Monday, September 28, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया


वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

जनकपुरधाम । धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकाले वैदेशिक रोजगारीबाट फर्किएका नागरिककाे आयआर्सीजनका लागि उद्यमशीलतासँग जोड्ने अभियान अघि बढाएको छ।

गाउँपालिकाले रोजगार सेवा केन्द्रमार्फत सञ्चालित रेमी परियोजनाअन्तर्गत वैदेशिक रोजगारीबाट फर्किएका युवालाई लक्षित गरी सीपमूलक तालिम, प्रविधि हस्तान्तरण, कृषि तथा व्यवसाय प्रवद्र्धनलगायतका आयआर्जनमूलक कार्यक्रम सञ्चालन गर्दै आएका छन्।

गाउँपालिकाका अनुसार गत आर्थिक वर्षमा मात्रै विदेशबाट फर्किएका १ सय ११ जनालाई विभिन्न कृषि तथा व्यवसायिक गतिविधिमा आबद्ध गराउँदै प्रविधि र अन्य सहयोग उपलब्ध गराइएको छ।

गाउँपालिका अध्यक्ष जयकुमार यादवका अनुसार ८८ जनालाई व्यवसाय प्रवद्र्धनका लागि आवश्यक विभिन्न प्रविधि हस्तान्तरण गरिएको छ।

त्यसैगरी १० जनालाई साझेदारीमा मखान खेती तथा ३५ जनालाई केरा र कागती खेतीका लागि सहयोग गरिएको छ। गाउँपालिकाको सहयोगपछि हाल ३–३ बिघा क्षेत्रफलमा मखान तथा केरा–कागती खेती भइरहेको अध्यक्ष यादवले जानकारी दिए।

रेमी परियोजनामार्फत सञ्चालित कार्यक्रमको अवस्थाबारे जानकारी लिन गाउँपालिका कार्यालय पुगेकी मधेश प्रदेश सरकारकी श्रम, रोजगार तथा यातायातमन्त्री शारदा देवी थापालाई अध्यक्ष यादवले वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकलाई लक्षित गरी गाउँपालिकाले सञ्चालन गरिरहेका कार्यक्रम तथा त्यसबाट प्राप्त उपलब्धिबारे जानकारी गराएका छन् ।

गाउँपालिकाले विदेशबाट फर्किएका श्रमिकलाई मात्र नभई अतिविपन्न तथा दलित परिवारलाई समेत आवासको सुविधा उपलब्ध गराउँदै आएको जनाएको छ।

अध्यक्ष यादवका अनुसार गाउँपालिकाको पहलमा हालसम्म १ सय ४० परिवारका लागि घर निर्माण भइसकेको छ। चालु आर्थिक वर्षमा थप १ सय विपन्न तथा दलित परिवारका लागि आवास निर्माण गर्ने लक्ष्य गाउँपालिकाले लिएको छ।

वैदेशिक रोजगारीका क्रममा विदेशमा बिरामी परेर स्वदेश फर्किएका नागरिकको उपचारमा समेत गाउँपालिकाले सहयोग गर्दै आएको छ। रेमी परियोजनाअन्तर्गत रहेको कोषबाट बिरामी भएका फर्किएका श्रमिकलाई उपचार खर्च उपलब्ध गराउने व्यवस्था गरिएको अध्यक्ष यादवले बताए।

त्यसैगरी वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका स्थानीय नागरिकको शव स्वदेश ल्याउन गाउँपालिकाले सहयोग गर्दै आएको छ। मृतकका परिवारलाई राहतस्वरूप प्रतिपरिवार ५० हजार रुपैयाँका दरले आर्थिक सहयोगसमेत उपलब्ध गराउँदै आएको अध्यक्ष यादवले जानकारी दिए।

अध्यक्ष यादवले विदेशबाट फर्किएका व्यक्तिसँग केवल श्रमको अनुभव मात्र नभई विभिन्न काममा हासिल गरेको सीप, कार्यअनुशासन, व्यवसायिक ज्ञान र सम्भावित लगानीका लागि पुँजीसमेत हुने भएकाले त्यसलाई स्थानीय उत्पादनमा उपयोग गर्न गाउँपालिका केन्द्रित रहेको बताए।

उनका अनुसार विदेशमा सिकेको सीप र अनुभवलाई गाउँमै प्रयोग गर्न सक्ने वातावरण निर्माण भएमा फर्किएका श्रमिकलाई पुनः वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता कम गर्न सकिन्छ। त्यसैलाई ध्यानमा राखेर गाउँपालिकाले सीप विकास, व्यवसायिक तालिम, प्रविधि हस्तान्तरण र कृषि उत्पादनसँग सम्बन्धित कार्यक्रमलाई प्राथमिकता दिएको हो।

कार्यक्रमको जानकारी लिएपछि मन्त्री शारदा देवी थापाले वैदेशिक रोजगारीबाट फर्किएका नागरिकलाई उद्यमशील बनाउन आवश्यक पर्ने तालिम तथा अन्य कार्यक्रमको प्रस्ताव भदौ महिनाभित्र मन्त्रालयमा पेश गर्न गाउँपालिकालाई आग्रह गरिन्।

सो अवसरमा गाउँपालिकाकी रोजगार संयोजक सरिता साहले रेमी परियोजनाको कोषमा थप रकम र प्राविधिम तालिम आवश्यक रहेको विषयमा मन्त्रालयको ध्यानाकर्षण गराएकी थिइन्। त्यसपछि मन्त्रालयका उपसचिव धनञ्जय सिंहले चालु आर्थिक वर्षमा मन्त्रालयका तर्फबाट आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका थिए।

गाउँपालिकाले आगामी दिनमा पनि वैदेशिक रोजगारीबाट फर्किएका युवाको सीप, अनुभव र पुँजीलाई स्थानीय कृषि, उत्पादन तथा व्यवसायसँग जोडेर रोजगारी र आयआर्जनका अवसर सिर्जना गर्ने जनाएको छ।

विदेशबाट फर्किएका श्रमिकलाई पुनः विदेश जानुपर्ने अवस्थाबाट रोक्दै उनीहरूलाई आफ्नै गाउँमा उद्यमी बनाउने उद्देश्यले कार्यक्रमलाई थप प्रभावकारी बनाउने गाउँपालिकाको तयारी छ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष
Blast News

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

२०८३ श्रावण २९, शुक्रबार ००:२३
नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

२०८३ श्रावण २९, शुक्रबार ००:२३
ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

२०८३ श्रावण २९, शुक्रबार ००:२३
जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

२०८३ श्रावण २९, शुक्रबार ००:२३
जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

२०८३ श्रावण २९, शुक्रबार ००:२३
जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०८३ श्रावण २९, शुक्रबार ००:२३

ताजा खबर

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव