Saturday, August 15, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

प्रदेश २ सरकारको चियापान कार्यक्रम बन्यो तमाशा


थरी थरीको दृश्य देखियो : महतोलाई बेवास्ता, खाजा बिना रितै फर्के सहभागी, प्रमुख अतिथि आउंदा कुर्सी नै खाली

न्यूज डेस्क
जनकपुरधाम, कात्तिक ७ गते ।
लाखौ रुपैया खर्चेर प्रदेश २ मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले दिपावली तथा छठ पर्वको अवसरमा आयोजना गरिएको चियापान समारोह प्रमुख अतिथिका कारण तमाशा नै बन्यो ।
दिउंसो एक बजेका लागि बोलाइएको कार्यक्रममा प्रमुख अतिथि समाजवादी पार्टीका अध्यक्ष एवं स्वास्थ्य मन्त्रीका लागि सहभागीहरुलाई जोकर झै अब आउंछ तब आउंछ भनी ५ घण्टासम्म कुराइयो । अन्ततः बेलुका ५ बजे आइपुगे प्रमुख अतिथि यादव, उनी आएपछि दर्शक दिर्घामा बसेका प्रदेश स्थित नेता कार्यकर्ता, कर्मचारी, बुद्धिजीवी एवं व्यवसायीहरुमध्ये ८० प्रतिशत भन्दा बढी खाजा नखाईकन फर्के ।
दस लाख सहित करीब २५ लाख रुपैयाको लागतमा आयोजना गरिएको सो कार्यक्रममा सहभागीहरुलाई प्रमुख अतिथि नआएसम्म खाजा दिदैन भनेपछि अधिकांश खाजा नलिईकन फर्केका थिए । सहभागी दर्शकहरुलाई प्रमुख अतिथिका लागि भगवान झै कुराइएको सो कार्यक्रममा हेर्न लायक अर्को तमाशा भयो एकीकरणको लाममा बसेका राजपाका केही नेताहरुलाई मुख्यमन्त्री लालबाबु राउतलाई गरेको बेवास्ता ।
मधेश भवनको प्रांगणमा बिहीबार आयोजित सो कार्यक्रममा प्रादेशिक लोकसेवा आयोगका अध्यक्ष तथा सदस्यहरु, नीति आयोगका उपाध्यक्ष, प्रदेशसभा सदस्यहरु तथा जिल्ला सुरक्षा निकायका प्रमुखहरु लगायत अतिथिहरु तोकिएकै समयमा कार्यक्रम स्थलमा पुगिसकेपछि प्रदेशका मन्त्रीहरु टेवाटेवी रुपमा जन्ती आए झै आउने क्रम जारी रहयो । घण्टौसम्म मञ्च खालि नै रहेको देखियो ।

राजपा अध्यक्ष महतोलाई मुख्यमन्त्रीले गरे बेवास्ता

  • फोटो साभार : मधेश टुडे

करीब २ बजे पुगेका प्रतिनिधिसभा सदस्य तथा राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो संग मुख्यमन्त्री राउतले गरेको बेवास्ता घटनाले सहभागीहरुलाई अचम्भित बनाए । महतो पुगिसकेपनि मुख्यमन्त्री कार्यकक्षमै थिए । महतोले मुख्यमन्त्रीलाई मञ्चमा आउन खबर पठाएपछि उनले कार्यालयमै आउन निजी सचिव मार्फत भन्न लगाए ।
मुख्यमन्त्रीको तिरस्कृत व्यवहारले आजित भई महतोले आफूलाई काठमाडौ जान अढाई बजे विमानस्थल पुग्नुछ भेटनुछ भने मुख्यमन्त्रीलाई यही बोलाउ पुनः खबर पठाएपछि अन्ततः १५÷२० मिनेटपछि मुख्यमन्त्री राउत कार्यक्रम स्थलमा त आए तर दृश्य हेर्न लायक नै बन्यो ।
मुख्यमन्त्री आएपछि अन्य अतिथिहरुसंग भेटदै पछि उनी संग भेटे, उनको यो व्यवहारले महतो चित दुखाएर त्यहाँबाट अपमान महसूस गर्दै हिंडिहाले । तर त्यसको केही क्षणमै राजपाका अर्का अध्यक्ष शरतसिंह भण्डारी पुग्दा मुख्यमन्त्रीले उनलाई स्वागत गर्न गेटसम्म नै पुगे । मुख्यमन्त्री यस्ता विभेदकारी व्यवहारले राजपाका नेता कार्यकर्तालाई मात्र होइन अन्य सहभागीहरुलाई चित दुख्नुका साथै अचम्भित बनाए ।

मुख्यमन्त्री यी व्यवहारले एकीकरणमा असर

  • फोटो साभार : मधेश टुडे

मुख्यमन्त्री राउतले नेता महतोसंग गरेको तिरस्कृत व्यवहारले प्रक्रियामा रहेका राजपा समाजवादी पार्टी एकीकरणमा असर पार्ने देखिन्छ । किनकी एकीकरणका लागि महतो नै राजपाबाट नेतृत्वकर्ताको रुपमा देखिएका छन । एकीकरणका लागि राजपामा दुईधार देखिएका छन् । ती मध्येका एक समूह राजेन्द्र महतो र अर्का समूहका सदस्य हुन शरतसिंह भण्डारी । मुख्यमन्त्रीले यस्तो किन गरेका हुन उनी एकीकरणको पक्षमा छैनन कि जस्तो आभास कार्यक्रममा सहभागी कार्यकर्ताहरुलाई महसूस भएको छ ।
सहभागी राजपाका एक नेताले भने राजेन्द्र महतो राजपाका अध्यक्ष मात्र होइन एउटा पिलर पनि हुन र एकीकरणका लागि दिनरात एक गरिदिएका छन । यस्ता नेतालाई जानीजानी अपमान गर्नु भनेको मुख्मयन्त्री एकीकरणको पक्षमा नरहेको प्रष्ट हुन्छ ।
प्रमुख अतिथिको पर्खाईमा एक बजेका लागि निर्धारण गरिएको कार्यक्रम सांस्कृतिक कार्यक्रमहरु गर्दै बेवजह लम्ब्याइदै ५ बजेसम्म पुरयाइयो तर तबसम्म दर्शक दिर्घाको कुर्सी नै खाली भई मुश्किलले २० प्रतिशत पार्टीका केही नेता र समर्थक लगायतका व्यक्ति बांकी रहयो ।

एक बजे भनिएको कार्यक्रम साढे ३ बजे शुरु

त्यसअघि समयमै आइपुगेका अतिथिहरुले दबाव दिन थालेपछि एक बजेका लागि भनिएको कार्यक्रम करिब साढे तीन बजे प्रदेश सरकारका मुख्य सचिव दिपक सुवेदीले स्वागत मन्तव्य दिंदै शुभारम्भ गरिएको थियो ।
शुरुमा प्रदेश सरकारका जम्मा तीनजना मन्त्री समाजवादीतर्फका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साह र राजपातर्फका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश राय र समाजवादी तर्फकै भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय पुगेका थिए ।
कार्यक्रम औपचारिक रुपमा शुरु भइसकेपछि लम्बिदै गर्दा पछि आर्थिक मामिला तथा योजनामन्त्री विजय यादव र आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादव पुगे । सामाजिक विकास मन्त्री नवलकिशोर यादवले त हदै गरियो उनी निर्धारित समयभन्दा चार घण्टा ढिलो पुगे ।
प्रमुख अतिथिकै पर्खाइमा कार्यक्रम लम्ब्याउन सबै मन्त्री तथा प्रतिनिधिसभा सदस्यहरुलाई बोल्न लगाइ रहेको बेला समय आभाव रहेको बताउँदै प्रतिनिधिसभा सदस्यद्वय शरतसिंह भण्डारी र रेणु यादवले चलाखी गर्दै बीचमै समय मागेर बोलेर भण्डारी हिंडिसके भने रेणु प्रमुख अतिथि आफ्ना अध्यक्षको पर्खाईमा बसिरहे ।

खाजा बिना नै रित्ते हात फर्के सहभागी

त्यसपछि त प्रमुख अतिथि आउने छांटकाट नदेखिएपछि दर्शकदिर्घामा बसिरहेका अतिथिहरु उठेर विस्तारै एकाएकी गर्दै निस्किेर जान थाले । कार्यक्रमको बीचमै जानेहरुलाई आयोजक समितिको निर्देशनमा खाजा पनि दिइएन उनीहरु रितै हात छिया छिया गरेर फर्केर गएको दृश्य देखियो ।
मुख्यमन्त्री सहित आयोजक पक्षको यो प्रवृतिले हिजो अरुलाई सामन्ती भनेर गाली गर्नेहरु कुर्सी पाएपछि त्योभन्दा पनि ठूला सामान्त बन्न गएको देखा प्रदेशका जनताले महसूस गरेका छन । असारे बजेट खर्चिने सरकारको रुपमा परिचित प्रदेश २ सरकार बजेट सकाउन यस्ता तमाशा कार्यक्रमका लागि २५ लाख रुपैया खर्चेको श्रोतको भनाई छ ।

प्रमुख अतिथि आउंदा कुर्सी नै खाली

एक बजेटका लागि भनिएका सो कार्यक्रम प्रमुख अतिथि स्वास्थ्य मन्त्री यादव बेलुका ५ बजे पुगेपछि बल्लतल्ल ६ बजेसम्म सम्पन्न त भयो तर दर्शक दिर्घाको कुर्सी त्यसअघि नै खाली भइसकेको थियो । मुश्किलले कुल सहभागीको २० प्रतिशत मान्छे सहभागी थिए त्यो पनि प्रदेशका मन्त्रीहरु, केही प्रदेश सभा सदस्य, समाजवादी पार्टीका नेता कार्यकर्ता र मन्त्रालयका कर्मचारी सहित उनका समर्थकहरु ।
मन्त्री यादवले भाषण गर्दा कसैलेपनि चासो लिएर सुनेन किनभने उनीहरुलाई भाषणभन्दा घर जान कार्यक्रम सम्पन्नको पर्खाइमा थियो । तर बाध्यतावश पार्टीका अध्यक्ष बोलिरहेको डरले मनमनौ कोस्दै एकअर्काबीच प्रमुख अतिथिको सामान्ती प्रवृति विरुद्ध कानाफुसी गर्दै गरेको देखियो । पछिल्लो समयमा अध्यक्ष यादवका लागि घण्टौ कुर्ने कार्यकर्ताहरु यसपाली त्यसरी कुरेको देखिएन किनभने उनीहरु पहिला नै समय खर्चि सकेको थियो ।
मुख्यमन्त्री कार्यालयले आयोजना गरेको चियापान समारोह कार्यक्रमको यो पहिलो घटना होइन गत वर्षपनि करीब ३ घण्टा ढिलो शुरु भएको थियो । ती बेलापनि कार्यक्रम सम्पन्न हुने बेलासम्म आधाभन्दा सहभागी फर्किसकेको थियो ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम
Blast News

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला
Blast News

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि
Blast News

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा
Blast News

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया
Blast News

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

अदालतअगाडि नै आत्मदाहको प्रयास
Blast News

अदालतअगाडि नै आत्मदाहको प्रयास

ताजा खबर

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

अदालतअगाडि नै आत्मदाहको प्रयास

अदालतअगाडि नै आत्मदाहको प्रयास

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव