जनकपुरधाम । जनकपुरधामस्थित मिट क्याम्पसले चिकित्सा अध्ययनतर्फ पूर्ण छात्रवृतिमा नाम निकाल्न सफल भएका आफ्ना विद्यार्थीहरुलाई बधाई ज्ञापन गर्दै सम्मान गरेका छन् ।
बुधवार क्याम्पसमै एक कार्यक्रम आयोजना गरी त्रिभुवन युनिभरसिटी अन्तर्गत चिकित्सा अध्ययनतर्फ एमबीबीएस २०८३ मा पूर्ण छात्रवृतिमा नाम निकाल्न सफल भएका आस्था झा, प्रिन्स झा र चन्दनलाई दोसल्ला ओढाई तथा अबीरको टिका लगाई बधाईसहित सम्मान गरिएको छ ।
आस्था झाले ८२ औं, प्रिन्स झाले १४६ औं र चन्दन यादवले १९९ औं रैंकमा नाम निकाल्न सफल भएको हो । ती सफल विद्यार्थीहरुलाई क्याम्पसका संस्थापक प्रिन्सिपल मनोज साह, प्राध्यापक मिथिलेश झा, राकेश रञ्जन झा, अभिभावकहरु र नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य राजेश कुमार कर्णसहित उपस्थित शिक्षकहरुले सम्मान गरेका थिए ।

सो सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै सफल छात्रा आस्था झाले गरे जे पनि हुन सक्ने भन्ने अठोतता व्यक्त गरेकी थिइन । उनले एमबीबीएसमा काठमाण्डौ नै गएर नाम निकाल्न सकिन्छ भन्ने जरुरी छैन । आफूहरु घरमै तयारी गरेर नाम निकाल्न सफल भएको उदाहरण प्रस्तुत गर्दै विद्यार्थीहरुको हौसला प्रदान गरेकी थिइन ।
यस्तै विद्यार्थी चन्दन यादवले कुनै पनि प्रतिष्पर्धामा नाम निकाल्न पहिला बेश मजबूत बनाउनु जरुरी छ । त्यसपछि उच्च शिक्षामा सरहरुले दिएको नोटस र टास्क पुरा गरेमा त्यही पर्याप्त हुन्छ । र आफूपनि सोही आधारमा पढदा नाम निकाल्न सफल भएको बताएका थिए ।

पत्रकार राजेश कर्णले विद्यार्थीहरुले आफूमा केही गर्न सक्छु भन्ने अठोट लिएर अघि बढेमा एमबीबीएस मात्रै होइन कुनैपनि प्रतिष्पर्धामा नाम निकाल्न असम्भव छैन । अहिलेको डिजिटलयुगमा अध्ययन झन सजिलो भएको भन्दै विभिन्न युनिभरसिटी र क्याम्पसहरुको अनलाईन कक्षा र नोटस, प्रतिवेदनहरुलाई आधार बनाएर तयारी गरेमा प्रतिष्पर्धाका लागि राम्रो हुने सुझाव दिएका थिए ।
कार्यक्रमका अध्यक्षता गरेका क्याम्पसका संस्थापक प्रिन्सिपल मनोज साहले आफ्नो क्याम्पसबाट प्रत्येक वर्ष ७÷७ जनासम्म विभिन्न संकायका पूर्ण छात्रवृतिमा नाम निकाल्ने गरेको उदाहरण प्रस्तुत गर्दै अन्य विद्यार्थीहरुलाई मेहनत र इमान्दारीका साथ पढी दिन आग्रह गरेका थिए ।

उनले भने म क्याम्पसका २४ औं तपाई विद्यार्थीहरुको भविष्यका लागि गरिरहेको छु, तिमीहरुको अभिभावकले निकै दुख र मेहनत गरेर क्याम्पस फि बुझाउने गरेका छन । कम्तिमा ती कुराको ख्याल गरी पढी दिए झन यो भन्दा पनि बढी विद्यार्थी नाम निकाल्न सक्नेछ ।
वर्ष २०८२ को एसइई परीक्षामा मधेश प्रदेशमा सबभन्दा बढी ४ जिपीए ल्याउने स्कूलको रुपमा सोही क्याम्पसको मीट स्कूल रहेका थिए । सो वर्ष मिट स्कूलका अंकित साह, सबिन शर्मा, सन्जना कुमारी र श्रीसति मण्डल सहितका विद्यार्थीहरुले ४ जिपीएमा प्रदेशमै सबैभन्दा बढी अंक ल्याउन सफल भएका थिए ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !