Tuesday, September 29, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा


मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा

जनकपुरधाम । अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी विभिन्न मुद्दामा पक्राउ परेका धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१६, कपिलेश्वरका एकै परिवारका तीन जनालाई जिल्ला अदालत धनुषाले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ ।

अदालतले ५३ वर्षीय गोपाल साह, उनकी भाइबुहारी ४८ वर्षीया रेखा कुमारी साह र रेखाका ३२ वर्षीय छोरा हरेराम साहलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । उनीहरूमाथि दायर भएका ६ वटा मुद्दामध्ये गोविन्द साहले दिएको मुद्दामा तीनै जनालाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्ने आदेश भएको जिल्ला अदालत धनुषाका श्रेस्तेदार दीपक पोखरेलले जानकारी दिए ।

इजलास नम्बर ११ मा न्यायाधीश हिरामाया अवालको एकल इजलासले बिहीबार उक्त आदेश गरेको हो । बाँकी पाँच मुद्दामा भने प्रतिवादीहरूलाई जनही एक लाख रुपैयाँ धरौटी माग गरिएको श्रेस्तेदार पोखरेलले बताए ।

मिटरब्याजसम्बन्धी उजुरी परेपछि प्रहरीले साह परिवारका सदस्यहरूलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो । अनुसन्धान पूरा भएपछि उनीहरूलाई अदालतमा पेस गरिएको थियो । तत्काल प्राप्त प्रमाणका आधारमा अदालतले तीनै जनालाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्ने निर्णय गरेको हो ।

अदालतको आदेशमा गोविन्द साहले दिएको जाहेरी तथा जाहेरवालासहित रामरतन पासमान, रामऔतार साह र रोहितकुमार साहले दिएको घटना विवरणलाई प्रमाणका रूपमा उल्लेख गरिएको छ । त्यसैगरी, प्रतिवादीहरूले बयानका क्रममा जाहेरवालालाई रकम दिन वा दिलाउने कार्य गरेको स्वीकार गरेको विवरणलाई समेत अदालतले आधार बनाएको छ ।

मुद्दामा जोडिएको कि.नं. ७१३ को जग्गा रेखा कुमारी साहको नाममा दर्ता रहेको भए पनि हाल उक्त जग्गा जाहेरवाला रेणु साहकै हकभोगमा रहेको देखिएको सर्जमिन मुचुल्का र जनकपुरधाम उपमहानगरपालिका–१६ नम्बर वडा कार्यालयको पत्रलाई पनि अदालतले प्रमाणका रूपमा लिएको छ ।

त्यस्तै, मुद्दाको मिसिलमा संलग्न अडियो क्लिपमा भएको कुराकानी वास्तविक रहेको कुरा प्रतिवादीहरूले समेत स्वीकार गरेको अदालतको आदेशमा उल्लेख छ । तत्काल प्राप्त प्रमाणको अवस्थाबाट आरोपितहरूलाई यही चरणमा निर्दोष भन्न सकिने अवस्था नरहेको ठहर गर्दै अदालतले थप प्रमाण बुझ्दै जाँदा कानूनबमोजिम हुने गरी हाललाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्ने आदेश दिएको हो ।

अदालतले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६७ बमोजिम तीनै जनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको हो । आदेशपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरेर गोपाल साह र हरेराम साहलाई जलेश्वर कारागार पठाइएको छ । महिला बन्दी राख्ने व्यवस्था जलेश्वर कारागारमा नभएकाले रेखा कुमारी साहलाई सिन्धुली कारागार पठाइएको अदालतका श्रेस्तेदार पोखरेलले बताए ।

साह परिवारविरुद्ध परेको अन्य मुद्दामा बहरु राउतले गोपाल साह, रामरती देवी र रामझरी देवीलाई प्रतिवादी बनाएका छन् । गोविन्द साहको मुद्दामा हरेराम साह, रेखा कुमारी साह, गोपाल साह र फरार रहेका बलराम साहलाई प्रतिवादी बनाइएको छ ।

त्यसैगरी, मो. कासिमको मुद्दामा रेखा साह र हरेराम साह, निलम कुमारीको मुद्दामा पनि रेखा साह र हरेराम साह तथा मो. युसुफ राईन र राजीवकुमार सिंह दनुवारले दिएको मुद्दामा गोपाल साहलाई प्रतिवादी बनाइएको छ । मुद्दामा प्रतिवादी बनाइएका बलराम साह भने हाल फरार रहेको बताइएको छ । उनी रेखा कुमारी साहका श्रीमान् हुन् ।

अदालतले गरेको आदेश अन्तिम फैसला भने होइन । मुद्दाको सुनुवाइका क्रममा थप प्रमाण तथा दुवै पक्षका दाबी–प्रतिदाबी परीक्षण भएपछि मात्रै आरोप पुष्टि भए वा नभएको विषयमा अन्तिम निर्णय हुने छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष
Blast News

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

२०८३ श्रावण २९, शुक्रबार २१:२२
नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

२०८३ श्रावण २९, शुक्रबार २१:२२
ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

२०८३ श्रावण २९, शुक्रबार २१:२२
जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

२०८३ श्रावण २९, शुक्रबार २१:२२
जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

२०८३ श्रावण २९, शुक्रबार २१:२२
जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०८३ श्रावण २९, शुक्रबार २१:२२

ताजा खबर

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव