Monday, April 20, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

गापा अध्यक्ष नै वडा कार्यालय आगजनी र तोडफोड गरेकाे आराेप


गापा अध्यक्ष नै वडा कार्यालय आगजनी र तोडफोड गरेकाे आराेप

जनकपुरधाम । धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका–२ स्थित वडा कार्यालय, स्वास्थ्य कार्यालय र हुलाक कार्यालयमा भएको तोडफोड, लुटपाट तथा आगजनी घटनामा गाउँपालिका अध्यक्ष जयकुमार यादवकै संलग्नता रहेको आरोप लगाइएको छ।

उक्त घटनाबारे आवश्यक अनुसन्धान र कारबाहीको वडाध्यक्ष नरेश प्रसाद यादवले जिल्ला प्रशासन कार्यालय धनुषासंग माग गरेको छ। उनले कारवाहीकाे माग गर्दै प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइटेललाई निवेदन दिएका छन् ।

वडाध्यक्षका अनुसार २०८२ भदाै २४ गते राति करिब २:३० बजे अज्ञात समूहले ती कार्यालयहरूमा आक्रमण गर्दै तोडफोड, लुटपाट र आगजनी गरेका थिए। घटनाबाट कार्यालयहरू पूर्ण रूपमा क्षतिग्रस्त भएकाे थियाे । सो घटनाको दृश्य सीसीटीभी फुटेजमा समेत कैद भएकोमा साे बमाेजिम कारवाहीकाे माग गरेकाे छ ।

वडा कार्यालयले जिल्ला प्रहरी कार्यालय धनुषालाई घटनाको अनुसन्धानका लागि आवश्यक प्रमाणसहित निवेदन दिएको र समयमै सहयोग पनि गरेको जनाएको छ। तर, पछिल्लो विवरणअनुसार घटनामा संलग्न व्यक्तिहरूले पूर्वयोजना बनाएर नै आक्रमण गरेको दाबी गरिएको छ।

पत्रमा उल्लेख भएअनुसार गाउँपालिका अध्यक्ष जयकुमार यादवले घटना हुनुभन्दा केही समयअघि नै अपराधीहरू फोन सम्पर्क रहेकाे र आफ्नाे निवासमा बैठक बसेर योजना बनाएको गतिविधि निजकाे निवासमा लगाइएकाे सीसीटीभी फुटेजबाट समेत पुष्टि हुने दाबी गरिएको छ।

वडा कार्यालयले अध्यक्ष यादवमाथि भ्रष्टाचारसम्बन्धी प्रमाणहरू नष्ट गर्नकै उद्देश्यले कार्यालयहरूमा आगजनी गराइएको आशंका व्यक्त गरेको छ। साथै, अध्यक्षले आफ्ना विरुद्धका प्रमाणहरू नष्ट गर्न भूमिका खेलेको आरोपसमेत साे निवेदनमा लगाइएको छ।

वडा कार्यालयले साे निवेदन पत्रकाे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, मधेश प्रदेश सरकार, जिल्ला प्रहरी कार्यालय धनुषा र पत्रकार महासंघलगायत निकायमा समेत बोधार्थ पठाउँदै निष्पक्ष छानबिन र दोषीमाथि कडा कारबाहीको माग गरेको छ।

पालिकामा घटनाबारे सप्रमाण वडाबाट पेश गर्दा गाउंपालिका अध्यक्ष जयकुमारले आफू फंस्ने डरले कारवाही प्रक्रिया अघि नबढाएकाे आराेप समेत वडाध्यक्ष नरेशकाे रहेकाे छ । यता जिल्ला प्रशासन कार्यालयले जिल्ला प्रहरी कार्यालय धनुषालाई आवश्यक कारवाही प्रक्रिया अघि बढाउन पत्राचार समेत गरेकाे बुझिएकाे छ ।

स्थानीय तहकै प्रमुखमाथि यस्तो गम्भीर आरोप लागेपछि घटनाले थप राजनीतिक र प्रशासनिक तरंग सिर्जना गरेको छ। अहिले यस घटनाको निष्पक्ष अनुसन्धान हुने वा नहुने भन्ने विषयमा स्थानीयस्तरमा चासो बढेको छ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

जानकी फन पार्कमा खुल्यो बगैँचा रेष्टुरेन्ट
Blast News

जानकी फन पार्कमा खुल्यो बगैँचा रेष्टुरेन्ट

२०८३ बैशाख ७, सोमबार १५:२२
मटिहानीलाई उत्कृष्ट नगरपालिकाको अवार्ड
Blast News

मटिहानीलाई उत्कृष्ट नगरपालिकाको अवार्ड

२०८३ बैशाख ७, सोमबार १५:२२
मधेशकाे सुरक्षा व्यवस्थामा उच्च सतर्कता
Blast News

बिचाैलियाकाे नाममा लेखापढी व्यवसायीलाई धरपकड, ४२ जना पक्राउ

२०८३ बैशाख ७, सोमबार १५:२२
मेयर मण्डलले कर्मचारी कुटेकाे आराेप, कारवाहीकाे माग
Blast News

मेयर मण्डलले कर्मचारी कुटेकाे आराेप, कारवाहीकाे माग

२०८३ बैशाख ७, सोमबार १५:२२
माेटरसाइकल एक आपसमा ठाेकिंदा ३ काे मृत्यु
Blast News

माेटरसाइकल एक आपसमा ठाेकिंदा ३ काे मृत्यु

२०८३ बैशाख ७, सोमबार १५:२२
रेडक्रसलाई दलीयकरण गर्न सदस्यता वितरणमा अनियमितता
Blast News

रेडक्रसलाई दलीयकरण गर्न सदस्यता वितरणमा अनियमितता

२०८३ बैशाख ७, सोमबार १५:२२

ताजा खबर

गापा अध्यक्ष नै वडा कार्यालय आगजनी र तोडफोड गरेकाे आराेप

गापा अध्यक्ष नै वडा कार्यालय आगजनी र तोडफोड गरेकाे आराेप

जानकी फन पार्कमा खुल्यो बगैँचा रेष्टुरेन्ट

जानकी फन पार्कमा खुल्यो बगैँचा रेष्टुरेन्ट

मटिहानीलाई उत्कृष्ट नगरपालिकाको अवार्ड

मटिहानीलाई उत्कृष्ट नगरपालिकाको अवार्ड

मधेशकाे सुरक्षा व्यवस्थामा उच्च सतर्कता

बिचाैलियाकाे नाममा लेखापढी व्यवसायीलाई धरपकड, ४२ जना पक्राउ

मेयर मण्डलले कर्मचारी कुटेकाे आराेप, कारवाहीकाे माग

मेयर मण्डलले कर्मचारी कुटेकाे आराेप, कारवाहीकाे माग

माेटरसाइकल एक आपसमा ठाेकिंदा ३ काे मृत्यु

माेटरसाइकल एक आपसमा ठाेकिंदा ३ काे मृत्यु

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव