एस कर्ण । जनकपुरधाम, संसार भरि नै आम जनताको शिक्षादेखि स्वास्थ्य सम्पूर्ण जिम्मेवारी सरकारको रहेको छ । हाम्रो देश नेपालमा पनि त्यही व्यवस्था छ ।
हाम्रो देश त अन्य देशको तुलनामा संघीय, प्रदेश र स्थानीय गरी ती तह सरकारको संवैधानिक व्यवस्थाले बढी व्यस्था हुनुपर्नेमा पैसा कमाउन सरकार ज्यानमारा नै साबित हुंदै गएको छ ।
स्वास्थ्यमा प्रतिकूल असर सहित मृत्युसम्मको अवस्थामा पुरयाउने मदिराबाट पैसा कमाउन नेपाल सरकारले उत्पादन तथा विक्री वितरण गराउंदै आएका छन । एक तथ्यांक अनुसार सरकारले औषतन प्रतिवर्ष २५ अर्ब रुपैयाभन्दा बढी मदिराजन्य पदार्थबाट कर असुल्दै आएका छन ।
अखाद्य मिश्रित अवैध घरेलु मदिराले मान्छेलाई तत्काल मृत्यु र ब्राण्डेडबाट मन्द विषको रुपमा बिरामी पार्ने भएको हुनाले पनि सरकारले त्यसलाई रोक्नुपर्नेको सट्टा त्यसलाई प्रोत्साहन गर्न डिस्ट्रलरीको रुपमा दर्जनौ उत्पादन कम्पनी संचालन गराउंदै आएका छन ।
अल्कोहल, स्प्रिट, युरिया मल, सख्खर, फोहोर प्लास्टिक, चप्पल, मोजा र कुहाएको अन्नले विषाक्त मदिरा उत्पादन गरिन्छ । यो बाहेक अवैध घरेलु मदिरा उत्पादकले अल्कोहलको मात्रा कम र कुहिएको अन्न, युरिया, प्लास्टिकजन्य पदार्थ लगायतका बढी प्रयोग गर्ने गर्छन ।
धनुषामा हालै मदिरा सेवनले २० जना भन्दा बढीको मृत्यु भएको छ । धनुषामा प्रत्येक वर्ष औषतन एक दर्जनभन्दा बढीको प्रत्यक्ष रुपमा मदिरा सेवनले मृत्यु हुने गरेको प्रादेशिक अस्पतालको तथ्यांक छ । तर यसलाई रोक्न न त संघ, प्रदेश वा स्थानीय सरकारले कुनै ठोस कदम चालेको छ । घटना भएपछि मात्रै प्रहरीले अवैध मदिरा भट्टी नष्ट पार्ने कार्य शुरु गर्छन पछि त्यो अभियान बन्द हुन्छ ।
सरकारले प्रत्यक्ष रुपमा कर लिएर ज्यानमारा मदिरा उत्पादन गराउंदै आएका छन भने प्रहरी प्रशासनले मोटो रकम घुस लिई अवैध रुपमा घरेलु मदिरा भट्टी संचालन गराउंदै आएका छन ।
धनुषामा मात्रै पाँच वटा डिस्ट्रिलरी दर्ता भएर सञ्चालनमा छन । दुई सयको हाराहारीमा अवैध घरेलु मदिराको कारखानाको संचालनमा छ ।
अन्तःशुल्क ऐन २०५५ मा विना इजाजत मदिरा उत्पादन तथा बिक्री गर्ने व्यक्तिको बिगो जफत गरी सोबमोजिम जरिबाना वा एक वर्षसम्म कैद वा दुवै सजाय हुने प्रावधान छ । तर ब्राण्डेड मदिराबाट मृत्यु हुने वा अन्य शारिरीक क्षति भएमा त्यसलाई कारवाही गर्ने कुनै व्यवस्था कानूनमा गरिएको छैन ।
तथ्यांक भन्छ : मदिरा ज्यानमारा

गत ७ भदौ २०७५ मा बेलायतको ल्यानसेट जर्नलमा प्रकाशित ‘मदिरा सेवन र १९५ देशमा यसको असर’ विषयक अध्ययनले मदिरा पूर्ण रूपमा घातक रहेको निष्कर्ष निकालेको छ । अध्ययनले मदिरा सेवनका कारण रोग निम्तिने, अशक्तता र मृत्युको सम्भावना र कलह बढाउने देखाएको छ ।
अमेरिकाको ‘इन्ष्टिच्यूट फर हेल्थ मेट्रिक्स एण्ड इभालुएसन (आईएचएमई)’ ले गरेको उक्त अध्ययनमा मदिरा सेवनका कारण नसर्ने रोगको जोखिम बढ्ने, शारीरिक अशक्तताको समस्या निम्तिने र ज्यानै जाने खतरा रहेको उल्लेख छ ।
सन् १९९० देखि २०१६ सम्मको तथ्यांक विश्लेषण गरिएको अध्ययनमा नेपालमा महिलाको तुलनामा पुरुषले बढी मात्रामा मदिरा सेवन गर्ने गरेको देखाएको छ । नेपालमा २१ प्रतिशत पुरुष र १.५ प्रतिशत महिलाले मदिरा सेवन गर्ने गरेको अध्ययनमा उल्लेख छ ।
अध्ययनले नेपालमा औसतन मदिराका कारण वार्षिक ३ हजार ९ सय ७२ जनाको मृत्यु भएको उल्लेख गरेको छ । नेपालको यो संख्या सन् १९९० मा ८३५ मात्र थियो । यसको संख्या प्रतिवर्ष बढदै गएको छ । सन् १९९० देखि २०१६ सम्मको तथ्यांकलाई आधार मान्दा मदिरा सेवनका कारण मृत्यु हुनेको संख्या २६ वर्षको अन्तरमा ३ सय ७६ प्रतिशतले बढेको छ ।
नेपालमा सोही वर्ष लिभर सिरोसिस र कलेजोको दीर्घ रोगका कारण १ हजार ३ सय ६६ जनाको मृत्यु भएको अध्ययनले देखाएको छ । मदिरा सेवनका कारण रोग लागेर अशक्त हुनेहरूको संख्या नेपालमा सन् २०१६ मा १ लाख ८४ हजार ९६८ रहेको अध्ययनले देखाएको छ । कलेजो सम्बन्धी यस्ता स्वास्थ्य समस्या निम्तिनुमा मदिरा सेवन नै प्रमुख कारण भएको प्रतिवेदनको दाबी छ ।
नेपालको तथ्यांक
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सन् २०१३ को तथ्यांक अनुसार १५ वर्षमाथिको कुल जनसंख्याको करीब आधाले मदिरा सेवन गर्ने गरेको देखाएको थियो । १५ वर्षभन्दा माथिको कुल जनसंख्यामध्ये दैनिक नछुटाई मदिरा पिउने पुरुषको संख्या २८ प्रतिशत र महिलाको संख्या ७ प्रतिशत छ ।
मदिराले स्वास्थ्यमा पार्ने असर

मदिरा सेवनले शरीरको कलेजोमा बढी असर सहित क्यान्सर, लिभर खराब, लगायतका रोग हुने गर्छ । एक पटकमा असर नपारे पनि मन्द विषले विस्तारै विस्तारै बिरामी पार्दै जान्छ ।
यदि दिनहुँ एक लार्ज पेग मदिरा पिउनुहुन्छ भने त्यसले तपाईंको कलेजो मात्र खराब गर्दैन ।
अन्य अंगमा पनि समस्या निम्त्याउँछ । त्यसमा प्याक्रियाटाइटिस, डिप्रेसन, प्रजनन क्षमतामा कमी, उच्च रक्तचाप, मुख र कलेजोको क्यान्स, मोटोपन, स्नायु प्रणालीमा असर, स्ट्रोक आदि हुनसक्छ ।
मदिरा सेवनले शारिरीक क्षतिका संगै पारिवारिक कलह, झै झगडा, मानसिक सन्तुलन विक्षिप्त, सद्भाव बिगार्ने लगायतका समाजिक असर गर्छन । अधिकांश परिवारमा मदिराले गर्दा नै कलह हुने गरेको मानवअधिकारवादी संघ संस्थाहरुको भनाई छ ।
शरीरमा कसरी असर गर्छ मदिरा

हामीले कुनैपनि तरल पदार्थ खाँदा त्यसको प्रोसेसिङ कलेजोले गर्छ । तर, मात्रा भन्दा बढी मदिरालाई कलेजोले एकै पटकमा धेरै मदिरा प्रोसेसिङ गर्न सक्दैन । मात्राभन्दा बढी मदिरा शरीरमा पुगेपछि कलेजोमा प्रोसेसिंग हुंदै उक्त मदिरा पेट र सानो आन्द्रा हुँदै रगतमा घुलनसिल हुन पुग्छ र शरीरको सबै अंग पुग्छन ।
रगतमा घुलिएको यो रगत एक विशेष किसिमको इन्जाइम बन्न लाग्छ, जसलाई एसिडएल्डिहाइड भनिन्छ । यो इन्जाइमले तपाईंको कलेजोलाई नराम्ररी क्षति पु¥याउँछ । लामो समयसम्म धेरै मात्रामा मदिरा पिउने व्यक्तिको कलेजो विस्तारै विस्तारै खराब हुन थाल्छ । कलेजोले ६० देखि ७० प्रतिशतसम्म काम गर्न बन्द गरेपछि कुनैपनि गम्भीर रोग लाग्न सक्नेछ ।
हुनत मदिरा सेवन घातक हुन, तर नियन्त्रित मात्रामा सेवन गर्दा तत्काल असर गर्दैन मात्राभन्दा भन्दा बढी सेवन गरेमा मृत्यु निश्चित छ । अन्तराष्ट्रिय मापदण्ड अनुसार सप्ताहको ४ दिनमा बढीमा ६० एमएल मदिरा खानुपर्छ यदि त्यो भन्दा बढी मात्रा भए घातक हुन्छ । तर दिनहुँ त्यही मात्रामा मदिरा सेवन गरेमा अल्पकालमै मृत्यु हुने निश्चित ।
यस्तो छ मदिराको बजार
नेपालमा मदिराको तीन खाले बजार छ । आयातीत, स्वदेशी बियर र रक्सी । नेपालमा यसको ६० अर्बभन्दा बढीको कारोबार हुन्छ । उद्योगहरू उत्पादनबाहेक घर—घरमा भट्टी राखेर बनाइने रक्सीको उत्पादन र उपभोगको बजारलाई हेर्दा यसको कारोबार १ खर्बभन्दा बढीको छ । सरकारले अन्तःशुल्कतर्फको मदिराबाट मात्र २५ अर्बभन्दा बढी राजस्व उठाउँछ ।
नेपालमा रक्सीजन्य पदार्थ १८ अर्ब ३० करोड ८४ लाखको आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ । वैदेशिक रोजगारबाट फर्किएका नेपालीले साथमा ल्याएको एक लिटर मदिराजन्य पदार्थको समेत गणना गर्ने हो भने चामल र रक्सीको आयात बराबरी हुन आउँछ । धनुषामा मात्रै मदिराको वार्षिक कारोबार ५० करोड रुपैयाँभन्दा माथिको हुने गरेको राजस्व विभागको अनुमान छ ।
छिमेकी राष्ट्र भारतको बिहार राज्यमा मदिरा प्रतिबन्धित भएपछि सीमावर्ती क्षेत्रमा व्यापक रुपमा मदिराको व्यवसाय बढेको छ । ब्राण्डेड भन्दा अवैध घरेलु मदिराको व्यवसायले फर्को मारेको छ ।
मदिरा मुक्त देश घोषणा गर्न जरुरी

नेपाल सरकारले सर्ने र नसर्ने रोगमुक्त गर्न दिर्घकालिन जीवनका लागि मान्छे जन्मदेखि मृत्यु अघिसम्म विभिन्न प्रकार खोप, औषधि र कार्यक्रम संचालन गर्दै आएको छ । तर करको माध्यमबाट पैसा कमाउन ज्यानमारा मदिरालाई रोक्न कुनै अभियान अघि बढाएको छैन ।
मदिराले मान्छेमा प्रत्यक्ष असर पार्ने भएको हुनाले छिमेकी राष्ट्र भारतको बिहार राज्यलाई मदिरा निषेधित राज्य घोषणा गरेर प्रतिबन्ध लगाइयो । तर नेपालमा संघ, प्रदेश वा स्थानीय कुनैपनि सरकारले मदिरा मुक्त गर्न पहल चालेको छैन ।
प्रदेश र स्थानीयले संघीय सरकारले इजाजत दिएर नै मदिरा कम्पनी संचालन गराउंदै आएकोमा मदिरा मुक्त घोषणा गर्न आफूहरुको अधिकारभन्दा बाहिरको क्षेत्र रहेको भन्दै पन्छिदै आएका छन । (श्रोत : विभिन्न संचार माध्यम)
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !