Monday, October 12, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

सरकारी बेवास्ताले थलिदै प्रादेशिक अस्पताल, सर्पदंश उपचारमा उल्लेखनीय उपलब्धी


सरकारी बेवास्ताले थलिदै प्रादेशिक अस्पताल, सर्पदंश उपचारमा उल्लेखनीय उपलब्धी

जनकपुरधाम । सर्पदंशबाट पीडित जनकपुरधाम उपमहानगरपालिका–१४ निवासी महेश यादवको उपचार अभावमा मृत्यु भएपछि मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत सञ्चालित प्रादेशिक अस्पताल जनकपुरधाम विवादमा तानिएको छ ।

यादवको मृत्युलाई अस्पतालको लापरवाहीसँग जोडेर आरोप लगाइए पनि अस्पताल प्रशासन र प्रतिष्ठानले भने उपचारमा कुनै कमी नगरेको स्पष्ट पार्दै आएका छन्। घटनाले प्रदेशकै प्रमुख स्वास्थ्य संस्थामा आईसीयू बेड, दक्ष जनशक्ति र पूर्वाधार अभावको गम्भीर समस्या उजागर गरेको छ ।

अस्पतालका अनुसार असोज १४ गते राति करिब १२ बजे भर्ना भएका महेशलाई तत्काल उपचार सुरु गरी सर्पदंशका लक्षणका आधारमा १० भाइल एन्टी स्नेक भेनम (एएसभी) दिँदा सुधार नआएपछि थप पाँच भाइल एएसभी दिइयो ।

तर, उनको अवस्थाअनुसार थप विशेष उपचारका लागि आईसीयू आवश्यक थियो। अस्पतालमा आईसीयू बेड खाली नभएपछि उनलाई अन्यत्र लैजान सुझाव दिइएको प्रशासनको भनाइ छ ।

अस्पताल प्रशासनले स्रोतसाधन अनुसार उपचारमा कुनै कमी नगरेको दाबी गर्दै भन्छन अस्पतालबाट बाहिरिएपछि उनी कहाँ गए र कुन अवस्थामा मृत्यु भयो भन्ने जानकारी छैन ।

आइसीयु बेड उपलब्ध नगराइएकाे बारे अस्पताल प्रशासन भन्छन् गम्भीर एम बिरामीलाई आईसीयूबाट हटाएर अर्काे बिरामी दिनु मानवीय हिसाबले उचित हुदैन ।

विवादको मूल जड सरकार

स्थानीय बुद्धिजीवीहरूको बुझाइमा प्रादेशिक अस्पताल विवादमा तानिनुको प्रमुख कारण मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानभन्दा पनि संघीय र प्रदेश सरकारको स्वास्थ्य क्षेत्रप्रतिको बेवास्ता हो।

धनुषा, महोत्तरी, सिरहा र सर्लाहीसहित विभिन्न जिल्लाका बिरामीको चाप धान्दै आएको अस्पतालमा जम्मा १० वटा आईसीयू बेड हुनु चिन्ताजनक विषय हो। संघीय वा प्रदेश सरकारले आठ वर्षदेखि अस्पतालमा एउटा पनि आईसीयू बेड थप हुन नसकेको उनीहरूको भनाइ छ ।

करिब नौ वर्षअघि डा. राम परीक्षण यादव मेडिकल सुपरिटेन्डेन्ट रहेका बेला जडान गरिएका १० वटा आईसीयू बेड अहिलेसम्म सञ्चालनमा छन्। अस्पतालका निर्देशक डा. जामुन सिंहका अनुसार बिरामीको चापलाई ध्यानमा राख्दा कम्तीमा ५० वटा आईसीयू बेड आवश्यक छन्।

दैनिक एक सयदेखि डेढ सयसम्म सिकिस्त तथा गम्भीर प्रकृतिका बिरामी आउने गरे पनि आईसीयू अभावमा कतिपयलाई अन्यत्र रेफर गर्नुपर्ने वा उपलब्ध अवस्थामै सावधानीपूर्वक उपचार गर्नुपर्ने बाध्यता रहेको उनले बताए ।

अस्पतालको सेवा प्रवाहमा बिरामीको चाप अत्यधिक छ । दैनिक करिब तीन सय बिरामी इमर्जेन्सी र एक हजार पाँच सयभन्दा बढी बिरामी ओपीडी सेवाका लागि आउने गरेका छन् । यति धेरै बिरामीको उपचार सीमित स्रोतसाधन र उपकरणका भरमा गर्नुपरेको निर्देशक सिंहको भनाइ छ ।

२०४८ सालमा एक सय बेडको स्वीकृति पाएको प्रादेशिक अस्पतालको प्रदेश सरकारबाट अपेक्षित स्तरोन्नति हुन सकेको छैन। नयाँ दरबन्दीसमेत स्वीकृत भएको छैन। यद्यपि, मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान गठन भएपछि अस्पतालमा केही सुधार आएको दाबी गरिएको छ ।

निर्देशक सिंहका अनुसार एक सय बेडको स्वीकृति भए पनि प्रतिष्ठानको सहयोगमा हाल ३९० बेड सञ्चालनमा छन्। आन्तरिक स्रोतबाट जेनतेन जनशक्ति र अन्य व्यवस्थापन गर्दै आएको अस्पताललाई दैनिक १५ सयभन्दा बढी बिरामीको चाप धान्न कम्तीमा ८०० बेड आवश्यक रहेको उनले बताए ।

महेशको मृत्युपछि प्रतिनिधिसभा सदस्य (सांसद) मनिष झाले अस्पतालबारे गरेको टिप्पणीलाई लिएर पनि आलोचना भइरहेको छ ।

यसै क्षेत्रका सांसद रहेका झाले प्रतिनिधिसभामा अस्पतालको लापरबाही भनेर बोले पनि हालसम्म अस्पतालको अवस्था र सेवा सुविधा तथा बिरामीको स्वास्थ्य अवस्थाबारे भने अनुगमनसमेत नगर्नु र सस्तो लोकप्रियताका लागि भाषणवाजी रूपमा चर्चा चुलिन थालिएको छ।

सर्पदंशबाट मृत्यु हुनु दुर्भाग्य भए पनि आवश्यक उपचार दिने क्षमता विकास गर्न नसक्नु राज्यको विफलता हो । नागरिकलाई उपचारका लागि अस्पतालमा बेड र आईसीयु उपलब्ध नहुनु जति दाेषी प्रदेश सरकार छन त्यतिकै दाेषी संघीय सरकार पनि हाे ।

अस्पतालकाे विस्तार, दक्ष जनशक्तिको दरबन्दी र पर्याप्त बजेट व्यवस्थापनमा प्रदेश र संघ दुवै सरकारकाे दायित्व उतिकै रहेकाे छ ।

८ सय बेडको आवश्यकता

बिरामीको चापअनुसार संघीय र प्रदेश सरकारले थप जनशक्ति व्यवस्थापनका लागि पर्याप्त बजेट उपलब्ध नगराउँदा समस्या थपिएको छ। बिरामीबाट लिइने न्यून शुल्क र प्रदेश सरकारबाट प्राप्त रकममध्ये प्रतिष्ठानले गर्ने सहयोगका आधारमा अस्पताल सञ्चालनको प्रयास भइरहेको छ ।

थप २० आईसीयू बेड सञ्चालनको तयारी

बिरामीको चाप बढ्दै गएपछि प्रतिष्ठानको सहयोग र अस्पतालको आफ्नै स्रोतबाट थप २० वटा आईसीयू बेड निर्माण भइरहेको निर्देशक सिंहले जानकारी दिए। उनका अनुसार आईसीयूका लागि आवश्यक पूर्वाधार तयार भइसकेको छ भने उपकरण आउन बाँकी छ।

मेसिन प्राप्त भएपछि जडान गरी सेवा सञ्चालनमा ल्याइनेछ। थप बेड सञ्चालनमा आएपछि आईसीयू अभावको समस्या केही हदसम्म समाधान हुने अपेक्षा गरिएको छ ।

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्ट्रार डा. विनोद यादवले पनि आईसीयू बेड, उपकरण तथा जनशक्ति थप गर्न प्रदेश सरकारसँग पटकपटक लिखित र मौखिक रूपमा माग गर्दा पनि अपेक्षित चासो नदेखाइएको बताए। प्रदेश सरकारले चासो नलिएपछि प्रतिष्ठान र अस्पताल आफैँले थप आईसीयू बेड सञ्चालनको तयारी अघि बढाएको उनको भनाइ छ ।

सर्पदंश उपचारमा उल्लेखनीय उपलब्धी

डा. यादवका अनुसार आईसीयू सञ्चालनमा उपकरणसँगै दक्ष जनशक्तिको अभाव पनि उत्तिकै गम्भीर छ। एउटा आईसीयू बेडका लागि कम्तीमा चार जना नर्स आवश्यक पर्ने भए पनि ४० जना नर्स हुनुपर्ने अवस्थामा जम्मा १६ जना नर्सले १० वटा आईसीयू बेड सञ्चालन गर्नुपरेको छ ।

अस्पतालको अभिलेखअनुसार पछिल्ला दुई आर्थिक वर्षमा सर्पदंशका कारण भर्ना भएका एक हजार ७५३ बिरामीमध्ये १० जनाको मृत्यु भएको छ । आर्थिक वर्ष २०८१/०८२ मा ८२० जना भर्ना भएकामध्ये ५७ जनालाई एएसभी दिइएको थियो।

तीमध्ये ४८ जना निको भएका, तीन जना अन्यत्र उपचारका लागि गएका र छ जनाको मृत्यु भएको अस्पतालले जनाएको छ। अधिकांश बिरामीलाई विषरहित सर्पले टोकेका कारण सामान्य उपचारबाटै निको भएका थिए ।

त्यस्तै, आर्थिक वर्ष २०८२/०८३ मा ९५३ जना भर्ना भएकामध्ये ७१ जनालाई एएसभी दिएर उपचार गरिएको थियो। तीमध्ये ६६ जना निको भएर घर फर्किएका, एक जना अन्यत्र उपचारका लागि गएका र चार जनाको मृत्यु भएको अस्पतालको विवरण छ । उक्त वर्ष ७१ जना बिरामीको उपचारमा एक हजार २८७ भाइल एएसभी खर्च भएको अस्पतालले जनाएको छ ।

निर्देशक सिंहका अनुसार विगतमा एएसभीको अभाव रहे पनि पछिल्ला वर्षमा संघीय सरकारले पर्याप्त मात्रामा उपलब्ध गराउँदै आएको छ। अहिले मुख्य समस्या आईसीयू बेड र जनशक्तिको अभाव रहेको उनको भनाइ छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

जनकपुरधाममा पनि खुल्यो ‘याडिया’ स्कूटरको शोरुम
Blast News

जनकपुरधाममा पनि खुल्यो ‘याडिया’ स्कूटरको शोरुम

२०८३ आश्विन २५, आईतवार १९:१७
चार वर्षसम्म कागजमै सिमित मेयर साहकाे २१ बुँदे प्रतिबद्धता, मतसंग खेलवाडकाे आराेप
Blast News

चार वर्षसम्म कागजमै सिमित मेयर साहकाे २१ बुँदे प्रतिबद्धता, मतसंग खेलवाडकाे आराेप

२०८३ आश्विन २५, आईतवार १९:१७
को हुन् नेता महेन्द्र यादव, कांग्रेस जोगाउनमा उनको भूमिका
Blast News

को हुन् नेता महेन्द्र यादव, कांग्रेस जोगाउनमा उनको भूमिका

२०८३ आश्विन २५, आईतवार १९:१७
कांग्रेसमा महेन्द्रको लामो संगठनात्मक अनुभव र क्षमता, अन्यको आबद्धता कति ?
Blast News

कांग्रेसमा महेन्द्रको लामो संगठनात्मक अनुभव र क्षमता, अन्यको आबद्धता कति ?

२०८३ आश्विन २५, आईतवार १९:१७
जानकी आँखा अस्पतालको कोषाध्यक्षमा साह
Blast News

जानकी आँखा अस्पतालको कोषाध्यक्षमा साह

२०८३ आश्विन २५, आईतवार १९:१७
सहमहामन्त्रीमा फेरि महेन्द्र यादवको दाबी, ‘अनुभवलाई संगठन सुदृढीकरणमा लगाउँछु’
Blast News

सहमहामन्त्रीमा फेरि महेन्द्र यादवको दाबी, ‘अनुभवलाई संगठन सुदृढीकरणमा लगाउँछु’

२०८३ आश्विन २५, आईतवार १९:१७

ताजा खबर

जनकपुरधाममा पनि खुल्यो ‘याडिया’ स्कूटरको शोरुम

जनकपुरधाममा पनि खुल्यो ‘याडिया’ स्कूटरको शोरुम

सरकारी बेवास्ताले थलिदै प्रादेशिक अस्पताल, सर्पदंश उपचारमा उल्लेखनीय उपलब्धी

सरकारी बेवास्ताले थलिदै प्रादेशिक अस्पताल, सर्पदंश उपचारमा उल्लेखनीय उपलब्धी

चार वर्षसम्म कागजमै सिमित मेयर साहकाे २१ बुँदे प्रतिबद्धता, मतसंग खेलवाडकाे आराेप

चार वर्षसम्म कागजमै सिमित मेयर साहकाे २१ बुँदे प्रतिबद्धता, मतसंग खेलवाडकाे आराेप

को हुन् नेता महेन्द्र यादव, कांग्रेस जोगाउनमा उनको भूमिका

को हुन् नेता महेन्द्र यादव, कांग्रेस जोगाउनमा उनको भूमिका

कांग्रेसमा महेन्द्रको लामो संगठनात्मक अनुभव र क्षमता, अन्यको आबद्धता कति ?

कांग्रेसमा महेन्द्रको लामो संगठनात्मक अनुभव र क्षमता, अन्यको आबद्धता कति ?

जानकी आँखा अस्पतालको कोषाध्यक्षमा साह

जानकी आँखा अस्पतालको कोषाध्यक्षमा साह

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव