जनकपुरधाम, मंसिर २० गते । महोत्तरीको मटिहानी नगरपालिकाले नगरस्थित किसानहरुलाई खेतीमा सहजताका लागि गहुँको सहयोग गरेका छन् ।
नगर स्तरीय योजना अन्तर्गत कृषि तर्फको स्वीकृत कार्यक्रम अनुसार लागत सहभागितामा कृषकहरुलाई उन्नत जातको गहूँको बिउ मटिहानी नगरपालिकाका मेयर हरि प्रसाद मण्डलले वितरण गरे । मेयर मण्डलले भने नगरपालिकाद्वारा वितरण गरिएको गहुँको बिउले किसानहरुलाई निकै राहत महसूस भएको होला ।
त्यसैगरी मटिहानी नगरपालिकाको ९ वटै वड़ाका जम्मा ९०० कृषकलाई १० किलो ग्रामको दरले बितरण गरिएको कुरा कृषि शाखा उप–प्रमुख श्री टंक प्रसाद उपाध्यायले बताएका छन् ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !