काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विवाह दर्ता बनाउने नाममा घुस लिएका वडा सचिव विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका– ४ मा कार्यरत वडा सचिव (नायब सुब्बा) मोहम्मद सिद्दिकविरुद्ध विवाह दर्तामा सहजीकरण गरिदिने सेवाग्राहीसँग ३ हजार रुपैया लिएको आरोपमा आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
आयोगले वडासचिव सिद्दिकलाई गत पुस २ मा घूस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो । राष्ट्रसेवक कर्मचारी सिद्दिकले सेवाग्राहीको विवाह दर्ता गर्ने कार्यमा आनाकानी एवं मोलाहिजा गरी घूस लिएको अभियोगमा मुद्दा चलाएको हो । आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार, बिगो ३ हजार रुपैयाँ, जरिवाना, सजायको माग दावीसहित विशेष अदालतमा मुद्दा चलाएको हो ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !