Sunday, September 27, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष


सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

जनकपुरधाम, ६ असाेज । मधेश प्रदेश सरकारका ऊर्जा, सिचाई तथा खानेपानी मन्त्रालयले प्रशासनिक खर्च घट्ने र सेवाग्राहीलाई राहत हुने अपेक्षा एकीकृत डिभिजन कार्यालयहरु संचालन प्रक्रिया अघि बढाइएको छ ।

मन्त्रालय अन्तर्गत छरिएर रहेका विषयगत डिभिजन कार्यालयहरूलाई एकीकृत गरी एउटै सेवा केन्द्रबाट सेवा प्रवाह गर्ने प्रक्रिया औपचारिक रूपमा अघि बढाएको हो ।

छुट्टाछुट्टै संरचना हुँदा सञ्चालन खर्चिलो र झन्झटिलो बनेको भन्दै मन्त्रालयले जलस्रोत तथा सिँचाइ विकास डिभिजन, खानेपानी तथा सरसफाइ डिभिजन र भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजनलाई गाभेर एकीकृत सेवा केन्द्रको अवधारणा कार्यान्वयनमा ल्याएको हो ।

मधेश प्रदेशका आठवटै जिल्लामा जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयहरू सञ्चालनमा थिए। खानेपानी तथा सरसफाइ डिभिजनतर्फ ४ वटा कार्यालय (सप्तरी, महोत्तरी, सर्लाही र बारा) र भूमिगत जलस्रोत तथा सिँचाइ विकासतर्फ ४ वटा कार्यालय (सिरहा, महोत्तरी, सर्लाही र पर्सा) ले कार्यक्षेत्र बाँडेर छिमेकी जिल्लाहरू समेत हेर्दै आएका थिए ।

यसरी एउटै प्रकृतिका कामका लागि छुट्टाछुट्टै कार्यालय, घरभाडा, सवारी र प्रशासनिक संरचना खडा गर्दा प्रदेश सरकारमाथि थप वित्तीय भार परिरहेको थियो । ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयका सचिव होमनाथ पौडेलले मन्त्री एकीकृत डिभिजन कार्यालय संचालन प्रक्रिया अघि बढाइए सकिएको जानकारी दिएका छन् ।

उनले भने सरुवा भएका कर्मचारीहरु आफ्नो कार्यालयमा हाजिर लगतै अन्य व्यवस्थापनहरुपछि संचालनमा आउनेछ । पछिल्लो पटक मन्त्रिपरिषद्बाट ऊर्जा मन्त्रालयका डिभिजन कार्यालय एकीकरणको निर्णय गरिएको थियो ।

एउटै प्रकृतिका सेवा प्रवाहका लागि छुट्टाछुट्टै कार्यालयमा धाउनुपर्ने बाध्यता अन्त्य गर्न र प्रदेश सरकारको अनावश्यक प्रशासनिक खर्च कटौती गर्न तीनवटै डिभिजनलाई गाभिएको उर्जा मन्त्री जवाहर कुशवाहाले जानकारी दिएका छन् । अब आगामी सातादेखि नै एकीकृत सेवा केन्द्रबाट सेवा प्रवाह सुरु गर्ने गरी मन्त्रालय तयारीको अन्तिम चरणमा पुगेको छ।

मन्त्रालयका सचिव होमनाथ पौडेलका अनुसार कार्यालय एकीकरणपछि हरेक जिल्लामा एउटै मुख्य कार्यालय र एउटै कार्यालय प्रमुख (डिभिजन प्रमुख) रहने व्यवस्था गरिएको छ । हाल सञ्चालनमा रहेका छुट्टाछुट्टै डिभिजनहरू भने नयाँ एकीकृत कार्यालय अन्तर्गत ‘शाखा’ को रूपमा रहनेछन् ।

यस्तै, जनकपुरधाममा रहेको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयलाई ‘जलस्रोत तथा ऊर्जा विकास निर्देशनालय’ मा परिणत गरिएको छ ।

जिल्लास्थित एकीकृत डिभिजन कार्यालयहरूको अनुगमन, प्राविधिक सुपरिवेक्षण र नीतिगत निर्देशन अब यही निर्देशनालयमार्फत हुनेछ । नयाँ संरचना अनुसार स्थायी दरबन्दी कायम गर्न संगठन तथा व्यवस्थापनसर्भेको तयारी भइरहेको बताइएको छ ।

कर्मचारीहरु खटाइयो

यसैबीच, कार्यालय एकीकरणसँगै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पछिल्लो निर्णयानुसार मन्त्रालय मातहत कार्यरत १६ जना वरिष्ठ इन्जिनियर (सि.डि.ई. तथा सि.डि.हा.जी.) हरूको व्यापक सरुवा, पदस्थापन तथा फाजिल/निलम्बन व्यवस्थापन गरिएको छ ।

एकीकृत कार्यालय अनुसार इन्जिनीयर हरुलाई सरुवा गरी खटाइएको छ । जलस्रोत तथा सिँचाइ विकास डिभिजन बाराको दरबन्दी भई मन्त्रालयमा कार्यरत अधिकृत दशौँ तहका (सि.डि.ई.) राम कुमार खङ्ग र मन्त्रालयमै कार्यरत सि.डि.ई. वरुण कुमार कर्णलाई जलस्रोत तथा ऊर्जा विकास निर्देशनालय, मधेश प्रदेशमा पदस्थापन गरिएको छ ।

जलस्रोत तथा सिँचाइ विकास डिभिजन सिरहामा कार्यरत सि.डि.ई. सुमन कुमार झालाई ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयमा ल्याइएको छ। त्यस्तै, जलस्रोत तथा सिँचाइ विकास डिभिजन सप्तरीका सि.डि.ई. रमण कुमार साहलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अतिरिक्त समूह (फाजिल) मा पठाइएको छ ।

यस्तै जलस्रोत तथा सिँचाइ विकास डिभिजन सिरहा दरबन्दी भई मन्त्रालयमा रहेका सि.डि.ई. हसमत अंसारीलाई मन्त्रालयमै पदस्थापन गरिएको छ भने नयाँ एकीकृत जिल्ला डिभिजन कार्यालयहरूको नेतृत्व सम्हाल्ने गरी जलस्रोत तथा सिँचाइ विकास डिभिजन धनुषाका सि.डि.ई. श्याम किशोर साफीलाई ऊर्जा, सिँचाई तथा खानेपानी डिभिजन महोत्तरीमा पठाइएको छ ।

जलस्रोत तथा सिँचाइ विकास डिभिजन महोत्तरीका सि.डि.ई. अरुण लाल कर्णलाई ऊर्जा, सिँचाई तथा खानेपानी डिभिजन रौतहटमा, जलस्रोत तथा सिँचाइ विकास डिभिजन सर्लाहीका सि.डि.ई. श्याम कुमार तिमल्सिनालाई सोही जिल्लाको एकीकृत ऊर्जा, सिँचाई तथा खानेपानी डिभिजन सर्लाहीमा, जलस्रोत तथा सिँचाइ विकास डिभिजन रौतहटका सि.डि.ई. भक्त कुमार लाललाई ऊर्जा, सिँचाई तथा खानेपानी डिभिजन सप्तरीमा र जलस्रोत तथा सिँचाइ विकास डिभिजन पर्साका सि.डि.ई. माधव देवलाई ऊर्जा, सिँचाई तथा खानेपानी डिभिजन पर्सामा पदस्थापन गरिएको छ ।

हाइड्रोजियोलोजी समूह (सि.डि.हा.जी.) तर्फ भूमिगत जलस्रोत तथा सिँचाइ डिभिजन महोत्तरी दरबन्दी भई मन्त्रालयमा रहेका अधिकृत नवौँ तहका नयन पोखरेललाई मन्त्रालयमै राखिएको छ भने भूमिगत जलस्रोत तथा सिँचाइ डिभिजन सिरहाका सि.डि.हा.जी. विकास ठाकुरलाई जलस्रोत तथा ऊर्जा विकास निर्देशनालय, मधेश प्रदेशमा सरुवा गरिएको छ ।

भूमिगत जलस्रोत तथा सिँचाइ डिभिजन सर्लाहीकी सि.डि.हा.जी. अनुपमा ढकाललाई निलम्बनको अवस्थामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय -अतिरिक्त समूह) मा राखिएको छ भने भूमिगत जलस्रोत तथा सिँचाइ डिभिजन पर्साका सि.डि.हा.जी. प्रकाश ज्ञवालीलाई भूमिगत जलस्रोत विकास केन्द्र महोत्तरीमा पठाइएको छ ।

यसैगरी, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय सप्तरीका सि.डि.ई. विश्वनाथ प्रसाद यादवलाई ऊर्जा, सिँचाई तथा खानेपानी डिभिजन सिरहामा र खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय महोत्तरीका सि.डि.ई. संजिव कुमार साहलाई ऊर्जा, सिँचाई तथा खानेपानी डिभिजन बारामा पदस्थापन गरिएको छ ।

कर्मचारी व्यवस्थापनसँगै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मन्त्रालयमा रहेका फाजिल तथा अतिरिक्त स्थायी दरबन्दीका कर्मचारीहरूलाई अन्य मन्त्रालय वा निकायमा समायोजन गर्ने तयारी गरेको छ । साथै, प्रदेश सरकारको पूर्व निर्णय अनुसार अन्य मन्त्रालयहरूमा १५ प्रतिशत करार कर्मचारी कटौती भइसकेकोमा अब यी डिभिजन कार्यालयहरूमा कार्यरत अधिकांश करार कर्मचारीहरूलाई हटाउने र अत्यावश्यक सीमित कर्मचारीलाई मात्र निरन्तरता दिइने भएको छ ।

नयाँ सरुवा भएका कर्मचारीहरूले कार्यस्थलमा पुगेर पदभार सम्हालेसँगै आगामी साताबाटै एकीकृत सेवा केन्द्रमार्फत खानेपानी, सिँचाइ र जलस्रोत सम्बन्धी सम्पूर्ण सेवाहरू एउटै कार्यालयबाट प्रवाह हुनेछ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

२०८३ आश्विन १०, शनिबार २२:४६
ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

२०८३ आश्विन १०, शनिबार २२:४६
जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

२०८३ आश्विन १०, शनिबार २२:४६
जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

२०८३ आश्विन १०, शनिबार २२:४६
जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०८३ आश्विन १०, शनिबार २२:४६
मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

२०८३ आश्विन १०, शनिबार २२:४६

ताजा खबर

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव