Saturday, August 22, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

मलरको भाग्य : जिउंदो छदाँसम्म खान पाएन, मर्दा राहतबाट पनि वंचित


जनकपुरधाम, असार ५ गते । प्रदेश २ सरकारले पीडित परिवारसँग राहतमा विभेद गरेको आरोप लगाएका छन ।

एउटै प्रकृतिबाट मृत्यु भएका व्यक्ति मध्ये प्रदेश सरकारले ५ लाख रुपैया राहत दिने तर अर्कोलाई हेला गर्ने भन्ने आरोप दलित समाजिक अगूवाहरुले लगाएका छन ।

गत जेष्ठ १६ गते धनुषाको जटही नाकामा भारतबाट फर्किरहेको क्रममा भोकले मृत्यु भएका धनुषाकै शहीदनगर नगरपालिका निवासी विरेन्द्र यादव र सबैला हिरासतमा मृत्यु भएका शम्भु सदालाई प्रदेश सरकारले ५ लाख रुपैया राहत दिने निर्णय गरेको छ ।

तर सोही प्रकृतिले भोकले मृत्यु भएको सप्तरीको कंचनरुप नगरपालिका ५ पथरी रामपुर मुसहरी वस्तीका मलर सदालाई राहत नदिनु भनेको विभेद गरिएको उनीहरुको ठहर छ । विरेन्द्रको राजनीतिक पहुँच र शम्भुको लागि भएको आन्दोलनबाट प्रेरित भई प्रदेश सरकारले बुधवार दुवैलाई ५/५ लाख रुपैया राहत दिने निर्णय गरेको दलित अगूवाहरुको ठम्याई छ ।

दलित अगूवा नेता भोला पासवानले भारतको गुजरात राज्यको सुरतबाट फर्किने क्रममा धनुषाको जटही नाकामा मृत्यु भएका गोठकोयलपुरका वीरेन्द्र यादवको परिवार र प्रहरी हिरासतमा मृत्यु भएका धनुषा सबैलाका शम्भु सदाको परिवारलाई पनि ५ लाख रुपैयाँ दिने प्रदेश सरकारले गरेको छ ।

तर विरेन्द्र यादव झै भोकले मृत्यु भएका मलर सदा परिवारले नपाउने ? राहतका लागि पनि लकडाउनमा आन्दोलन नै गर्नुपर्ने ? प्रदेश सरकारका व्यक्तिहरुले दलित समस्या र त्यसका लागि गरेको कामबारे बखान गर्दा सुनु सुनु लाग्ने तर दलित समुदायले जति सचेत गराएपनि व्यवहार परिर्वत नगर्ने ? राहत जस्तो समान्य कुराका लागि पनि आन्दोलन नै गर्नु पर्ने ? भन्ने कुरा समाजिक संजालमा लेखेका छन ।

एक महिनासम्म स्थानीयदेखी राष्ट्रियसम्म सबै पत्रपत्रिका र संचार माध्यममा मलर सदाको गरीबीका कारण भोकले मृत्यु गरिवीको कारण भएको स्थलगत रिर्पोटिङ्ग छापिएको थियो । जनकपुरका अगुवाहरुले लिखित रुपमै मलर सदाबारे प्रदेश सरकारलाई ज्ञापन पत्र मार्फत ध्यानकर्षण गराएको छ । तर प्रदेश सरकारले राहतमा पनि विभेद गरेको छ ।

कञ्चनरुप नगरपालिकामा मलर सदा बाहेक गत आइतबार गंगाराम सदाको समेत भोककै कारण मृत्यु भएको छ । गरिवीको कारण मरेको स्वीकार गर्दा अप्ठेरोमा पर्ने भएकोले घटना दबाउन नगरपालिकाले भोकको कारण होइन बिमारीको कारण मरेको भनी प्रमाणित गर्न सबै शक्ति प्रयोग गर्नमा जुटेका छन ।

यसरी भोकले मरेका थिए : मलर सदा

चार दिनदेखि भोकै रहेका सप्तरी कंचनरुप पथरीका मलर सदा आफू र पारिवारले भोग्दै आएका भोकको पीडा सहन नसकी गत जेठ ५ का दिनप पत्नी जलेश्वरीलाई आज सिध्दा (खाद्यान्न) को व्यवस्था कुनै न कुनै व्यवस्था गरेर नै आउने वाचा गर्दै घरबाट कोदालो लिएर खेततर्फ हिडेंका थिए ।

तर मलरले सिध्दा त व्यवस्था गर्न सकेन बरु भोकले कोदालो चलाउंदा चलाउंदै खेतमा ढलेका थिए । भोक त भोक गरीबीका अचेत भएका मलरले समयमा उपचार पनि पाएन । पैसा भएको भए उनी उपचारले शायद बाच्न सक्थे, तर गरीबीको दैवले उनलाई संगै लिएर श्रीधाम गए ।

हुनत कञ्चनरुप नगरपालिका–५ मा तीन साताअघि १५ किलो चामल र १ सय २० रुपैयाँ मात्रै राहत रकम दिएको थियो । राहतको चामल सकिएको चार दिनसम्म खाद्यान्न नजुटेपछि मलर सिध्द्धाको जोहो गर्न कोदालो लिएर हिँडेका थिए ।

मलरको मृत्युपछि जलेश्वरीसँग सद्गत गर्नसमेत पैसा नभएपछि टोलवासीले चन्दा उठाएर १५ सय रुपैयाँ दिएका थिए । ती पैसाले कात्रोलगायत सद्गतको सामान खरिद गरी अन्तिम संस्कार गरिएको थियो । बिचरा मलरले जिउंदा खान पाएन, मर्दा छोराको हातबाट दागवती पाउन सकेन ।

सबै छोरा घरबाहिर रहेकाले नाति दिनानाथ (जेठा राजेशका कान्छा छोरा) ले दागबत्ती दिएका थिए ।

नगरपालिका प्रमाण मेटाउंदै, प्रदेश भन्छन थाहै छैन

भोकले मृत्यु भएका मलर सदाको प्रमाण मेटाउन नगरपालिका लागि परेका छन । लोकपुकार सँग कुरा गर्दै नगरपालिका प्रमुख बसन्त कुमार मिश्रले भने मलर सदाको भोकले होइन दमरोगको कारण मृत्यु भएको दाबी गर्दै पत्रपत्रिकाले झुठफुसको कुरा छापेर ध्यान विकेन्द्रित गर्न खोजेको आरोप लगाए ।

उनले भने कति पटक भनौ मलरको मृत्यु भोकले होइन दमरोगले भएको हो, मिडिया संकटको घडीमा सहयोग गर्नुको सट्टा झुठफुसको कुरामा लागेका छन । मेयर मिश्रले घटना भएको आफू स्वास्थ्यकर्मी लिएर मृतक मलरको घर पुग्दा उनकै श्रीमतिले ५/७ वर्षदेखि दमको रोगी थियो र रक्सी पनि धेरै खान्थ्यो, औषधि समेत दमरोगको देखाएको भने ।

मेयर मिश्रको कुरालाई काट्दै भन्छिन आफ्नो श्रीमान कुनै दमको रोगी थिएन, ५/७ दिनअघि खोंकी लाग्दा औषधी किनेर ल्याएको थियो । मेयर साहब घर आउंदा त्यो के को औषधि हो भन्दै खोंकीको औषधिलाई दमको औषधि बताउंदै प्रमाण मेटाउन लागेको हो ।

‘खान नपाई मर्ने बेलामा न सन्तानले हेरे, मरेपछि न त सरकारले,’ शोकमा डुबेकी जलेश्वरी भन्छिन ‘छोराहरुले पनि के गर्नु, दुई महिनादेखि लकडाउनमा फंसेर भारतको गुजरातमा बेरोजगार छन् । उनीहरुलाई नै के दोष दिनु, हाम्रो भाग्यमै खाना नपाई मर्नु थियो ।’

तर मरेपछि सरकारले पनि विभेद गरयो ठूला बडा राजनीतिक र शासन शक्तिमा पहुँचवालाले स्थानीय तहबाट मात्रै सरकारबाट समेत लाखौ रुपैया राहत पाएका छन । तर हामी गरीब दलितलाई हेर्ने कोही छैन, नगरपालिका सबूत प्रमाण मेटाउनमा लागेका छ भने प्रदेश सरकार भन्छन थाहै छैन ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह
Blast News

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह
Blast News

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

ताजा खबर

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव