई उत्कृष्ट नगरपालिकाको अवार्ड

मधेशकाे सुरक्षा व्यवस्थामा उच्च सतर्कता

बिचाैलियाकाे नाममा लेखापढी व्यवसायीलाई धरपकड, ४२ जना पक्राउ

मेयर मण्डलले कर्मचारी कुटेकाे आराेप, कारवाहीकाे माग

मेयर मण्डलले कर्मचारी कुटेकाे आराेप, कारवाहीकाे माग

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव