जनकपुरधाम, जेठ १४ गते । मधेश प्रदेश सभाका महिला तथा सीमान्तकृत समुदायका सांसद (प्रदेश सभा सदस्यहरुलाई सीपमा आधारित क्षमता अभिवृद्धि तालिम दिइएको छ ।
यू.एन.डी.पी./पी.एस.पी.को सहयोग र मधेश प्रदेश सभाको समन्वयमा सामुदायिक सुधार केन्द्र (सिआईसी) द्वारा आयोजित सो सीपमा आधारित क्षमता अभिवृद्ध तालिममा संसदीय यात्रामा महिलाको नेतृत्व, व्यक्तित्व विकास, प्रदेश सभामा महिला सांसदको भूमिका बारे जानकारी गराइएको छ ।
नेपाल सरकारका पूर्व सचिव रहिसकेका प्रशिक्षक कृष्णहरी बास्कोटाले संसदीय यात्रामा महिलाको नेतृत्व कसरी गर्ने र एउटी महिला सांसदले आफ्नो नेतृत्व विकास कसरी गर्न सक्ने बारे तालिम दिएको थियो ।

यस्तै विज्ञको रहेका प्रशिक्षक लक्ष्मीचन्द्र महतले महिला सांसदको भूमिका विषयमा समावेशीकरण निती निर्माण, महिला सशक्तिकरण लैङ्गिक समानता र सामाजिक समावेशीकरण (जीईएसआई) बारे जानकारी गराएका थिए ।
नेतृत्व यात्रामा महिलाको भूमिका बारे प्रशिक्षक बास्कोटाले संघीय र प्रदेशमा महिला सांसदको अवस्था निती निर्माण के के गर्न सकिन्छ, आफ्नो अधिकार कसरी स्थापित गर्न सक्ने, संसदीय यात्राको क्रममा एउटा महिला सांसदले जनताका लागि के कस्ता काम गरेर आफ्नो नेतृत्व स्थापित गर्न सक्छ भन्ने बारे विस्तारमा सम्झाएका थिए ।

उनले व्यक्तित्व विकासका लागि एउटा सांसद जस्ता व्यक्तिले प्रदेश सभामा कसरी बोल्ने, कसरी बस्ने, पदीय मर्याटामा रहन कस्ता लुगा लगाउने, रहन सहन कस्तो हुनु परयो, जनता र उच्च तहका व्यक्तिसँग कसरी संवाद गर्ने, आफ्नो भाषणले जनतालाई कसरी आकर्षित पार्न सक्ने व्यक्तित्व विकासका बारेमा समेत जानकारी गराएका थिए । उनले व्यक्ति विकासका लागि अन्तराष्ट्रिय प्रचलनमा रहेका र व्यवहारिक प्रयोजनमा आइरहेको बारे रहन सहन र पहिरन बारे जानकारी दिएका थिए ।

यस्तै विज्ञ महतले संसद भित्र महिला र सीमान्तकृत सांसद कसरी बहिष्करणमा परेका छन भने त्यसबाट आफू र जनताले कसरी उन्मुक्ति पाउन सक्ने गरी समावेशीकरण सहितको के कस्ता निती निर्माण गर्न सक्ने लगायतका विषयमा विस्तारमा जानकारी गराएका थिए ।
सो तालिमकाे उद्देश्य र दृष्टिकोण बारे यूएनडीपी/पीएसपीका संसदीय मामिला अधिकृत बिटुबाबु श्रीवास्तवले प्रकाश पारेका थिए ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !