जनकपुरधाम, असार ५ गते । प्रदेश २ सरकारले पीडित परिवारसँग राहतमा विभेद गरेको आरोप लगाएका छन ।
एउटै प्रकृतिबाट मृत्यु भएका व्यक्ति मध्ये प्रदेश सरकारले ५ लाख रुपैया राहत दिने तर अर्कोलाई हेला गर्ने भन्ने आरोप दलित समाजिक अगूवाहरुले लगाएका छन ।

गत जेष्ठ १६ गते धनुषाको जटही नाकामा भारतबाट फर्किरहेको क्रममा भोकले मृत्यु भएका धनुषाकै शहीदनगर नगरपालिका निवासी विरेन्द्र यादव र सबैला हिरासतमा मृत्यु भएका शम्भु सदालाई प्रदेश सरकारले ५ लाख रुपैया राहत दिने निर्णय गरेको छ ।
तर सोही प्रकृतिले भोकले मृत्यु भएको सप्तरीको कंचनरुप नगरपालिका ५ पथरी रामपुर मुसहरी वस्तीका मलर सदालाई राहत नदिनु भनेको विभेद गरिएको उनीहरुको ठहर छ । विरेन्द्रको राजनीतिक पहुँच र शम्भुको लागि भएको आन्दोलनबाट प्रेरित भई प्रदेश सरकारले बुधवार दुवैलाई ५/५ लाख रुपैया राहत दिने निर्णय गरेको दलित अगूवाहरुको ठम्याई छ ।
दलित अगूवा नेता भोला पासवानले भारतको गुजरात राज्यको सुरतबाट फर्किने क्रममा धनुषाको जटही नाकामा मृत्यु भएका गोठकोयलपुरका वीरेन्द्र यादवको परिवार र प्रहरी हिरासतमा मृत्यु भएका धनुषा सबैलाका शम्भु सदाको परिवारलाई पनि ५ लाख रुपैयाँ दिने प्रदेश सरकारले गरेको छ ।
तर विरेन्द्र यादव झै भोकले मृत्यु भएका मलर सदा परिवारले नपाउने ? राहतका लागि पनि लकडाउनमा आन्दोलन नै गर्नुपर्ने ? प्रदेश सरकारका व्यक्तिहरुले दलित समस्या र त्यसका लागि गरेको कामबारे बखान गर्दा सुनु सुनु लाग्ने तर दलित समुदायले जति सचेत गराएपनि व्यवहार परिर्वत नगर्ने ? राहत जस्तो समान्य कुराका लागि पनि आन्दोलन नै गर्नु पर्ने ? भन्ने कुरा समाजिक संजालमा लेखेका छन ।
एक महिनासम्म स्थानीयदेखी राष्ट्रियसम्म सबै पत्रपत्रिका र संचार माध्यममा मलर सदाको गरीबीका कारण भोकले मृत्यु गरिवीको कारण भएको स्थलगत रिर्पोटिङ्ग छापिएको थियो । जनकपुरका अगुवाहरुले लिखित रुपमै मलर सदाबारे प्रदेश सरकारलाई ज्ञापन पत्र मार्फत ध्यानकर्षण गराएको छ । तर प्रदेश सरकारले राहतमा पनि विभेद गरेको छ ।
कञ्चनरुप नगरपालिकामा मलर सदा बाहेक गत आइतबार गंगाराम सदाको समेत भोककै कारण मृत्यु भएको छ । गरिवीको कारण मरेको स्वीकार गर्दा अप्ठेरोमा पर्ने भएकोले घटना दबाउन नगरपालिकाले भोकको कारण होइन बिमारीको कारण मरेको भनी प्रमाणित गर्न सबै शक्ति प्रयोग गर्नमा जुटेका छन ।
यसरी भोकले मरेका थिए : मलर सदा
चार दिनदेखि भोकै रहेका सप्तरी कंचनरुप पथरीका मलर सदा आफू र पारिवारले भोग्दै आएका भोकको पीडा सहन नसकी गत जेठ ५ का दिनप पत्नी जलेश्वरीलाई आज सिध्दा (खाद्यान्न) को व्यवस्था कुनै न कुनै व्यवस्था गरेर नै आउने वाचा गर्दै घरबाट कोदालो लिएर खेततर्फ हिडेंका थिए ।
तर मलरले सिध्दा त व्यवस्था गर्न सकेन बरु भोकले कोदालो चलाउंदा चलाउंदै खेतमा ढलेका थिए । भोक त भोक गरीबीका अचेत भएका मलरले समयमा उपचार पनि पाएन । पैसा भएको भए उनी उपचारले शायद बाच्न सक्थे, तर गरीबीको दैवले उनलाई संगै लिएर श्रीधाम गए ।
हुनत कञ्चनरुप नगरपालिका–५ मा तीन साताअघि १५ किलो चामल र १ सय २० रुपैयाँ मात्रै राहत रकम दिएको थियो । राहतको चामल सकिएको चार दिनसम्म खाद्यान्न नजुटेपछि मलर सिध्द्धाको जोहो गर्न कोदालो लिएर हिँडेका थिए ।
मलरको मृत्युपछि जलेश्वरीसँग सद्गत गर्नसमेत पैसा नभएपछि टोलवासीले चन्दा उठाएर १५ सय रुपैयाँ दिएका थिए । ती पैसाले कात्रोलगायत सद्गतको सामान खरिद गरी अन्तिम संस्कार गरिएको थियो । बिचरा मलरले जिउंदा खान पाएन, मर्दा छोराको हातबाट दागवती पाउन सकेन ।
सबै छोरा घरबाहिर रहेकाले नाति दिनानाथ (जेठा राजेशका कान्छा छोरा) ले दागबत्ती दिएका थिए ।
नगरपालिका प्रमाण मेटाउंदै, प्रदेश भन्छन थाहै छैन
भोकले मृत्यु भएका मलर सदाको प्रमाण मेटाउन नगरपालिका लागि परेका छन । लोकपुकार सँग कुरा गर्दै नगरपालिका प्रमुख बसन्त कुमार मिश्रले भने मलर सदाको भोकले होइन दमरोगको कारण मृत्यु भएको दाबी गर्दै पत्रपत्रिकाले झुठफुसको कुरा छापेर ध्यान विकेन्द्रित गर्न खोजेको आरोप लगाए ।
उनले भने कति पटक भनौ मलरको मृत्यु भोकले होइन दमरोगले भएको हो, मिडिया संकटको घडीमा सहयोग गर्नुको सट्टा झुठफुसको कुरामा लागेका छन । मेयर मिश्रले घटना भएको आफू स्वास्थ्यकर्मी लिएर मृतक मलरको घर पुग्दा उनकै श्रीमतिले ५/७ वर्षदेखि दमको रोगी थियो र रक्सी पनि धेरै खान्थ्यो, औषधि समेत दमरोगको देखाएको भने ।
मेयर मिश्रको कुरालाई काट्दै भन्छिन आफ्नो श्रीमान कुनै दमको रोगी थिएन, ५/७ दिनअघि खोंकी लाग्दा औषधी किनेर ल्याएको थियो । मेयर साहब घर आउंदा त्यो के को औषधि हो भन्दै खोंकीको औषधिलाई दमको औषधि बताउंदै प्रमाण मेटाउन लागेको हो ।
‘खान नपाई मर्ने बेलामा न सन्तानले हेरे, मरेपछि न त सरकारले,’ शोकमा डुबेकी जलेश्वरी भन्छिन ‘छोराहरुले पनि के गर्नु, दुई महिनादेखि लकडाउनमा फंसेर भारतको गुजरातमा बेरोजगार छन् । उनीहरुलाई नै के दोष दिनु, हाम्रो भाग्यमै खाना नपाई मर्नु थियो ।’
तर मरेपछि सरकारले पनि विभेद गरयो ठूला बडा राजनीतिक र शासन शक्तिमा पहुँचवालाले स्थानीय तहबाट मात्रै सरकारबाट समेत लाखौ रुपैया राहत पाएका छन । तर हामी गरीब दलितलाई हेर्ने कोही छैन, नगरपालिका सबूत प्रमाण मेटाउनमा लागेका छ भने प्रदेश सरकार भन्छन थाहै छैन ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !