Saturday, May 9, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

कस्ता कस्ता अवस्थामा हुन्छ चेक बाउन्स र कारवाही व्यवस्था ?


कस्ता कस्ता अवस्थामा हुन्छ चेक बाउन्स र कारवाही व्यवस्था ?

जनकपुरधाम । आर्थिक कारोबारका लागि बैंक मार्फत चेक प्रयोगको तरिकाले सहज बनाएको छ । नगद कारोबारलाई सहज र सुलभ तथा छिटोछरितो बनाउन चेकको प्रयोग गरिन्छ ।

व्यक्तिगत र संस्थागतरुपमा पनि एकआपसमा बैंक मार्फत हुने आर्थिक कृयाकलाप या कारोवारलाई सुव्यवस्थित तरिकाले संचालन गर्न नगदको सट्टामा प्रयोग गरिने एकप्रकारको मौद्रिक उपकारण चेक हो ।

यो व्यक्ति–व्यक्ति विच वा व्यक्ति र संस्था विच आर्थिक कारोवार संचालन गर्ने लिखित उपकरण हुनुका साथैै रकम लेनदेनको प्रमाण पनि हो । विनिमय अधिकारपत्र ऐन, २०३४ को दफा २ (ज) ले चेक भन्नाले माग्नासाथ भुक्तानी दिनुभनि कुनै वैक उपर खिचिएको विनियम पत्रलाई सम्झनु पर्दछ, भनेको छ ।

चेकको कारोवारले एकातर्फ लेनदेन व्यबहार र आर्थिक कारोवारलाई सरलता र सहजता प्रदान गरेको छ भने अर्को तर्फ यसको दुरुपयोग पनि त्यतिकै नै बढेको छ । खातामा रकम नभएपनि देनदारलाई झुक्याउन बदिनियत पुर्ण तरिकाले चेक काटने गरिन्छ । यस्ता क्रियाकलापलाई चेक अनादर भनिन्छ जसलाई अंग्रेजीमा चेक बाउन्स भन्ने गरिन्छ ।

चेक काटिदिने व्यक्तिले, आफ्नो बैंक खातामा रकम छैन वा रकम भएपनि पर्याप्त छैन भनी जान्दा जान्दै चेक काटि दिएमा (चेक धारक अर्थात) चेक लिने व्यक्तिले प्राप्त गर्नुपर्ने रकम बैंकबाट प्राप्त गर्न नसकेको अबस्था अर्थात कुनैपनि बैंकले भुक्तानी दिनुपर्ने रकम भूक्तानी नदिएको वा चेक भूक्तानी दिन इन्कार गरेको अवस्था चेकअनादर अर्थात चेक बाउन्स हो ।

खातावालाकै कारणवाट चेक भुक्तानी नभएमा वा आफ्नो खातामा पर्याप्त रकम नहुँदा नहुदै चेक काटी दिएमा, वा निश्चित कारणविना अन्य व्यक्तिलाई दिएको चेक स्टप गरेमा वा अन्य कुनै कारणवाट चेक नसाटिएमा त्यस्तो कार्य चेक अनादर भएको मानिने र त्यस्ता कार्य गर्नेलाई जरिवाना, र सजाय समेत हुने कानूनी व्यवस्था रहेको छ ।

विनिमय अधिकारपत्र ऐन २०३४ ले चेक अनादरका सम्बन्धमा विशेष व्यबस्था गरेको पाइन्छ । ऐनको दफा ५३ बमोजिम चेक धारक अर्थात चेक पाउने व्यक्तिले ६ महिना भित्र सम्बन्धित बैंक समक्ष उक्त चेक पेश गर्नुपर्छ । उक्त अवधी गुज्रीएपछि पेश भएमा भूक्तानी दिन बैंक बाध्य हुँदैन र त्यस अबस्थामा बैंकले चेक अनादर भएको प्रमाणित गरिदिँदैन । चेक अनादर भएको कुरा बैंकबाट प्रमाणित गरिनु पर्छ ।

यसरी कुनैपनि बैंकमा भूक्तानीका लागि कुनै व्यक्तिले दिएको चेक निश्चित कारण सहित बैंकबाट भूक्तानी हुन नसकी चेक फिर्ता हुनु चेक वाउन्स हो । चेक जारी गरेपछि खातावालाले खाता बन्द गरेमा पनि चेक वाउन्स हुनसक्छ । चेकबाहकले कसैलाई चेक भूक्तानीको लागि चेक काटी दिइसकेपछि सम्बन्धित बैंकलाई पहिले काटिसकेको चेक भूक्तानी नगर्न दिएको लिखत अनुरोध वा आदेश चेक स्टप हो ।

विना आधार र कारण सामान्य अबस्थामा चेकबाहकले आफुले जारी गरिसकेको चेकको भूक्तानी रोक्नु पनि चेक अनादर हो । यदि चेक दिएको व्यक्तिको चेक हराएमा, चोरी भएमा, करकापमा परि चेक कटाएको प्रमाणित भएमा वा चेक रोक्का राख्नुपर्ने वस्तुनिष्ठ प्रमाण भएको अबस्थामा बाहेक चेक रोक्का राख्नु हुँदैन ।

विनिमय अधिकार पत्र ऐन, २०३४ को दफा ६५ अनुसार, चेक पाएको व्यक्तिले चेकमा उल्लेखित रकमको भुक्तानी पाए नपाएको कुरालाई चेक वाउन्सको आधार मानेको छ । प्रतिज्ञापत्र लेखिदिने व्यक्तिले वा विनिमयपत्र स्वीकार गर्ने व्यक्तिले वा चेकको ड्रयीले भुक्तानी दिनुपर्ने रकमको भुक्तानी नदिएमा सो प्रतिज्ञापत्र, विनिमयपत्र वा चेक भुक्तानी दिन इन्कार गरी अनादर गरेको मानिनेछ ।

चेक बाउन्स भए के गर्ने त ?
बैङ्क तथा वित्तीय संस्थाले खातावालाको खातामा अपर्याप्त रकम भएका कारण चेक बाउन्स गर्नुपरेमा सम्बन्धित खातावाला व्यक्ति वा संस्थालाई फोन गरी जानकारी गराउनुपर्छ । यसरी खातामा रकम अपर्याप्त भएका कारण फिर्ता भएको चेक पुनः बैङ्कमा भुक्तानीका लागि आयो र त्यतिखेर पनि अपर्याप्त रकमका कारण चेक फिर्ता गर्नुपर्यो भने कर्जा सूचना केन्द्रमा कारबाहीका लागि बैङ्क तथा वित्तीय संस्थाले उजुरी गर्नुपर्छ ।

हरेकपटक चेक बाउन्स हुँदा बाउन्स रिपोर्ट माग्नुपर्छ । चेक बाउन्स हुँदा बैङ्कले बाउन्स रिपोर्टसहित चेक फिर्ता गर्दछन् । यसरी चेक बाउन्स भएपछि सम्बन्धित खातावालालाई बैङ्क आफैले जानकारी दिने गर्दछ । तीनपटक पनि चेक बाउन्स भएमा भुक्तानी पाउनुपर्ने व्यक्ति वा संस्थाले नै सो कुरा उल्लेख गरी प्रहरीमा उजुरी गर्न सक्छ । 

कालोसूचीमा रहेको व्यक्ति, फर्म, कम्पनी वा सङ्गठित संस्थाले त्यस्तो सूचीबाट फुकुवा नभएसम्म आफ्नो खातामा रकम जम्मा गर्नेबाहेक अन्य कुनै पनि किसिमको बैङ्किङ कारोबार गर्न पाउने छैन । खातावालाले आफूले जारी गरेको चेकको रकम भुक्तानी नहुँदै खाता बन्द गरेका कारण कुनै चेकको भुक्तानी हुन नसकेको पनि जानकारी प्राप्त हुनासाथ सम्बन्धित बैङ्क तथा वित्तीय संस्थाले कुनै माध्यमबाट सम्बन्धित खातावालालाई प्रचलित कानूनी व्यवस्थाअनुसार जानकारी गराउनुपर्नेछ । यसरी जानकारी गराएको अवस्थामा समेत उक्त चेकको भुक्तानी हुने व्यवस्था नगरेको खण्डमा त्यस्तो चेक जारी गर्ने व्यक्ति, फर्म, कम्पनीलाई कालोसूचीमा राख्न सिफारिश गरी पठाउनुपर्नेछ । 

चेक बाउन्समा कारवाही व्यवस्था

विनिमय अधिकारपत्र ऐन २०३४ को दफा १०७ (क) ले वैकमा आफ्नो निक्षेप छैन वा निक्षेप भएपनि पर्याप्त छैन भन्ने जानी जानी कुनै व्यक्तिले चेक काटी कसैलाई हस्तान्तरण गरेमा र यसरी हस्तान्तरण गरिएको चेक भुक्तानीको लागि सम्वन्धित वैक समक्ष प्रस्तुत गर्दा पर्याप्त निक्षेप नभएको कारणवाट, वैकवाट चेक अनादर भएमा चेक काट्ने व्यक्तिवाट चेकमा उल्लेखित रकम र व्याज समेत धारकलाई भराई चेक काट्ने व्यक्तिलाई तीन महिना कैद र तीन हजार रुपयाँ जरिवाना वा दुवै सजाय हुनेछ भनेको छ ।

केही गरी चेक वाहकको चेक चोरी भएको वा हराएकोमा, आफ्नो खातामा भएको रकमको सुरक्षार्थ सम्वन्धित वैकलाई चेकबाहकले सुचना दिई खाता रोक्का राखेमा चेक बाउन्स हुँदैन । तर चेक हराएको वा चोरी भएकोमा खातावालाले सम्वन्धित निकाय समक्ष उजुर गरेको भने देखिनु पर्छ । चेक चोरी भएको वा हराएको प्रमाण पेश भएमा चेक अनादर भएको मानीदैँन, भन्ने व्यबस्था पनि कानूनमै गरिएको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

रेडक्रसका अध्यक्ष शर्माले दिए राजीनामा
Blast News

रेडक्रसका अध्यक्ष शर्माले दिए राजीनामा

२०७८ कार्तिक २, मंगलवार १८:१८
भारतीय सवारीलाई ठूलो राहत, अब भन्सार इन्ट्री अनलाईनबाटै
Blast News

भारतीय सवारीलाई ठूलो राहत, अब भन्सार इन्ट्री अनलाईनबाटै

२०७८ कार्तिक २, मंगलवार १८:१८
कार्यसम्पादन मूल्यांकनमा मधेश प्रदेश सबैभन्दा कमजोर
Blast News

जनमतको समर्थन फिर्ता सदर भएपनि सरकार नढल्ने

२०७८ कार्तिक २, मंगलवार १८:१८
हरवा चरवाको नयाँ कार्यविधि तयार पारिने
Blast News

हरवा चरवाको नयाँ कार्यविधि तयार पारिने

२०७८ कार्तिक २, मंगलवार १८:१८
गापा अध्यक्ष नै वडा कार्यालय आगजनी र तोडफोड गरेकाे आराेप
Blast News

गापा अध्यक्ष नै वडा कार्यालय आगजनी र तोडफोड गरेकाे आराेप

२०७८ कार्तिक २, मंगलवार १८:१८
जानकी फन पार्कमा खुल्यो बगैँचा रेष्टुरेन्ट
Blast News

जानकी फन पार्कमा खुल्यो बगैँचा रेष्टुरेन्ट

२०७८ कार्तिक २, मंगलवार १८:१८

ताजा खबर

रेडक्रसका अध्यक्ष शर्माले दिए राजीनामा

रेडक्रसका अध्यक्ष शर्माले दिए राजीनामा

भारतीय सवारीलाई ठूलो राहत, अब भन्सार इन्ट्री अनलाईनबाटै

भारतीय सवारीलाई ठूलो राहत, अब भन्सार इन्ट्री अनलाईनबाटै

कार्यसम्पादन मूल्यांकनमा मधेश प्रदेश सबैभन्दा कमजोर

जनमतको समर्थन फिर्ता सदर भएपनि सरकार नढल्ने

हरवा चरवाको नयाँ कार्यविधि तयार पारिने

हरवा चरवाको नयाँ कार्यविधि तयार पारिने

गापा अध्यक्ष नै वडा कार्यालय आगजनी र तोडफोड गरेकाे आराेप

गापा अध्यक्ष नै वडा कार्यालय आगजनी र तोडफोड गरेकाे आराेप

जानकी फन पार्कमा खुल्यो बगैँचा रेष्टुरेन्ट

जानकी फन पार्कमा खुल्यो बगैँचा रेष्टुरेन्ट

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव