लोक समाचारदाता
जनकपुरधाम, कात्तिक ७ गते ।
शैक्षिक क्षेत्रमा चिनिएका जनकपुरधाम स्थित श्री रामजानकी कोचिंग सेन्टर प्रा.लि.ले शुभकामना आदान प्रदानको नाममा ठूलो साउण्डमा अश्लील गीत र त्यसमा विद्यार्थीलाई नचाएर आतंक फैलाएको आरोप लगाइएको छ ।
जनकपुरधाम वडा नं. ४ पिडरिया माई स्थान स्थित श्री रामजानकी कोचिंग सेन्टर, मिथिला टेक्निकल र रामजानकी टेक्निकलले संयुक्त रुपमा दिपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदान कार्यक्रमको नाममा बिहीवार बिहानैदेखि डिजे सहितको ठूल ठूला हर्न सडकसम्म ल्याएर चर्को आवाजमा अश्लील गीत र नृत्यहरु प्रदर्शन गरी स्थानीयलाई दुख दिएको स्थानीयको आरोप रहेको छ ।
नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष स्थानीय अनिल मिश्रले भने शैक्षिक क्षेत्र भनेको मर्यादित र शिष्टताको पहिचान हुन्छ । तर रामजानकी कोचिंग सेन्टरले शुभकामना आदान प्रदान कार्यक्रमको नाममा बिहानैदेखि बजाएको विभिन्न भाषाको अश्लिल गीत र उद्घोषणले हाम्रो मैथिली सभ्यतामाथि प्रहारका संगै स्थानीय घरमा बस्न पनि अप्ठयारो भएको छ ।
उनले भने जुन शैक्षिक संस्थाले विद्यार्थीहरु बीच अश्लीलतामा बढावा दिने काम गरिरहेको त्यसले कस्तो खाले शिक्षा दिन्छ भन्ने कुरा आज बिहानैदेखि गरिरहेको क्रियाकलापले प्रष्ट हुन्छ ।
त्यस्तै एक स्थानीयले समेत भने उद्घोषणकर्ताले साना बालबालिका विद्यार्थीहरुको उपस्थितिमा यस्ता अपशब्दहरु प्रयोग गरेर उद्घोषणा र गीत बजाइरहेका छन जसले गर्दा परिवारिक माहौलमा सुन्न ग्राहो छ, तर के गर्ने पटक पटक भन्दा पनि साउण्ड कम नगरी ठूलो आवाजमा बजाएर आतंक नै फैलाएको छ ।
उद्घोषकले लडकालाई को चाहियो, लडकी कसलाई आँख मार्छ, आँखमार्दा कस्तो फिल हुन्छ लगायतका कुराहरु उद्घोषणले गर्दा विद्यार्थीलाई त के भनौ टोल समुदायका किशोर र तन्नेरी उमेरका बालबालिकालाई उतेजित र उच्चश्रृखंल बनाउने काम गरिरहेको आरोप समेत उनले लगाए ।
सो कार्यक्रममा कक्षा ८ देखि उच्च मावि र स्वास्थ्यको तयारी कक्षाका विद्यार्थीहरुको सहभागिता रहेको छ भने ती मध्येका छात्रछात्राहरु विभिन्न अश्लिल गीत मा नृत्य र केही प्रदर्शन गरेको नाटकमा अश्लील सब्दहरु प्रयोग गरेको आरोप लगाइएको छ ।
रामजानकी कोचिंग सेन्टरले सडकसम्म ठूल ठूला हर्न चर्को आवाजमा अश्लील गीतहरु बजाएको कारण नजिकै रहेका मीट क्याम्पस र बोर्डिंग स्कूलका विद्यार्थीहरु समेत प्रभावित भएका छन् । विद्यार्थीहरुलाई सो गीतको साउण्डले गर्दा अध्ययन अध्यापन गर्न समस्या भइरहेको विद्यालयका व्यवस्थापकले बताएका छन ।



















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !