लोक समाचारदाता
जनकपुरधाम, माघ ६ गते ।
धनुषाको नगराईन नगरपालिका स्थित जटहीका मुसहरुलाई बढदै गएको जाडोबाट बच्न नेपाली कांग्रेसको अगुवाईमा साना पाइलोले कम्बल वितरण गरेको छ ।
सोमवार एक कार्यक्रम आयोजना गरी साइनो पाइला नेपालले जटहीका एक सयभन्दा बढी मुसहरहरुलाई कम्बल वितरण गरेको हो ।
सो कम्बल वितरण कार्यक्रममा नेपाली कांग्रेसका क्षेत्रिय अध्यक्ष कन्हैया कर्ण, जिल्ला सदस्य प्रफुल्लराज घिमिरे, जनकपुरधाम उपमहानगरपालिका वडा नं. १० का अध्यक्ष मिथिलेश कर्ण लगायतका नेताहरुको उस्थिति रहेको थियो ।
ती नेताहरुको हातबाट दलित समुदायका विपन्न मुसहरहरुलाई कम्बल वितरण गरिएको जनाइएको छ ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !