Sunday, August 9, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

नेपाल–भारत इपिजीको प्रतिवेदन तयार


-१९५० को सन्धि परिमार्जन र खुला सीमा नियमन गर्न सुझाब

-प्रतिवेदन सुरुमा मोदीलाई बुझाइने, त्यसपछि ओलीलाई

नेपाल–भारत प्रबुद्ध व्यक्तिसमूह (इपिजी)ले साझा प्रतिवेदन तयार गरेको छ । शुक्रबार र शनिबार बसेको अन्तिम (नवौँं) बैठकले इपिजीको कार्यकाल १९ असारसम्म प्रतिवेदनलाई अन्तिम रूप दिने र दुवै देशका प्रधानमन्त्रीलाई बुझाउने निर्णय गरेको हो । यसअघिको बैठकमा सहमति हुन बाँकी १९५० को सन्धि परिमार्जन र खुला सीमा नियमनको विषयमा अन्तिम बैठकमा सहमति जुटेको छ ।

बैठकपछि इपिजीका भारत संयोजक भगतसिंह कोस्यारीले साझा प्रतिवेदन सुरुमा भारतका प्रधानमन्त्री मोदीलाई बुझाइने सहमति भएको बताए । ‘सुरुमा भारतीय प्रधानमन्त्री मोदीजीलाई प्रतिवेदन बुझाउने र त्यसपछि नेपालका प्रधानमन्त्री ओलीजीलाई बुझाउने निर्णय गरेका छौँ,’ भारततर्फका संयोजक भगतसिंह कोस्यारीले नयाँ पत्रिकासँग भने, ‘दुई देशका साझा सरोकार र हित प्रतिवेदनमा समेटेका छौँ । नेपाल–भारत सम्बन्ध थप उचाइमा जान्छ, म खुसी र आशावादी छु ।’ कोस्यारीले प्रतिवेदन नेपाल–भारत सम्बन्धको इतिहासमा कोशेढुंगो रहेको दाबी गरे ।

इपिजी नेपालतर्फका संयोजक डा. भेषबहादुर थापाले सौहार्दपूर्ण वातावरणमा बैठक सम्पन्न भएको र साझा प्रतिवेदन बनाउने सहमति भएको जानकारी दिए । उनले नयाँ पत्रिकासँग भने, ‘इपिजीको अन्तिम बैठक सम्पन्न भएको छ । हामी साझा प्रतिवेदन १९ असारभित्रै तयार गरेर दुवै प्रधानमन्त्रीको अनुकूल समयमा बुझाउनेछौँ ।’ इपिजीको काम सकिएकामा आफू खुसी भएको र कार्यान्वयनमा पनि आशावादी रहेको थापाको भनाइ थियो । ‘म खुसी छु, हामी सबै खुसी छौँ, तपाईं यही आधारमा हाम्रो प्रतिवेदनबारे मत बनाउन सक्नुहुन्छ,’ थापाले भने ।

इपिजी भारतका सदस्य डा. बिसी उप्रेतीले इपिजीका पाँच कार्यादेशअनुसार काम सम्पन्न भएको बताए । उनले भने, ‘कार्यादेशअनुसार प्रतिवेदन तयार भएको छ । त्यसलाई हाम्रो ढाँचामा बदलेर अन्तिम रूप दिन्छौँ र दुवै प्रधानमन्त्रीलाई बुझाउँछौँ ।’

प्रतिवेदन कसरी कार्यान्वयन हुन्छ ?
स्रोतका अनुसार सरकारले प्रतिवेदन प्राप्त गरेपछि आवश्यकताअनुसार नेपाल र भारतका परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा र परराष्ट्रसचिवस्तरीय संयन्त्रमा थप छलफल हुनेछ । त्यसपछि प्रधानमन्त्रीस्तरमा हुने कुराकानीमा कुन–कुन विषय कार्यान्वयन गर्ने भन्ने तय हुनेछ । ‘हामीले सरकारलाई प्रतिवेदन बुझाउनेछौँ, कहिले र कसरी कार्यान्वयन हुन्छ भन्ने त दुई सरकारको समझदारीमा भर पर्छ,’ इपिजीका एक सदस्यले भने, ‘दुवै देशका प्रधानमन्त्रीबीच पछिल्लोपटक पनि इपिजीको प्रतिवेदनअनुसार अघि बढ्ने सहमति भएकाले कार्यान्वयन हुन्छ भन्ने विश्वास छ ।’

प्रतिवेदनबारे प्रधानमन्त्री ओलीले लिए जानकारी
शनिबार बैठक सकिएलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले इपिजी नेपालतर्फका सदस्यलाई बालुवाटार बोलाएर प्रतिवेदनबारे विस्तृत जानकारी लिएका छन् । ‘प्रधानमन्त्रीलाई हामीले विस्तृतमा जानकारी दिएका छौँ, प्रतिवेदन कार्यान्वयन गर्ने दृढता उहाँले देखाउनुभएको छ,’ इपिजीका एक सदस्यले भने, ‘उहाँकै समयम सुरु भएको काम उहाँकै पालामा सम्पन्न हुनुलाई उहाँले अपनत्व ग्रहण गरेको अनुभूति गरेका छौँ ।’

यस्तो रह्यो इपिजीको दुई वर्ष
प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका वेला ८ फागुन ०७२ मा घोषणा भएको इपिजीको पहिलो बैठक २० र २१ असार ०७३ मा काठमाडौंमा बसेको थियो । पहिलो बैठकको पहिलो एजेन्डा १९५० को शान्ति तथा मैत्री सन्धि परिमार्जन थियो । पहिलो बैठक बसेदेखि इपिजीको कार्यकाल दुई वर्ष तोकियो । दुई वर्षका लागि नेपाल र भारत सरकारले आ–आफ्नो पक्षलाई एक लाख अमेरिकी डलर बजेट विनियोजन गरेका थिए ।

१८ र १९ असोज ०७३ मा दोस्रो बैठक दिल्लीमा भएको थियो । २३ र २४ चैत ०७३ मा तेस्रो बैठक काठमाडौंमा बस्यो । चौथो बैठक फेरि १५ देखि १७ जेठ ०७४ मा भारतको देहरादुनमा भयो । २१ र २२ असोज ०७४ मा काठमाडौंमा पाँचौँ बैठक तथा २५ र २६ पुस ०७४ मा छैटौँ बैठक दिल्लीमा बस्यो । १२ र १३ फागुन ०७४ मा काठमाडौंमा सातौँ बैठक बसेको इपिजीको आठौँ बैठक नयाँदिल्लीमा २९ र ३० चैत ०७४ मा बसेको थियो । नवौँ अर्थात् अन्तिम बैठक १५ र १६ असारमा काठमाडौंमा सम्पन्न भएको छ ।

यी थिए इपिजीका पाँच कार्यादेश
दुई देशबीच विगतमा भएका सबै सहमति, सम्झौता र व्यवस्थापनको पुनरावलोकन गर्ने र २१औँ शताब्दीको विकसित परिप्रेक्ष्यको आवश्यकताका आधारमा दुवै सरकारलाई सिफारिस गर्ने ।

दुई देशबीच आपसी विश्वास सामाजिक, आर्थिक, सांस्कृतिक र राजनीतिक सम्बन्ध थप मजबुत बनाउने आवश्यक उपायहरूको सिफारिस गर्ने

यो शताब्दीमा दुई देशबीच थप सुदृढ सम्बन्धका निम्ति आवश्यक संस्थागत संयन्त्र÷ढाँचा सिफारिस गर्ने ।

शान्ति, सम्वृद्धि, हार्दिकता अभिवृद्धि गर्दै सीमापार अपराध निर्मूलीकरणका निम्ति उपाय सिफारिस गर्ने ।

दुई देशबीच मित्रता प्रवद्र्धन र सुदृढीकरणका लागि आवश्यक अन्य क्षेत्रहरू सिफारिस गर्ने ।

सन्धि र सीमाबारे यसरी भयो सहमति
एउटै पक्ष भएर छलफल गर्ने भनिए पनि इपिजीमा नेपाल र भारत पक्षबीच १९५० को सन्धि प्रतिस्थापन र नेपाल–भारत खुला सीमा नियमनबारे गत चैतसम्म साझा धारणा बन्न सकेको थिएन । २९ र ३० चैतमा दिल्लीमा बसेको इपिजीको आठौँ बैठकमा यी दुवै विषयमा आठ घन्टाभन्दा लामो छलफल भएको थियो । इपिजीको नेपाल पक्षले १९५० को सन्धिको धारा २, ५, ६ र ७ सच्याउनुपर्ने प्रस्ताव राखेको थियो ।

यो विषयमा नवौँ बैठकमा सहमति जुटेको छ । सन्धिका हतियार खरिदसम्बन्धी प्रावधान रहेको धारा ५ र दुवै देशले एक–अर्काका नागरिकलाई राष्ट्रिय व्यवहार गर्ने भन्ने धारा ६ तथा दुवै देशका जनतालाई सहज आवतजावत सुनिश्चित हुने गरी सीमा नियमन गर्ने विषयमा पनि सहमति जुटेको बताइएको छ । हतियार खरिदका सम्बन्धमा भारतीय पक्षले लचकता जनाएपछि सहमति जुटेको बैठक स्रोतले बतायो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हालैको नेपाल भ्रमणमा पारवहन सन्धि नवीकरण गर्ने सहमति भइसकेको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना
Blast News

ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना

ट्रमा सेन्टर सारिएकाे विराेधमा पुर्व मन्त्री यादव धर्नामा
Blast News

ट्रमा सेन्टर सारिएकाे विराेधमा पुर्व मन्त्री यादव धर्नामा

गृहमन्त्रीले गरेको सम्झौता `फर्जी´, सरकार भन्छन – कुनै सहमति भएको छैन
Blast News

गृहमन्त्रीले गरेको सम्झौता `फर्जी´, सरकार भन्छन – कुनै सहमति भएको छैन

वैदेशिक रोजगारीमा निधन भएका परिवारलाई ५० हजार राहत
Blast News

वैदेशिक रोजगारीमा निधन भएका परिवारलाई ५० हजार राहत

हिन्दु राष्ट्रको आन्दोलन मागपत्रमै ‘फिर्ता’ : १३ र ६ बुँदे माग उस्ता उस्तै
Blast News

हिन्दु राष्ट्रको आन्दोलन मागपत्रमै ‘फिर्ता’ : १३ र ६ बुँदे माग उस्ता उस्तै

हाम्राे कुनै सहमति भएकाे छैन, सरकार ठग्दैछ : हिन्दु सम्राट सेना
Blast News

हाम्राे कुनै सहमति भएकाे छैन, सरकार ठग्दैछ : हिन्दु सम्राट सेना

ताजा खबर

ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना

ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना

ट्रमा सेन्टर सारिएकाे विराेधमा पुर्व मन्त्री यादव धर्नामा

ट्रमा सेन्टर सारिएकाे विराेधमा पुर्व मन्त्री यादव धर्नामा

गृहमन्त्रीले गरेको सम्झौता `फर्जी´, सरकार भन्छन – कुनै सहमति भएको छैन

गृहमन्त्रीले गरेको सम्झौता `फर्जी´, सरकार भन्छन – कुनै सहमति भएको छैन

वैदेशिक रोजगारीमा निधन भएका परिवारलाई ५० हजार राहत

वैदेशिक रोजगारीमा निधन भएका परिवारलाई ५० हजार राहत

हिन्दु राष्ट्रको आन्दोलन मागपत्रमै ‘फिर्ता’ : १३ र ६ बुँदे माग उस्ता उस्तै

हिन्दु राष्ट्रको आन्दोलन मागपत्रमै ‘फिर्ता’ : १३ र ६ बुँदे माग उस्ता उस्तै

हाम्राे कुनै सहमति भएकाे छैन, सरकार ठग्दैछ : हिन्दु सम्राट सेना

हाम्राे कुनै सहमति भएकाे छैन, सरकार ठग्दैछ : हिन्दु सम्राट सेना

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव