जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालका सरोजकुमार यादव दाेश्राे पटक मधेस प्रदेशकाे मुख्यमन्त्री बनेका छन् ।
सबैभन्दा ठूलो दलको संसदीय दलका नेताको हैसियतले उनी मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।
प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णले नेपालको संविधानको धारा १६८ को उपधारा (३) बमोजिम यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेका छन् ।
तत्कालीन मुख्यमन्त्री कृष्णप्रसाद यादवले पदबाट राजीनामा दिएपछि नेपालको संविधानको धारा १६८ को उपधारा २ अनुसार सरकार गठनका लागि शुक्रबार अपरान्ह ४ बजेसम्मको समय दिएकोमा त्यस समयमा दावी पेश नभएपछि सोही धाराको उपधारा (३) बमोजिम यादवलाई नियुक्त गरिएको हो ।
उनी मधेसको सातौ मुख्यमन्त्री बनेका हुन् । यादव यसअघि दोस्रो कार्यकालका पहिलो मुख्यमन्त्रीको रुपमा नियुक्त भएका थिए ।
कांग्रेस पनि तीन दलीय गठबन्धनबाट अलग भई सरकारमा सहभागी सम्भावना बढेकाे छ । कांग्रेसका एक सांसदले भने कांग्रेस नेतृत्वकाे सरकार एमाले र नेकपाकै कारण ढलेकाले अब ती गठबन्धनसंग जाने कुरै भएन । हाम्राे साथ गठबन्धनमा सरकार निर्माणसम्मका लागि मात्र थियाे ।
जसपा नेतृत्वकाे मुख्यमन्त्री बनेपनि विश्वासकाे मतका लागि बहुमत चाहिन्छ नै । शुरूमा कांग्रेससंग कुरा भएकाे थियाे । त्याे बेलाकाे स्थिति फरक भएका कारण कुरा मिल्न सकेन, अब राजनितिक समीकरण फेरिएकाले नयां तरिकाले छलफल अघि बढनेछ ।
उनकाे यी भनाईले कांग्रेस पनि सरकारमा सहभागी हुने सम्भावना बढी देखिन्छ । जनमतले सरकारमा सहभागी नहुने घाेषणा गरेपनि पार्टी एक किताका सांसदहरू सरकारमा जाने मनसाय बनाई सकेकाे बुझिएकाे छ ।


















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !