Thursday, March 5, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

रोकिएन सुन तस्करी


नागढुंगाबाट ९ केजी सुन बरामद

प्रहरीले उपत्यका भित्रिने मुख्य नाका नागढुंगाबाट ९ किलो सुन बरामद गरेको छ । आइतबार ६ केजी र शनिबार ३ केजी सुन बरामद भएको हो ।

आइतबार सुनसहित सिन्धुपाल्चोकका २३ वर्षीय तेन्जिङ तामाङ पक्राउ परेका छन् । धादिङ हुँदै काठमाडौं आउँदै गरेको बा.९५प ८१६४ नं. को पल्सर मोटरसाइकल जाँच गर्दा सुन भेटिएको थियो ।

महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएका प्रहरी निरीक्षक केशव भट्टको टोलीले आइतबार साँझ ७ बजे सुन बरामद गरेको हो । प्रहरीका अनुसार तामाङले विशेष खालको पेटीको फल्स बटमभित्र सुन लुकाई काठमाडौं ल्याउँदै थिए ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी मोहन थापाका अनुसार विशेष सूचनाका आधारमा उक्त सुन बरामद गरिएको हो । ‘उपत्यकाभित्र सुन आउँदै छ भन्ने सूचना प्राप्त भयो ।

प्रहरीले जाँच कडा बनायो । यही क्रममा केही सवारीसाधन हाम्रो निगरानीमा थिए । जाँच गर्ने क्रममा सुन बरामद भयो,’ उनले भने ।

प्रहरीका अनुसार उक्त सुन रसुवाको केरुङ नाका हुँदै भित्रिएको हो । जुन, त्रिशूलीबाट धादिङ हुँदै काठमाडौं ल्याइँदै थियो । ‘हामी अनुसन्धानकै चरणमा छौँ ।

सुन रसुवाबाट काठमाडौं ल्याउँदै गरिएको भन्ने खुलेको छ । यस क्रममा एक पक्राउ परेका छन् । घटनामा अन्य पनि संलग्न हुन सक्ने अनुमान छ । खोजी भइरहेको छ,’ प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्वराज पोखरेलले भने ।

शनिबार मात्रै प्रहरीले सोही नाकाबाट ३ केजी सुनसहित पाँचजनालाई पक्राउ गरेको थियो । भारत उत्तराखण्ड चम्पावत थाना टनकपुर नयाँबस्तीका ४५ वर्षीय अशोक कुमार, २५ वर्षीय सन्जना साह, ५९ वर्षीय चन्द्रमोहन जोशी, १९ वर्षीय दीपककुमार मौर्य र कञ्चनपुर भीमदत्त–६ वनगाउँका २३ वर्षीय मनोज विक पक्राउ परेका छन् । बरामद सुन अशोक, सन्जना र चन्द्रमोहनको रहेको प्रहरीको भनाइ छ ।

यसअघि शुक्रबार वीरगन्ज–१६ शंकराचार्य गेटनजिकबाट एक केजी सुन बरामद भएको थियो । सुनसहित सर्लाही हरिपुर–९ का ३८ वर्षीय सन्तोषकुमार साह पक्राउ परेका थिए ।

रोकिएन सुन तस्करी

साढे ३३ केजी सुन र सनम शाक्य हत्या अनुसन्धानका लागि गठित सरकारी उच्चस्तरीय छानबिन समितिको अनुसन्धानले पनि तस्करलाई खासै प्रभाव नपरेको देखिएको छ ।

नेपाल प्रहरीका पूर्वडिआइजी हेमन्त मल्लले नेपालमा सुन तस्करी गर्ने ठूलो गिरोह रहेको, तर त्यसमा अनुसन्धान पुग्नै नसकेकाले तस्करीले निरन्तरता पाएको बताए । उनले भने, ‘सरकारबाट गठित छानबिन समितिको अनुसन्धान दायरा सिमित छ ।

यसले एउटा मात्रै घटनालाई लिएर अनुसन्धान गर्नु स्वाभाविक हो । त्यो आवश्यक पनि छ । तर, यहाँ तस्कर धेरै छन् । जहाँ न प्रहरीको अनुसन्धान पुग्न सकेको छ, न अनुसन्धान समितिको नै ।

त्यसैले यस्ता तस्करी निरन्तर चलिरहेको छ । यसको अर्थ कहीँ न कहीँ पक्कै लुपहोल छ । अब अनुसन्धान त्यसतर्फ केन्द्रित हुनुपर्छ । जहाँ अहिलेसम्म सोच्नै सकिएको छैन ।’

तस्करीको ‘ट्रेन्ड’ एउटै

नागढुंगामा शनिबार ३ केजी सुनसहित पाँच पक्राउ परे । शुक्रबार वीरगन्ज–१६ शंकराचार्य गेट सामुन्नेबाट एक केजी सुन बरामद भयो ।

२ जेठमा धनगढीको गड्डाचौकी नाका हुँदै भारत जान लागेको एचआर १२ एएफ ००६ नं. को गाडीमा ४९६ ग्राम सुनसहित भारत हरियाणाका जितेन्द्र सैनी पक्राउ परे ।

डेढ महिनायता सुन बरामदको ‘ट्रेन्ड’ हेर्दा ‘ट्रान्जिट’का रूपमा प्रयोग हुने स्थान फरक–फरक देखिए पनि गन्तव्य भने एउटै देखिन्छ । गन्तव्य त्यही हो, जहाँ त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थल हुँदै तस्कर भएको भनिएको साढे ३३ केजी सुन पुगेको थियो ।

नागढुंगामा बरामद तीन किलो सुनको बिस्कुटमा लगाइएको संयुक्त अरब इमिरेट्स (दुबई)को छापले अर्को के पुष्टि गर्छ भने साढे ३३ केजी सुन जहाँबाट नेपाल ल्याइएको थियो, नागढुंगामा बरामद तीन किलो सुन पनि त्यहीँबाट ल्याइएको हो । अर्थात् शनिबार बरामद ३ किलो सुन र साढे ३३ केजी सुनका तस्कर एउटै हुन् ।

यो तथ्यलाई नेपाल प्रहरीका पूर्वडिआइजी हेमन्त मल्ल पनि स्विकार्छन् । उनी भन्छन्, ‘सरकारले गरेको यति ठूलो अनुसन्धानपछि पनि तस्करी रोकिएको छैन । यसर्थ यसको जड अन्यत्रै छ ।

जहाँ हामी पुग्नै सकेका छैनौँ । पछिल्ला दिनमा बरामद सुन र तस्कर भएको भनिएको साढे ३३ केजी सुनको गन्तव्य र स्रोत एउटै हुनु संयोग मात्रै होइन । अब यसतर्फ अनुसन्धान केन्द्रित हुन जरुरी छ ।’

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

परिवर्तनकाे पक्षमा धनुषा ३ का मतदाता
Blast News

परिवर्तनकाे पक्षमा धनुषा ३ का मतदाता

जसपा नेपालका अशोक यादव रास्वपामा
Blast News

जसपा नेपालका अशोक यादव रास्वपामा

अधुरा र विकासका नयाँ काम गर्ने महतोको प्रतिबद्धता
Blast News

अधुरा र विकासका नयाँ काम गर्ने महतोको प्रतिबद्धता

घरदैलाेमा व्यस्त झा : जनताको समस्या पुरा गर्ने प्रतिबद्धता
Blast News

घरदैलाेमा व्यस्त झा : जनताको समस्या पुरा गर्ने प्रतिबद्धता

रामुपाका उम्मेदवारसहित दर्जनौ कांग्रेसमा प्रवेश
Blast News

रामुपाका उम्मेदवारसहित दर्जनौ कांग्रेसमा प्रवेश

कांग्रेस जनकपुरधामका वडा उपसभापति रास्वपामा
Blast News

कांग्रेस जनकपुरधामका वडा उपसभापति रास्वपामा

ताजा खबर

परिवर्तनकाे पक्षमा धनुषा ३ का मतदाता

परिवर्तनकाे पक्षमा धनुषा ३ का मतदाता

संघीयता जाेगाउनेकाे पक्षमा धनुषा ४ का मतदाता

संघीयता जाेगाउनेकाे पक्षमा धनुषा ४ का मतदाता

रास्वपा प्रति मतदाताको समर्थन बढदैछ : झा

रास्वपा प्रति मतदाताको समर्थन बढदैछ : झा

जसपा नेपालका अशोक यादव रास्वपामा

जसपा नेपालका अशोक यादव रास्वपामा

अधुरा र विकासका नयाँ काम गर्ने महतोको प्रतिबद्धता

अधुरा र विकासका नयाँ काम गर्ने महतोको प्रतिबद्धता

घरदैलाेमा व्यस्त झा : जनताको समस्या पुरा गर्ने प्रतिबद्धता

घरदैलाेमा व्यस्त झा : जनताको समस्या पुरा गर्ने प्रतिबद्धता

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव