Friday, May 1, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

हरवा चरुवा दलित परिवारकी ज्योतिको डाक्टर बन्ने सपना


हरवा चरुवा दलित परिवारकी ज्योतिको डाक्टर बन्ने सपना

सुभाष कर्ण
जनकपुरधाम, मंसिर १० गते । डाक्टर बन्ने सपनाले दलित परिवारकी छोरी ज्योति कुमारी महरालाई निकै संघर्षशील बनाएको छ ।

कक्षा ५ मा अध्ययनरत ११ वर्षिय धनुषाको विदेह नगरपालिका ६ गिद्धा टोलीकी ज्योतिलाई घरको काम, ट्यिूशनको पढाई, विद्यालयको होमवर्क र खेतमा समेत धान काट्न जाने लगायत थुप्रै कामले भ्याईनभ्याई भइरहेको छ ।

उनी बिहानै ५ बजे सुतेर उठ्छिन । उठेपछि दैनिक नित्यकर्मपछि घरको भान्साघरमा राखेका बर्तन मांझेर बिहानै साढे ६ बजे नै ट्विशन पढन गाउँकै सामुदायिक भवनमा पुग्नुपर्छ । साढे ८ बजे ट्विशन सकाएर घर आई खाना खाएर १० बजे विद्यालय समेत पुग्नुपर्छ । यति मात्र होइन विद्यालयमा छुट्टी भए लगतै धान काट्ने काममा आमाका हातपुर्न खेतमा समेत प्रत्येक दिन जानुपर्छ ।

घर आएपछि फेरी उही झटपटमा बर्तन मांझ्ने अनि खाना बनाउन आमालाई सहयोग गर्ने । त्यसपछि स्कूल र ट्विशनको होमवर्क पुरा गर्ने । संघर्षका यी कार्य ज्योतिकको दैनिकी नै बनिसकेको छ । यतिको काम गर्दा पनि उनले डाक्टर बन्ने सपना छाडेकी छैनन् । उनी दृढ छिन मेहनत गरेर पढ्दा एक अवश्य नै नाम निकालेर डाक्टरी पढछु ।

ज्योतिका बुवा रामएकवाल महरा भारतको मद्रास शहरमा मजदूरी गरिरहेका छन । रामएकवालको पैसाले घर धान्न नसकेपछि ज्योति आमासँगै पढाईबाट समय बचाएर खेतमा काम गर्न जान्छिन । मजदूरीबाट आएका पैसार बईनमा भेटने धानले उनका पुरा परिवार छाक टार्दै आएका छन । सोहीबाट बचेका पैसा र गिरहतबाट कर्जा लिएर ज्योतिको किताब र विद्यालयमा नाम लेखाई उनका आमाबुवाले गर्दै आएका छन ।

विद्यालयको पढाईमा ज्योतिलाई उनका आमाबुवाका साथै गैरसरकारी संस्था सामुदायिक सुधार केन्द्र (सीआईसी) ले समेत सहयोग गर्दै आएका छन । ज्योति मात्र होइन हरवाचरवा समूहसँग आबद्ध दलितका बालबालिकालाई पढाईमा कापी, पेन्सिल, कटर, स्कुल ड्रेस लगायतका शैक्षिक सामाग्रीका साथै निशुल्क ट्विशन कक्षा दिदै आएका छन ।

ज्योतिलाई विद्यालयको होमवर्क बनाउन सो गिद्धा गाउँमै सिआईसीद्वारा सञ्चालित ट्विशन कक्षाबाट सहयोग हुँदै आएका छन । विद्यालयको होमवर्क मात्रै होइन कक्षागत किताबका अन्य सोलुसन र अतिरिक्त पढाई समेत सो ट्विशनमा गराइदै आएको छ । सिआईसीद्वारा सञ्चालित गिद्धा स्थित ट्विशन कक्षामा ज्योति सहित दुई समूहमा दलित हरवाचरवा परिवारका ८० जना कक्षा १ देखि ७ सम्मका विद्यार्थी पढिरहेका छन ।

गरीब दलित हरुवा चरुवा परिवारमा जन्मेकी ज्योति आफ्ना आमाबुवाको गरीबी जन्मैदेखि नियाल्दै आएकाले दिनरात मेहनत गरी डाक्टर बनेर उन्मुक्ति दिलाउने जूनून छ । ज्योति भन्छिन सिआईसीले संचालन गरेको ट्विशन कक्षाले हामीलाई पढाई र आर्थिक दूवै रुपले धेरै नै मद्दत पुराएको छ । बाहिर ट्विशन पढन जाँदा ३÷४ सय रुपैया महिना लिने गरेको छ । तर सबै कक्षाको सबै विषय पनि पढाउंदैनन् । तर यहाँ पढ्दा निशुल्क पढिरहेको छु । कक्षाका सबै किताबको होमवर्क गराउंदै आएकाले आफूलाई पढाईमा निकै मद्दत पुगेको छ । अहिलेको निरन्तरता कायम रहे पक्कै एक न एक दिन आफू डाक्टर बन्ने नै छु ।

ज्योतिलाई यो आत्मविश्वास अरु कसैले होइन, फ्रिडम फण्डसको आर्थिक सहयोगमा सामुदायिक सुधार केन्द्र (सिआईसी) ले हरुवा चरुवा परिवारहरुको जीवनमा परिवर्तन ल्याउन चलाएको ट्विशन कक्षले आफूमा शैक्षिक गुणस्तरीयता थपेको हो । उनी भन्छिन गरीब दलित परिवारबाट भएको कारण आमाबुवा पनि पढन नसकी हरुवा चरुवामा जीवन बिताई रहेका छन । तर हरुवा चरुवा परिवारका बालबालिका लागि सिआईसीले संचालन गरेको शैक्षिक कार्यक्रममा निशुल्क टिउसन र छात्रवृतिमा चार सालसम्म पाएको स्कूल ड्रेस, कापी, पेन्सिल लगायतका शैक्षिक सामाग्रीले अब गरीबका बालबालिकाहरु पढन सक्छ भन्ने आत्मविश्वास जागेपछि आफू इन्जियर बन्ने अठोट लिएकी हुँ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

हरवा चरवाको नयाँ कार्यविधि तयार पारिने
Blast News

हरवा चरवाको नयाँ कार्यविधि तयार पारिने

२०७९ मंसिर १४, बुधबार १५:५५
गापा अध्यक्ष नै वडा कार्यालय आगजनी र तोडफोड गरेकाे आराेप
Blast News

गापा अध्यक्ष नै वडा कार्यालय आगजनी र तोडफोड गरेकाे आराेप

२०७९ मंसिर १४, बुधबार १५:५५
जानकी फन पार्कमा खुल्यो बगैँचा रेष्टुरेन्ट
Blast News

जानकी फन पार्कमा खुल्यो बगैँचा रेष्टुरेन्ट

२०७९ मंसिर १४, बुधबार १५:५५
मटिहानीलाई उत्कृष्ट नगरपालिकाको अवार्ड
Blast News

मटिहानीलाई उत्कृष्ट नगरपालिकाको अवार्ड

२०७९ मंसिर १४, बुधबार १५:५५
मधेशकाे सुरक्षा व्यवस्थामा उच्च सतर्कता
Blast News

बिचाैलियाकाे नाममा लेखापढी व्यवसायीलाई धरपकड, ४२ जना पक्राउ

२०७९ मंसिर १४, बुधबार १५:५५
मेयर मण्डलले कर्मचारी कुटेकाे आराेप, कारवाहीकाे माग
Blast News

मेयर मण्डलले कर्मचारी कुटेकाे आराेप, कारवाहीकाे माग

२०७९ मंसिर १४, बुधबार १५:५५

ताजा खबर

हरवा चरवाको नयाँ कार्यविधि तयार पारिने

हरवा चरवाको नयाँ कार्यविधि तयार पारिने

गापा अध्यक्ष नै वडा कार्यालय आगजनी र तोडफोड गरेकाे आराेप

गापा अध्यक्ष नै वडा कार्यालय आगजनी र तोडफोड गरेकाे आराेप

जानकी फन पार्कमा खुल्यो बगैँचा रेष्टुरेन्ट

जानकी फन पार्कमा खुल्यो बगैँचा रेष्टुरेन्ट

मटिहानीलाई उत्कृष्ट नगरपालिकाको अवार्ड

मटिहानीलाई उत्कृष्ट नगरपालिकाको अवार्ड

मधेशकाे सुरक्षा व्यवस्थामा उच्च सतर्कता

बिचाैलियाकाे नाममा लेखापढी व्यवसायीलाई धरपकड, ४२ जना पक्राउ

मेयर मण्डलले कर्मचारी कुटेकाे आराेप, कारवाहीकाे माग

मेयर मण्डलले कर्मचारी कुटेकाे आराेप, कारवाहीकाे माग

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव