जनकपुरधाम, विश्वभरि महामारीको रुपमा फैलिएको कोरोना भाइरसको उच्च जोखिममा प्रदेश २ पनि रहेको छ ।
सो जोखिमलाई मध्यनजर गर्दै प्रदेश सरकारले आम नागरिकलाई सुरक्षा र सर्तकता अपनाउंदै सेल्फ क्वारेन्टाईनमा बस्न आग्रह गरेका छ । सरकारले क्वारेन्टाईनको व्यवस्था गर्न नसकेपछि यस्तो आग्रह गरेका हुन । कोरोनाबाट बच्न सेल्फ क्वारेन्टाईन कार्यान्वनमा निकै चुनौती देखिएको छ ।
किनकी आम जनताले आफ्नो घरमा बस्न लकडाउन निर्देशन पालना गर्न आनाकानी गर्दै आएका छन भने सेल्फ क्वारेन्टाईन कार्यान्वयन कतिको हुन्छ त्यो मंगलवार दिनभरिको गतिविधिले प्रष्ट हुन्छ । हुनत हालसम्म देशहरुले प्रयोग गरेको सेल्फ क्वारेन्टाईन प्रभावकारी देखिएको छैन ।
यसअघि नेपाल सरकारले चैत १ चैतबाट नेपाली नागरिकलाई ‘ होम क्वारेन्टाइन’ र विदेशबाट आएकाहरुलाई सेल्फ क्वारेन्टाईनमा बस्न आग्रह गरेका थिए । तर सो कार्यान्वयन हुन सकेको छैन । सरकारले सेल्फ क्वारेन्टाइन भन्दा पनि सुरक्षित क्वारेन्टाईनको व्यवस्था गर्नुपर्दछ ।
के हो “सेल्फ वा होम क्वारेन्टाईन” ?
समान्यतया अर्थमा क्वारेन्टाईन भनेको भाइरस (जीवाणु) संक्रमण लागेको÷नलागेको शंकास्पदलाई चेकजाँचका लागि पुष्टि भए÷नभएसम्मका लागि निगरानीमा राख्न मानव वस्तीबाट अलग ठाउँमा विशेष प्रकारको बनाइएको बस्ने ठाउँ हो ।
चिकित्सकहरुका अनसार सुरक्षित÷व्यवस्थित, सेल्फ र होम गरी मुख्यतः तीन प्रकारको क्वारेन्टाईन अहिलेसम्म प्रयोगमा ल्याइएको छ । सुरक्षित/व्यवस्थित क्वारेन्टाईन सरकार वा सम्बन्धित निकायद्वारा सुविधायुक्त व्यस्थित र सुरक्षित तवरले बनाइएको हुन्छ । यस्ता क्वारेन्टाईनमा निगरानीका लागि कडा सुरक्षा राखिएको हुन्छ । यसमा खाने बस्ने र दैनिक आहार व्यवहारका लागि पुर्ण व्यवस्था हुन्छ ।
चिकित्सकहरुका अनुसार संक्रमणको सम्भावित व्यक्तिहरु घरमा वा निश्चित स्थानमा छुट्टै बस्ने प्रक्रिया होम वा सेल्फ क्वारेन्टाईन । उच्च जोखिम रहेको अवस्थामा नेपाली वा गैर नेपालीले संक्रमण आंशका भएको अवस्थामा आफैले व्यवस्थापन गरेको सुरक्षित ठाउँमा बस्नु भनेको सेल्फ क्वारेन्टाईन हो ।
तर होम क्वारेन्टाईन खासगरी स्थानीय व्यक्तिका लागि प्रयोगमा ल्याइन्छ । यी क्वारेन्टाईनमा पनि सबै व्यवस्थापन व्यक्तिले स्वयं गर्नुपर्दछ ।
के के गर्नुपर्छ सेल्फ वा होम क्वारेन्टाईन ?

सरकारले सेल्फ वा होम क्वारेन्टाइनमा बस्ने के गर्ने, के नगर्ने भनेको छैन । तर, विश्वभर यसको मापदण्ड एउटै हुन्छ । जनस्वास्थ्य विज्ञ समीरमणि दीक्षितका अनुसार होम क्वारेन्टाइनमा बस्नेहरुले अनिवार्यरुपमा सर्जिकल मास्क लगाउनुपर्छ । किनकी हाँच्छ्यू गर्दा जीवाणुहरु अन्य व्यक्तिसम्म पुग्न पाउँदैन ।
दीक्षितका अनुसार होम क्वारेन्टाइन बस्नेहरु छुट्टै कोठामा बस्नुपर्छ । शौचालय सकेसम्म छुट्टै प्रयोग गर्दा राम्रो हुन्छ । यो सम्भव नभए शौचालय गरेपछि ‘डिस–इन्फेक्सन स्प्रे’ छर्किनुपर्छ । हात धुने साबुन र स्यानिटाइजर पटक–पटक प्रयोग गरिरहनुपर्छ ।
परिवारका अन्य सदस्यहरु क्वारेन्टाइनमा बसेको मानिस भन्दा ६ फिट टाढा बस्नुपर्छ । कोठामा खाना लगिदिने मानिसले मास्क लगाएर जानुपर्छ भने क्वारेन्टाइनमा बस्नेहरुले छुट्टै भाडा प्रयोग गर्नुपर्छ ।
चिकित्सकहरुका अनुसार कोरोना संक्रमण भयो भने सास फेर्न गाह्रो हुने तथा ज्वरो आउने हुन्छ । निरन्तर खोकी लाग्ने तथा खकार आउने हुन सक्छ । क्वारेन्टाइनमा बस्दा निस्केको खकारलाई छुट्टै नष्ट गर्नुपर्छ । साथै कोरोनाको संक्रमण भएको शंका लागेमा चिकित्सकलाई खबर गरेर अस्पताल जानुपर्छ ।‘क्वारेन्टाइनमा बस्नेले विशेष किसिमको लुगा लगाउनुपर्छ,’ दीक्षित भन्छन, ‘घर परिवारका अन्य सदस्यहरु पनि सचेत हुनैपर्छ ।’
क्वारेन्टाईनको आवश्यकता किन ?
क्वारेन्टाईनमा राखिनु मूल तात्पर्य हुन्छ, एकबाट अर्कोमा संक्रमण सार्नबाट बचाउनु हो ।
कोरोना भाइरसको संक्रमण आशंका देखिएका व्यक्तिलाई दुई हप्ता अर्थात १४ दिनसम्म सुरक्षित ठाउँमा लक्षण अनुसार परिक्षणका लागि क्वारेन्टाईनमा राखिन्छ । संक्रमणको पुष्टि भइसकेपछि उपचारका लागि आइसोलेशनमा पठाउने गरिन्छ ।
अहिलेको जोखिम अवस्थामा संक्रमित पुष्टि भएको भन्दा शंकास्पद व्यक्ति बढी हुन सक्नेछ । वर्तमान अवस्थामा आइसोलेशन भन्दा पनि बढी क्वारेन्टाईनको प्रमुख आवश्यकता छ । तर प्रदेश सरकारले क्वारेन्टाईनको व्यवस्था नगरी आइसोलेशनकै व्यवस्थापनमा जुटेका छन ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !