राजविराज, २० साउन । हत्या आराेपमा मधेश प्रदेश सांसद फरार सुचीाा रहेपनि कारवाही हुनुकाे सट्टा खुलेआम घुमिरहेका छन ।
सप्तरी क्षेत्र नम्बर ४(२) बाट प्रदेश सभा सदस्य पदमा निर्वाचित सांसद अनिरुद्ध सिंह यादव गोविन्द चौधरीको हत्या अभियोगमा अदालतबाट दोषी ठहर भएको देखिन्छ ।
सांसद यादवले पाएको कसुर सजाय नभोगेका फरार अभियुक्त रहेको समेत खुलेको छ । स्वतन्त्र सांसदका रुपमा निर्वाचित उहाँ २०७१ सालमै दोषी ठहर भएको जिल्ला अदलातको फैसलामा उल्लेख गरिएको छ ।
उनलाई सप्तरी लिल्ला अदालतका जिल्ला न्यायायधीश दुर्गाप्रसाद ढुङ्गेलको ईजलाशले २०७१ चैत्र ११ गते अनिरुद्र सहितका व्यक्तिलाई ४ वर्ष कैदको फैसला गरेको छ । उच्च अदालत जनकपुर, राजविराज इजलासका न्यायाधीश नारायण प्रसाद श्रेष्ठ र शेखरचन्द्र अर्यालेको २०७५ भदौँ ९ गतेको संयुतm इजलाशले उनको हकमा जिल्लाको फैसलालाई नै सदर गरेको छ । भने सर्वोच अदालतका न्यायाधीश प्रकाशमान सिंह राउत र वमकुमार श्रेष्ठ संयुक्त इजलासले २०७८ पुस १३ गते यसअघि जिल्ला तथा उच्च अदालतले गरेको गरेको निर्णयलाई नै सदर गर्ने आदेश दिएको देखिन्छ ।
आरोपित यादवको निर्देशनमा साविकको बोदे बर्साईन गाविस– ४ बाट वि.स २०६४ असार ९ गते सप्तरी खोक्सरप्रवाहा – १ का ३२ वर्षीय दिपु भन्ने गोविन्द चौधरीलाई नियन्त्रत्रणमा लिई नेङ्गडा गाविस–५ वैरिया टोलमा पु¥याई पीडितलाई पाँचवटा गोली हानी हत्या गरेको अभियोगपत्रमा आरोप छ । मृतकको २०६४ असार १० गते राजविराजस्थित अञ्चल अस्पतालमा शव परीक्षण भएको थियो ।
उक्त विषयमा जाहरी परेपछि यादव अदालतमा बयान दिनसमेत नआई फरार भएका थिए ।
अदालतले दोषी ठहर गरेपनि प्रहरीले भने हाल सम्म यादवलाई पक्राउ गरेको छैन । उनी २०७९ मंसिर ४ मा भएको प्रदेश सभा निर्वाचनमा भागलिई निर्वाचित भएको छ । फरारको सूचिमा रहेका यादवलाई प्रहरीले पक्राउ गरी कार्वाही भने गरेनन् ।
मृतकका दिदी धनगढी गाविस– की ३६ वर्षीया रीताकुमारी चौधरीले जिल्ला प्रहरी कार्यालय सप्तरीमा २०६४ असार १४ गते यादवसमेत नौ जनामाथि किटानी उजुरी दिएकी थिइन् ।
सप्तरी जिल्ला अदालतले अनिरुद्र सिंह यादव सहतिको विरुद्ध २०७१÷१२÷११ गरेको .फौसलामा भनिएको छ , प्रतिवादी उपरको मुलुकी ऐनको दफा १३ (४) को अभियोग दावी पुग्न सक्दैनन । प्रतिवादीको कसुर मुलुकी ऐन ज्यान सम्बन्धी महलको १७(२) बमोजिम मृतकलाई घेरा हाल्ने र मार्न संयोग पारिदिने सम्मको कसुरमा सग्लन भएको देखिन आउछ । यसरी प्रतिवादीको कसुर १७ (२) नम्बर सम्मको देखिदा सोहि नम्बर बमोजिम मृतकलाई घेरा हाल्ने र मार्नको निमित संयोग पारिदिने सम्मको कसुरकमा कसुरको मात्रका अधारमा यी प्रतिवादीलाई ४ वर्ष कैद हुन्छ ।
अदालतको फैसलामा के छ ?
यस्तै प्रतिबादी मध्येका ताराकान्त यादवले गरेको पुनराबेदनमा उच्च अदालत राजविराज इजलासले २०७५ भदौँ ९ गरेको फैसला अनुसार रुकमिनि चौधरीले. गरेको वकपत्र र जाहेरवालाको बकपत्र समेत बाट प्रतिवादी ताराकान्त यादव अरु किसिको मतलबी भएको पुष्टी भएको देखिएको हुदा प्रतिबादी ताराकान्त यादवलाई ज्यान सम्बन्धीको १७ (२) अनुसार ४ वर्ष कैद हुने ठर्हराएको सुरु सप्तरी जिल्ला अदालतको मिति २०७१÷१२÷११ को फैसला हद्सम्म मिलेको नदेखिदा केही उल्टीभई प्रतिवादी ताराकान्त यादवलाई ज्यान सम्बन्धीको १७ (३) अनुसार निज प्रतिवादीको कसुरको मात्राको आधारमा २ वर्ष कैद हुने र अरुको हकमा जिल्ला अदालतको फैसला मिलेको देखिदा सदर हुने ठहर छ ।
यसरी फैसलालाई अध्यनन गर्दा प्रतिवादी ताराकन्त यादबलाई २ वर्षं कैद हुने देखिन्छ भने अनिरुद्र सिंह यादव सहितकोलाई जिल्ला अदालको फैसला अनुसार ४ वर्ष कैद भएको देखिन्छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !