जनकपुरधाम, जेठ ७ गते ।
जनकपुर बौद्धिक समाजले प्रदेश २ का राजधानी जनकपुरधामको वृहत्तर विकासका लागि ७६ सुत्रिय सुझाव पत्र प्रदेश प्रमुख, मुख्यमन्त्री सहित सम्बन्धित मन्त्रालय र निति आयोगका उपाध्यक्षलाई बुझाएको छ ।
बौद्धिक समाजका अध्यक्ष राजेश्वर नेपालको अगुवाईमा समाजका पदाधिकारी र नागरिक समाजका अगुवाहरुको संयुक्त टोलीले जनकपुरधामको वृहत्तर विकासका लागि प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थ, मुख्यमन्त्री लालबाबु राउत, भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल, उद्योग, पर्यटन, वन तथा वातारण मन्त्री रामनरेश राय र निति आयोगको उपाध्यक्ष हरिवंश झालाई सो सुझावपत्र बुझाइएको छ ।
सो सुझाव पत्रमा यस क्षेत्रभित्र रहेका मठ मन्दिर, पोखरी तलाउको संरक्षण तथा सम्वद्र्धन, राम मन्दिर र जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउनुपर्ने, धार्मिक पोखरीहरुको वरिपरि वृक्षारोपण गरी पार्क निर्माण, जानकी नवमी र विवाह पञ्चमी महोत्सवमा संघीय सरकारबाट पनि विदाको घोषणाका लागि पहल, धार्मिक तथा आध्यात्मिक विकास गरी जनकपुरधामलाई धार्मिक पर्यटन केन्द्रको रुपमा विकास गर्नुपर्ने,मठ मन्दिरहरुको जग्गामा निर्मित घर टहरा हटाएर अध्यात्मिक किर्तन भजनको व्यवस्था गर्नुपर्ने लगायतका सुझाव दिइएको छ ।
सुझावहरु विस्तारमा यसप्रकार रहेको छ ः
क) धार्मिक विकास
१. हाम्रो राष्टिूय विभूति जनक नन्दनी श्री जानकी माताको जयन्तीको दिन वैशाख शुक्ल नवमी तिथि र राम जानकी विवाह पंचमी मार्ग शुक्ल पंचमी तिथिलाई प्रदेश सरकार जस्तै संघीय सरकारले सरकारी अवकास घोषित गरियोस्।
२. राजर्षि जनक, जानकी, याज्ञवल्क्य, गार्गी, मैत्रेयी एवं पं. सतानन्दको पुण्य भूमि तथा प्राचीन मिथिलाको ऐतिहासिक तथा प्रदेशको राजधानी जनकपुरधामलाई विश्व भरिका हिन्दूहरुका लागि आकर्षण केन्द्र बनाउन विभिन्न ठाउंमा तुलसीकृत रामचरित मानसमा गरिएको वर्णन अनुसारका श्लोकहरु अंकित गरी यसको धार्मिक तथा आध्यात्मिक विकास गरी जनकपुरधामलाई धार्मिक पर्यटन केन्द्रको रुपमा विकास गरियोस् ।
३. प्राचीन राम मन्दिर, जानकी मन्दिर, शिवमन्दिर, राम जानकी विवाह मण्डप तथा लक्ष्मण मन्दिरका साथै गंगासागर, धनुष सागर, राम सागर, अंगराज सर, दशरथ सर, कपालमोचनी सर, पुरन्दर सर, तेलदीर्घिका सर, मण्डन सर, चन्द्रकला सर, दीर्घिका सर तथा सौतिनिया इनारलाई एउटा वृहत धार्मिक क्षेत्र (परिसर) घोषित गरी राम मन्दिर को साथै वास्तुकलाको अद्वितीय उदाहरणको रुपमा रहेको १९५२ सालमा भारतको टिकमगढ की महारानी वृष भानु कुअरि द्वारा निर्मित जानकी मन्दिरको संरक्षण र सम्वद्र्धन तथा सुव्यवस्थित गर्नु अत्यावश्यक छ ।
४. ऐतिहासिक राम मन्दिर र जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा अंकित गराई संरक्षण र सम्वद्र्धन गर्नु आवश्यक छ ।
५. यसैगरी प्राचीन जनक मन्दिरको खण्डित मूर्ति हटाएर राजर्षि जनकको आकर्षमूर्ति प्रतिष्ठापित गरी विस्तार र विकास अत्यावश्यक छ ।
६. त्यस्तै धार्मिक दृष्टिले अत्यन्त महत्वपूर्ण पोखरीहरुलाई सर सफाई गरी पयस्वनि सर, अमृत कुण्ड तथा मण्डन सर र तेलदिर्घिका सर जस्तै लोप हुनबाट जोगाई त्यसको जीर्णोद्धार गरी त्यसका भीडको खाली ठाउंमा अशोक, नीम र आम आदिको पेड लगाएर स्वास्थ्यवद्र्धक वातावरण सिर्जन गरी तीर्थ यात्रीहरुका लागि आकर्षक र मनमोहक बनाउनु आवश्यक छ ।
७. धार्मिक क्षेत्रको विकास क्रममा रामानन्द चौकदेखि पश्चिम रामानन्द आश्रम, हनुमत दरवार, रसिक निवास, सीता कुण्ड, झूलन कुञ्ज, सुन्दर सदन, मध्यमा सर, रत्नसागर र सूर्य कुण्ड समेतलाई अर्को धार्मिक क्षेत्रको रुपमा विकसित गरी त्यस क्षेत्रको निजी आवास गृहलाई हटाएर त्यसलाई विलकुलै आध्यात्मिकताको परिचय दिने अनवरत भजन, कीर्तन एवं प्रवचन हुने गरेको बनाउनु आवश्यक छ ।
८. नगरको पश्चिमी भागमा रहेको ज्ञानकूप देखि पश्चिम दूधमती नदीसम्मको भू(भागलाई शान्ति बाटिकाको रुपमा विकसित गरी त्यसमा हिरण, मृग र मयूर आदि स्वच्छन्द विचरण गर्ने राष्टिूय उद्यान (पार्क) बनाइयोस् ।
९. जनकपुरधामको गौरवको रुपमा रहेको ७२ पवित्र पोखरीहरु तथा ज्ञानकूप, विद्याकूप, सदानन्द कूप समेतको ५६ इनारहरुलाई सर सफाई र जीर्णोद्धार गरी पोखरीको भीडमा वृक्षारोपण गरी संरक्षित र सम्वद्र्धित गरी नगरलाई तलाउनै तलाउको नगरको रुपमा विकास गरियोस्।
१०. यस्तै मिथिलाको गौरव दूधमती नदीलाई प्रदुषणमुक्त बनाउनु आवश्यक छ र नगरको नाली दक्षिणी क्षेत्रमा निकाल्नु पर्दछ ।
११. सीता स्वयम्बर स्थल रंगभूमि मैदानलाई सीता स्वयम्बर सित सम्वद्ध दृश्य निर्माण गरी त्यसको ऐतिहासिकताको संरक्षण गरियोस्।
१२. जानकी जीवनसित सम्वद्ध रंगभूमि, तिरहुतिया गाछी एवं रानी पर्ती ऐतिहासिक मैदानहरुलाई रंगभूमि जस्तै दिवाल लगाएर तीनवटै मैदानको चारैतिर (बीचको भूभाग छाडेर) विश्व प्रसिद्ध फूलहरु लगाएर अन्तर्रा्ष्टिूय स्तरको फुलवारी निर्माण गरेर वातावरण संरक्षणको साथै पर्यटकहरुका लागि आकर्षक बनाउनु अत्यावश्यक छ।
१३. धनुषाधामको जङ्गललाई राष्टिूय पार्क (उध्यान) घोषित गरी त्यसमा हिरण आदि राखेर संरक्षित वनको रुपमा विकसित गरियोस ।
१४. जानकी जीको जन्मदेखि विवाहसम्मको ऐतिहासिक घटनामा आधारित चित्रकला जानकी मन्दिरको भितरी भागमा अंकित गर्नुको साथै उक्त घटनामा आधारित ध्वनि एवं प्रकाश कार्यक्रम अथवा भी.डी.ओ. क्यासेट निर्माण गरी दैनिक प्रदर्शनको व्यवस्था आवश्यक छ ।
१५. उपरोक्त घटनामा आधारित जानकी चरित्र र राम लीलाको परम्परागत प्रदर्शनलाई अझ व्यवस्थित र नियमित तथा आकर्षक बनाउनु आवश्यक छ ।
१६. जानकी मन्दिरको पश्चिमी भागमा रहेको प्राचीन जानकी वाग तथा राम मन्दिरको दक्षिणमा रहेको प्राचीन रामवागलाई फेरि सुन्दर पुष्पवाटिकाको रुपमा श्रृंगारित गर्नु आवश्यक छ ।
१७. जनकपुरधामको महिमा सित सम्वद्ध विभूतिहरु राजर्षि जनक, याज्ञवल्क्य, अष्टावक्र, गार्गी, मैत्रेयी, महारानी सुनैयना, पं. सतानन्द, कुशध्वज जनक, लक्ष्मीनिधि, उर्मिला, माण्डवी, श्रुतविति, चन्द्रकला आदिको साथै महात्मा सूर किशोर दास, महन्थ चतुर्भुज गिरि, प्रयाग दास, नारायण दास, जनकराज किशोरी शरण रसिक अलि, अवध विहारी शरण मौनी बाबा, राम बाबा, महन्थ गोकुल गिरि, नागा बाबा, कमरिया बाबा, पं. अवध किशोर दास प्रेमनिधि, पं. राम दुलारी शरण, पं. रामकृपालु शरण, ज्योतिषी उर्मिला कान्त शरण, अवध कुमार दास उमंग, भजनानन्दी रामशरण दास, रामस्वरुप दास हनुमान बाबा, परमहंस बाबा, रामगुलाम दास मधुकर बजरंग बाबा आदि सन्त शिरोमणिहरुको स्मारक चौक चौराहामा स्थापित गरियोस्।
१८. यस्तै जनकपुरधामको विकासमा विशिष्ट योगदान पुरयाउनु भएका स्वर्गीय रामस्वरुप साह, रामसगार साह, योगीराज डा.रामनाथ अघोड़ी बाबा, पं. रमाकान्त झा, रामनारायण मिश्र, बोध प्रसाद उपाध्याय, सरोज कोइरालाका, कञ्चन मुखिया साथै प्रथम गणतन्त्रवादी शहीद दुर्गानन्द झा, शिवचन्द्र मिश्र, डा. लक्ष्मीनारायण झा, सत्यनारायण पाठक, रामविलास ठाकुर, वरिष्ठ साहित्यकार सुन्दर झा शास्त्री, जयनारायण झा जिज्ञासु, युवा साहित्यकार भुवनेश्वर पाथेय तथा आधुनिक शिक्षाको ज्योति जलाउनु भएका पं. ठाकुर प्रसाद रेग्मी, लोकराम पाण्डेय र गंगाधर दत्तको स्मारक पनि निर्माण गर्नु आवश्यक छ ।
१९. पुरातात्विक अवशेषको रुपमा रहेको मणिमण्डप, सतानन्द आश्रम, सीताकुण्ड मन्दिरको अवशेष, सिहपुरगढी, बसविट्टी, महोत्तरीको पिपरा, महदैया, जलेश्वर रतवाडा, सनोषडागढको उत्खननको साथै फूलगामा र इकराहीको विशाल मैदानको अन्वेषण आवश्यक छ।
२०. मनिमण्डपको छेउको रानी प्रतिमा जनक दरवार वनायोस ।
२१. जनकपुरधामको धार्मिक गरिमालाई अक्षुण्य राख्न अन्तःगृह परिक्रमा सडक भित्र परंपरागत रुपमा निषेधित भएतापनि खुलेआम त्यसको उल्लंघन गरी प्रमुख मठ मन्दिरहरुकै छेउ छाउमा निषेधित मद्य, मान्स, माछा र अण्डा आदिको बिक्रीले तीर्थ यात्रीहरुको भावनामाथि कुठाराघात भइराखेका छन्। अतः त्यसलाई अविलम्ब नियन्त्रित गरी त्यस्तो निषेधित पसलहरु परिक्रमा सडक बाहिर राख्नु अत्यावश्यक छ ।
२२. तिरहुतिया गाछीको पश्चिमी भागस्थित पुरानो बसपार्कमा ऋषि मन्दिरको स्थापना आवश्यक छ ।
२३. सुप्रसिद्ध गंगासागरको दक्षिणी भीडमा रहेको मसानघाटमा विद्युत शवदाह गृहको निर्माण गराई जलावनबाट शवदाह गर्दा हुने दुर्गन्ध रोकी, जलावनबाट मुर्दा जलाउने काम शहरभन्दा बाहिर बसविट्टीको बाटोमा दूधमती नदीको किनारामा गर्नु पर्दछ । त्यसैगरी नगर प्रवेशद्वार जीरो माइलमा रहेको कव्रिस्तानको स्थान परिवर्तन गरी विरविरी गाछी स्थित मसानघाटमा मुर्दा गाडने काम गर्नु आवश्यक छ।
२४. सीता शोध प्रतिष्ठानको स्थापना गरी सीता चरित्रसित सम्वद्ध दुर्लभ पाण्डुलिपिहरु संकलन गरी संरक्षण गर्नुको साथै मिथिलाका सन्तहरुका अप्रकाशित पाण्डुलिपी तथा अप्राप्य पुस्तकहरु गीता प्रेस जस्तै प्रकाशित गरी सस्तो दरमा सर्वसुलभ गराएर धार्मिक भावनाको विकास गरी चरित्र निर्माणमा ठोस योगदान पुरयाउने काम होस् ।
२५. राजर्षि जनक स्मृति प्रतिष्ठानको स्थापना गरी यस क्षेत्रको साहित्य, कला र संस्कृतिको उत्थानको लागि काम गरी राखेका साधकहरुलाई हरेक वर्ष राजर्षि जनक प्रतिभा पुरस्कारबाट सम्मानित गरियोस् ।
ख) मिथिला कला र संस्कृतिको उत्थान ः–
२६. मिथिला कला र संस्कृतिको विकासको लागि वास्तुकला, चित्रकला, मूर्तिकला र लोककलालाई संग्रहित गरी मिथिला संग्रहालयको निर्माण गरेर पुरातात्विक उत्खननबाट प्राप्त सामग्रीहरुलाई त्यहां राखिनुको साथै यस क्षेत्रको वेशभूषा र पहिरन आदि संकलित गरी राख्नु आवश्यक छ।
२७. मिथिला शिल्पकलाको विकासको लागि त्यसलाई लद्यु उद्योग जस्तै सरकारी सहुलियत प्रदान गरी उद्यमीहरुद्वारा निर्मित सामग्रीहरुको बिक्री भण्डार मिथिला संग्रहालयमा राखेर बजार व्यवस्था गर्नु आवश्यक छ ।
२८. जनकपुर क्षेत्रका मठ मन्दिरहरुलाई मिथिला कलाको आधारमा बनाउनु आवश्यक छ ।
२९. स्थानीय कला र संस्कृतिको उत्थानको लागि प्रदेशको राजधानी जनकपुर धाममा रेडियो नेपाल र नेपाल टेलिभिजन केन्द्र स्थापना को साथै बर्दिवास स्थित रेडियो स्टेशन र जलेश्वर स्थित नेपाल टेलिभिजनको प्रसारण केन्द्रबाट हिन्दी र मैथिलीमा कार्यक्रम प्रसारणको व्यवस्था गरी मैथिली लोकगीत र संस्कृतिको विकास गर्नु आवश्यक छ ।
३०. सम्पूर्ण नेपाल र उत्तर भारतको मुख्यतहः विहार र उत्तर प्रदेशको सांस्कृतिक राजधानी जनकपुर धामको वृहत्तर धार्मिक क्षेत्रको विकासको लागि जलेश्वर स्थित नेपाल टेलिभिजन केन्द्र द्वारा धार्मिक र सांस्कृतिक कार्यक्रम विशेष रुपमा प्रसारण गर्ने व्यवस्था को साथै दैनिक हिन्दी र मैथिली सेवा प्रसारण होस ।
३१. शास्त्रीय संगीतको विकासको लागि २०३८ सालदेखि जनसहयोगबाट संचालित राजर्षि जनक संगीत तथा नृत्य विद्यालय जो अर्थाभावले बन्द छ, को पुनः संचालन गरी त्यसलाई महाविद्यालयमा परिणत गरी बसविट्टी पुल दक्षिण जउनपा २३ बेलामा राजर्षि जनक संगीत र नृत्यको महाविद्यालयको भवन निर्माण गरी विकास गर्नु
पर्दछ ।
३२. नाट्यकला प्रदर्शनको लागि रंगमंच समेतको राजर्षि जनक सभागृहको निर्माण रंगभूमि देखि उत्तर को सडक विभाग समेतको जग्गमा अत्यावश्यक छ र त्यहा यस क्षेत्रका शहीदहरुका स्मारक लगाइयोस ।
ग) शिक्षा, स्वास्थ्य तथा कृषि विकास ः–
३३. प्राचीन कालदेखि शिक्षाको केन्द्रको रुपमा प्रख्यात जनकपुरधामकोे रा.रा.ब.क्याम्पसको उत्तर पूर्वमा राजर्षि जनक विश्वविद्यालय स्थापना गरियोस् ।
३४. राजर्षि जनक विश्वविद्यालयमा राजर्षि जनक को अध्यात्म चिन्तन र आयुर्वेदको विशेष अध्ययन अध्यापन होस ।
३५. स्थानीय रा.रा.ब. क्याम्पसमा पनि स्नातक कक्षामा संगीतको पठन पाठनको साथै हिन्दीमा स्नातकोत्तर (एम.ए.) कक्षा संचालन गर्नु आवश्यक छ।
३६. अत्याधुनिक स्वास्थ्य उपचारको लागि २०१३ सालमा स्थापित जानकी पब्लिक अस्पताल सम्प्रति अंचल अस्पतालको रुपमा रहेको छ तथा जानकी आंखा अस्पताल पनि अढाई दशक पार गरिसकेकोले दुबैलाई मिलाएर अत्याधुनिक स्वास्थ्य उपचार उपलब्ध गराउने एक हजार शैय्याको जानकी आयुर्विज्ञान संस्थानको स्थापना गरी मेडिकल कालेजको संचालन गर्नु आवश्यक छ ।
३७. प्राचीन कालदेखि सेवारत आयुर्वे्दिक अंचल अस्पताललाई प्रान्तीय अस्पतालको रुपमा संचालन गर्नु आवश्यक छ ।
३८. अहिले उपचार निकै महंगो हुंदै गएको बेलामा कैन्सर, किडनी र उच्च रक्तचापको सफल उपचार गरी नयां कीर्तिमान स्थापित गरीसकेका डा. उपेन्द्र साहको सल्लाह र सहयोगले होमियोपैथिक अस्पतालको संचालन होस् ।
३९. नगरमा पूर्ण सफाईको व्यवस्था गरी नाली तथा पोखरीको फोहरमा इन्सेफलाइटिस आदि घातक रोगका किटाणु नष्ट गर्ने व्यवस्थाको साथै कालाज्वर, मस्ष्तिक ज्वर र कुष्ट रोगबाट सम्पूर्ण क्षेत्रलाई मुक्त गराउन उस्को किटाणुको नियन्त्रण अत्यावश्यक छ ।
४०. कृषि प्रधान देश नेपालको यस क्षेत्रको कृषि विकासको लागि नक्टाझिझ कृषि विकास केन्द्रलाई भारतको पन्तनगर र लुधियाना जस्तै कृषि अनुसन्धान केन्द्रको रुपमा परिणत गरी कृषि विशेषज्ञ (स्नातकोत्तर) तयार गरियोस् ।
४१. कृषि उत्पादन वृद्धिको लागि सिंचाई सुविधा उपलब्ध गराउन तत्काल डिप बोरिंगको व्यवस्था गरी विघि नदीमा पक्की बांध निर्माण गरी दूधमती नदीमा त्यसको नहर ल्याई दूधमती लद्यु सिंचाई योजना कार्या्न्वित गरिनु आवश्यक छ।
४२. दीर्घकालिन रुपमा जनकपुरधामदेखि ८० किलोमिटर उत्तरमा खुर्कोट स्थित सुुनकोसी नदीमा पक्की बांध निर्माण गरी यस क्षेत्रमा विद्युत आपूर्तिको साथै ठूलो नहर ल्याई माइस्थानमा कमला नदीमा मिलाएर सिन्धुलीको दक्षिणी भागको साथै धनुषा, महोत्तरी, सर्लाही र सिरहा जिल्लाको लाखौं विघा भूमिमा सिंचाई उपलब्ध गराइयोस र यस्ले कोशीको पानी नियन्त्रित भएर सप्तरी र भारतीय क्षेत्रमा हुने विनास पनि रोकिने छ।
४३. जनकपुरधामलाई औद्योगिक प्रदुषणबाट जोगाउन नगरको सडक तथा पोखरीको डिलहरु तथा पर्ति जग्गामा वृक्षारोपण गरी नगरलाई हराभरा बनाइयोस्।
४४. युवकहरुका चरित्र निर्माणको लागि रामानन्दीय वैष्णव संघ द्वारा साप्ताहिक विशेष भाषण माला कार्यक्रम संचालित गरी बेरोजगार युवकहरुलाई स्वावलम्बी बनाएर आत्मनिर्भर बनाउनु आवश्यक छ।
४५. यस्तै योग प्रशिक्षणको लागि स्वामी रामदेव योग प्रशिक्षण राजर्षि जनक योग साधना केन्द्र लाई सरकारी मान्याता प्रदान गरी सुव्यवस्थित गरियोस् ।
४६. शैक्षिक स्तर वृद्धिको लागि प्राथमिक शिक्षा मैथिली र हिन्दीमा दिइनु आवश्यक छ ।
घ) सडक व्यवस्था ः–
४७. जनकपुरधामको अन्तः गृह परिक्रमा सडको शेष भागलाई पक्की निर्माणको साथै जानकी मन्दिरको दक्षिणी भागबाट आर.टी.ओ. रोडको बजरंग चौकलाई जोडने मार्ग फडाकिलो गर्नु पर्दछ ।
४८. एक शताब्दी पूर्व मौनी बाबाद्वारा बनाइएको अन्तःगृह परिक्रमा सडक भन्दा बाहिर नगरको प्रमुख भागहरु हुन गएकोले जनकपुरधामका महत्वपूर्ण स्थलहरु कपिलेश्वरनाथ, कुपेश्वरनाथ हुंदै हनुमानगढी सोनामाई स्थान दूधेश्वरनाथ हुंदै बसविट्टी र मनोकामना पशुपतिनाथ मन्दिर हुंदै मणिमण्डप मुजेलिया र सिहपुरगढी जो सिरध्वज जनकका दरवारको अवशेष छ त्यसलाई जोडदै नयां परिक्रमा पथको निर्माण हुनु आवश्यक छ ।
४९. मधेशको रीढको रुपमा रहेको हुलाकी सडकको निर्माण न भएर नेपालको दक्षिणी क्षेत्रका लाखौ परिवार आर्थिक संकटमा पुगेकाले जनकपुर धामबाट बलबा सरपलो, मनरा हुदै गौर, कलैया हुंदै महेन्द्रनगर, कंचनपुरसम्मको हुलाकी बाटोको निर्माण अविलम्ब होस् ।
५०. जनकपुरधामको पांच कोसको दूरीमा रहेको प्राचीन राजधानीको प्रमुख स्थलहरु कल्याणेश्वर, जलेश्वर, क्षीरेश्वर, मटिहानी, मडई, धु्रवकुण्ड, कंचनवन, पर्वता, धनुषाधाम, सतोषर, औरही हरुसाहा तथा भारतीय क्षेत्रको करुणा, हुंदै कल्याणेश्वर, विसौल भई जनकपुरधाम सम्मको १३० किलोमिटर लामो मिथिला पंचकोसी परिक्रमा सडकलाई पक्की निर्माणलाई तिब्रता दियोस ।
५१. नेपालको एक मात्र जनकपुर रेल्वेलाई अविलम्ब संचालित गराई बर्दिवाससम्म पुरयाई दीर्घकालमा काठमाण्डौंसम्म र पूर्व पश्चिम बडी लाइन रेल पुरयाइयोस्।
५२. जनकपुर विमान घाटलाई अन्तर्रा्ष्टिूय विमानस्थल बनाएर काठमाण्डौं पटना, कलकत्ता, ढाका र अरब, मलेशिया आदिको उडान जनकपुरधाम भएर गराई वैदेशिक रोजगारीमा जाने आउने तथा पर्यटकहरुका लागि सुगमता प्रदान गरियोस् ।
ङ) उद्योग र व्यवसाय ः–
५३. जनकपुरधामलाई वातावरणको दृष्टिले हरियो बनाएर नगरको उत्तर पूर्वी भागमा औद्योगिक क्षेत्र निर्माण गरी कलकारखाना संचालित गरि बेरोजगार युवकहरुको विदेश पलायन रोकि देश निर्माणमा लगाइयोस् ।
५४. नगरमा २०२१ सालदेखि संचालित जनकपुर सिगरेट फैक्टरी अहिलेसम्म रु. बीस अर्व राजस्व जम्मा गरी सकेको भएतापनि नगरको विकासमा त्यसको एक प्रतिशत पनि खर्च नगरिनु सरासर अन्याय रहेको छ भने बेरोजगार हजारौं युवक भारत पलायन भइरहेकोले सरकारले उपलब्ध कच्चा पदार्थमा आधारित कलकारखानाहरु संचालित गराउने काम होस्।
५५. जचुका ले कैन्सर रोगी बढाएको विभिन्न तथ्यांकले बताइरहेको कारखानाको अस्पतालभवनमा कैन्सर जांच क्लिनिक संचालित गर्नु अत्यावश्यक छ ।
५६. उद्योग व्यवसायीहरुका सुविधाको लागि जनकपुरधाम देखि १५ कि.मि. मा रहेको जटही (लगमा) भंसारको स्तरवृद्धि गरी जति सुकै रकमको माल समान ल्याउने लैजाने व्यवस्था होस् ।
५७. बजार व्यवस्थाको क्रममा जानकी मन्दिरको प्रांगणमा अव्यवस्था फैलाउनुको सट्टा मन्दिर पछाडिको भागमा निर्मित स्थलमा पसलहरु संचालित गरी नयां निर्माण हुने शिपपथमा आकर्षक बजार लगाइयोस् ।
५८. त्यस्तै गोपाल धर्मशालाको उत्तर पश्चिमको दिवाल संगै नयां स्टलहरु बनाएर नयां बजारको व्यवस्थापन गरियोस् र जानकी चौक र राम चौकको अव्यवस्थित बजार खत्म
गरियोस् ।
५९. बस पार्क देखि पिडारी चौकसम्म आधुनिक बजार लगाई पर्यटकहरुका लागि आकर्षक बनाइयोस् ।
च) धर्मशाला र यात्री निवासः–
६०. तीर्थ यात्रीहरुका विश्रामको लागि १९८३ सालमा कलकत्ता निवासी बलदेव दास दूधवाला द्वारा राम मन्दिरको ५ विघा जगगामा निर्मित गोपाल धर्मशालालाई कतिले घर स्थायी बसोवास बनाई सकेकाले त्यस्ताहरुबाट खाली गराई यात्रीहरुका लागि सुविधाजनक विश्राम स्थल बनाइयोस् र धर्मशालाको दक्षिणी भागमा रहेको खाली जग्गामा भारतीय दूतावासको सहयोगमा सुविधासम्पन्न भवनको निर्माण गराई तीर्थयात्रीहरुलाई सुविधा पुरयाउने काम होस् ।
६१. भारतको तिरुमाला तिरुपति देवाथानम् टूष्टद्वारा निर्माणको लागि स्वीकृत नक्सा अनुसारको आम जनता र विशिष्ट अतिथिहरुका लागि यात्री निवासको निर्माणको पहल होस् ।
६२. विदेशी पर्यटकहरुका लागि पर्यटन विभागको सहयोगमा नगरको बाहिरी भाग राजमार्गमा आधुनिक होटल निर्माण गरियोस्।
छ) विविध ः–
६३. जानकी चौक जस्तै राम मन्दिरको दक्षिणी, शिव चौकबाट पूर्व अंगराज सरबाट पश्चिम र बस पार्क, तथा नगरको प्रमुख भागमा सुलभ शौचालयको निर्माण गरी बसपार्कमा स्नान घर पनि निर्माण गरियोस् ।
६४. प्रहरी र प्रशासन कार्यालय तथा अदालत छेउको खाली जग्गामा जुन कार्यालयहरुको आफ्नो भवन छैन त्यसको भवन निर्माण गराई त्यस क्षेत्रलाई प्रशासकीय क्षेत्रको रुपमा विकास गरियोस् ।
६५. जनकपुरधाममा नालीको अभावले वर्षातमा पानी जम्ने गरेकोले नगरमा ठूल ठूला नाली निर्माण गरी पूर्वको जलाधि र नगरको दक्षिणी भागमा डेूनेज निर्माण होस् ।
६६. प्राचीन जनकपुरधाम तथा मिथिला पंचकोसी परिक्रमा पथ भित्रका मठ मन्दिरहरुका सुुसंचालनका लागि गठित वृहत्तर जनकपुर क्षेत्र विकास परिषद् र विदेह मिथिला पर्यटन कार्यालय राजनीति मुक्त भई मठ मन्दिरहरुका विकासको लागि दीर्घकालिन र अल्पकालिन योजना लागू गरियोस् ।
६७. जनकपुरधामको गुठी जग्गाहरु बिक्री गरिएको काठमाण्डौंमा जम्मा रहेको करोडौं रु. जनकपुर विकास कोषमा जम्मा गराई लोप हुन लागेको मठ मन्दिर र पवित्र सरोवरहरुको संरक्षणमा लगाइयोस् ।
६८. प्राचीन मठ मन्दिरहरु राम मन्दिर र जानकी मन्दिर, रत्नसागर, लक्ष्मण मन्दिर र अग्निकुण्ड, रामजानकी दुल्हा मन्दिर, बेला कुटी आदिका अरबौ रु.को श्रीसम्पति लूट भइरहेकोले त्यसको संरक्षण र फिर्ता गराउन एउटा सर्वशक्तिवान आयोग गठन गर्नु अत्यावश्यक छ । जस्मा नगरपालिका, जिविस, रामानन्दीय वैष्णव संघ र नागरिक समाजका प्रतिनिधि अनिवार्यतः रहोस् ।
६९. गुठी सम्पति बिक्री गर्नु परेमा रामानन्दीय वैष्णव संघ र नगरपालिका तथा जिविसको सिफारिशमा मात्र बिक्री गरियोस्।
७०. जनकपुरधामको गौरवको रुपमा रहेको मठ मन्दिरहरुको दुर्दशा तथा त्यसको श्रीसम्पति लूटबाट जोगाउन हरेक मठ मन्दिरहरुको राम, जानकी, लक्ष्मण मन्दिर, रत्नसागर, अग्निकुण्ड र बेलाकुट्टी आदिको छुट्टा छुट्टै टूष्ट गठन गरी मठ(मन्दिर र पोखरीहरुको संरक्षण होस्् ।
७१. धनुषाधाम समेतको सम्पूर्ण मिथिला पंचकोसी परिक्रमा क्षेत्रलाई धार्मिक पर्यटन केन्द्रको रुपमा विकास गरियोस्।
७२. मिथिला विभूति डा. लक्ष्मीनारायण झा र बरिष्ठ समाजसेवी रामस्वप साह समेतको चित्र अंकित डाक टिकट प्रकाशन हुलाक टिकट प्रकाशन गरियोस ।
७३. धार्मिक पर्यटक स्थलहरुलाई अरु बढी बनाउन ऐतिहासिक राम र जानकी मन्दिरको प्राङ्गनमा कुनै पनि सवारी साधनको प्रवेश दण्डणीय बनाइयोस ।
७४. मिथिला को गौरव दूधमति नदी को आरंभ स्थली क्षीरेश्वरनाथ नगरपालिका पछि त्यसलाई खेतमा परिणत गरी ऐतिहासिकता लोप गर्ने षडयन्त्रबाट संरक्षित गर्ने काम अविलम्व आवश्यक कार्यवाही होस
७५. पूर्व सर्वे नापी अनुसार दूधमती नदी को सीमांकन गरी दुवै किनारामा सडक निर्माण गरी यसको ऐतिहासिकताको संरक्षण गरियोस ।
७६. अमर शहीद दुर्गानन्द झा को स्मारक जानकी मन्दिरको पार्कमा २०६६ श्रावण २१ मा शिलान्यास भएको अविलम्व निर्माण होस, त्यो सम्भव नभए जनकपुर धाम जटही र जलेश्वर भिट्टामोड जोडने स्थल जनकपुर धाम उपमहानगरपालिका को वडा नं. २३ लादो सोनामाईथान को उत्तरमा निर्माण होस ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !