Sunday, November 29, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

विवाहपञ्चमीको निम्तो रेलबाटै पठाइयाे, सरयू–कमला रेल सेवा नियमित शुरू


विवाहपञ्चमीको निम्तो रेलबाटै पठाइयाे, सरयू–कमला रेल सेवा नियमित शुरू

जनकपुरधाम । जनकपुरधाम र अयोध्याबीचको धार्मिक सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यले विवाहपञ्चमी महोत्सवको निमन्त्रणा शनिबार भारतको अयोध्या पठाइएकाे छ ।

जनकपुरधाम–अयोध्या सरयू–कमला एक्सप्रेस रेल सेवा व्यावसायिक रूपमा सञ्चालनमा आएको दिन नै विवाहपञ्चमीको निमन्त्रणा लिएर टोली अयोध्या गएको हो ।

जनकपुरधामबाट जानकी मन्दिर, जनकपुरधाम उपमहानगरपालिका, विश्व हिन्दु परिषद्, नागरिक समाजका प्रतिनिधि तथा पत्रकार सहभागी एक टाेली निम्ताे लिएर गएका हुन् ।

अयोध्यामा भगवान् श्रीरामको जन्मभूमिसँग सम्बन्धित धार्मिक तथा सामाजिक प्रतिनिधिहरूलाई जनकपुरधाममा आयोजना हुने सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवमा सहभागी हुन औपचारिक निमन्त्रणा दिइनेछ ।

टाेलीमा सहभागीहरूले सीता–राम विवाहसँग जोडिएको ऐतिहासिक परम्परालाई निरन्तरता दिन आफूहरू अयोध्या जान लागेको बताएका छन् ।

त्रेतायुगमा राजा जनकले सीता र रामको विवाहका लागि अयोध्याका राजा दशरथलाई निमन्त्रणा पठाएको धार्मिक प्रसंग उल्लेख गर्दै उनीहरूले विवाहपञ्चमी दुई धार्मिक नगरीबीचको सम्बन्ध प्रगाढ बनाउने महत्वपूर्ण अवसर भएको बताए ।

टोलीले निमन्त्रणापत्रसँगै लत्ताकपडा, गरगहना, भाँडाकुँडालगायत सामग्री राखिएको परम्परागत भारसमेत लिएर गएको छ । जानकी मन्दिरबाट प्रत्येक वर्ष विवाहपञ्चमीका अवसरमा अयोध्यालाई जन्तीका रूपमा सहभागी हुन निमन्त्रणा पठाउने परम्परा छ ।

यसैबीच, जनकपुरधामबाट अयोध्यासम्म जोड्ने सरयू–कमला एक्सप्रेस रेल सेवा नियमित व्यावसायिक सञ्चालनमा आएको छ । करिब ६०४ किलोमिटर दूरीको यात्रामा रेलले झन्डै १९ घण्टा लगाउनेछ ।

नेपाल रेलवे कम्पनीका अनुसार स्लीपर श्रेणीको टिकट ५८४ रुपैयाँ र एसी श्रेणीको अधिकतम भाडा दुई हजार १७६ रुपैयाँ निर्धारण गरिएको छ ।

कम्पनीका प्रबन्ध सञ्चालक परिवेश पराजुलीका अनुसार रेल प्रत्येक शनिबार दिउँसो १ बजेर १० मिनेटमा जनकपुरधामबाट अयोध्याका लागि छुट्नेछ । आइतबार बिहान ८ बजेर १० मिनेटमा भारतीय समयअनुसार अयोध्या क्यान्ट स्टेसन पुग्ने तालिका छ ।

अयोध्याबाट सोमबार साँझ ५ बजेर ५० मिनेटमा फर्किने रेल मंगलबार दिउँसो १२ बजेर ४० मिनेटमा नेपाली समयअनुसार जनकपुरधाम आइपुग्नेछ ।

११ स्टेसन हुँदै अयोध्या पुग्ने

जनकपुरधामबाट छुटेको रेल जयनगर कस्टम यार्ड हुँदै भारत प्रवेश गरी मधुबनी, सिसो, सीतामढी, रक्सौल, नरकटियागन्ज, पनियहवा, गोरखपुर, बस्ती र मनकापुर हुँदै अयोध्या पुग्नेछ । यात्राका क्रममा यी स्टेसनमा रेल रोकिने व्यवस्था गरिएको छ ।

निर्धारित समयतालिकाअनुसार रेल शनिबार दिउँसो २ः२५ बजे जयनगर पुग्नेछ । त्यहाँ एक घण्टा विश्राम गरेपछि ३ः२५ बजे पुनः अयोध्याका लागि प्रस्थान गर्नेछ ।

यात्रुहरूले ६० दिनअघिसम्म अग्रिम टिकट बुकिङ गर्न सक्नेछन् । तर तत्काल, प्रिमियम तत्काल, ज्येष्ठ नागरिक, महिला तथा आकस्मिक कोटाको सुविधा उपलब्ध हुने छैन । कुल आरक्षित सिटमध्ये ७० प्रतिशत एन्ड टु एन्ड र ३० प्रतिशत रोडसाइड कोटाका लागि छुट्याइएको छ ।

रेल यात्राका लागि नेपाली र भारतीय नागरिकलाई मात्र अनुमति दिइएको छ । टिकट बुकिङ गर्दा यात्रुको नाम, उमेर, लिङ्ग, राष्ट्रियता र परिचयपत्रको विवरण अनिवार्य गरिएको छ । यात्राका क्रममा वैध परिचयपत्र साथमा राख्नुपर्ने व्यवस्था रहेको भारतीय रेलवेले जनाएको छ ।


मासिक २७ लाख भारु आम्दानी

अयोध्यासम्म रेल सेवा विस्तार भएपछि नेपाल रेलवे कम्पनीले आफ्नो पूर्वाधार प्रयोगबापत नियमित आम्दानी प्राप्त गर्ने भएको छ । कम्पनीका प्रबन्ध सञ्चालक पराजुलीका अनुसार नेपालको रेलवे ट्र्याक प्रयोग गरेबापत भारतीय रेलवेले मासिक २७ लाख भारतीय रुपैयाँ भुक्तानी गर्ने सहमति भएको छ ।


यसअघि जनकपुरधाम–जयनगर खण्डमा सीमित रहेको रेल सम्पर्क अब अयोध्यासम्म विस्तार हुँदा धार्मिक पर्यटन, तीर्थयात्रा र दुई देशबीचको सांस्कृतिक आवागमनमा थप सहजता आउने अपेक्षा गरिएको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

महिला सशक्तीकरणका उपलब्धिलाई दिगो बनाइने प्रतिबद्धता
Blast News

महिला सशक्तीकरणका उपलब्धिलाई दिगो बनाइने प्रतिबद्धता

२०८३ मंसिर १२, शनिबार २१:१९
राष्ट्रिय खेलकुद प्र्रतियोगितामा छनाैट भएकालाई सम्मान
Blast News

राष्ट्रिय खेलकुद प्र्रतियोगितामा छनाैट भएकालाई सम्मान

२०८३ मंसिर १२, शनिबार २१:११
जनकपुर–अयोध्या रेलको टिकट बुकिङ शुरु, भाडा ३६५ देखि १ हजार ३४५ भारुसम्म
Blast News

जनकपुर–अयोध्या रेलको टिकट बुकिङ शुरु, भाडा ३६५ देखि १ हजार ३४५ भारुसम्म

२०८३ मंसिर १०, बिहीबार १८:१३
एलआईसीको नाममा साहको ठगी र मिटरब्याज धन्दा
Blast News

एलआईसीको नाममा साहको ठगी र मिटरब्याज धन्दा

२०८३ मंसिर १०, बिहीबार १७:४७
एमबीबीएसको छात्रवृतिमा नाम निकाल्ने विद्यार्थीहरुलाई सम्मान
Blast News

एमबीबीएसको छात्रवृतिमा नाम निकाल्ने विद्यार्थीहरुलाई सम्मान

२०८३ मंसिर ९, बुधबार १६:३७
सुनचाँदी व्यवसायी साहद्वारा धिताे वापतका कराेडाैकाे जग्गा घपला, पक्राउपछि खुल्याे पाेल
Blast News

सुनचाँदी व्यवसायी साहद्वारा धिताे वापतका कराेडाैकाे जग्गा घपला, पक्राउपछि खुल्याे पाेल

२०८३ मंसिर ८, मंगलवार ९:५२

ताजा खबर

विवाहपञ्चमीको निम्तो रेलबाटै पठाइयाे, सरयू–कमला रेल सेवा नियमित शुरू

विवाहपञ्चमीको निम्तो रेलबाटै पठाइयाे, सरयू–कमला रेल सेवा नियमित शुरू

महिला सशक्तीकरणका उपलब्धिलाई दिगो बनाइने प्रतिबद्धता

महिला सशक्तीकरणका उपलब्धिलाई दिगो बनाइने प्रतिबद्धता

राष्ट्रिय खेलकुद प्र्रतियोगितामा छनाैट भएकालाई सम्मान

राष्ट्रिय खेलकुद प्र्रतियोगितामा छनाैट भएकालाई सम्मान

जनकपुर–अयोध्या रेलको टिकट बुकिङ शुरु, भाडा ३६५ देखि १ हजार ३४५ भारुसम्म

जनकपुर–अयोध्या रेलको टिकट बुकिङ शुरु, भाडा ३६५ देखि १ हजार ३४५ भारुसम्म

एलआईसीको नाममा साहको ठगी र मिटरब्याज धन्दा

एलआईसीको नाममा साहको ठगी र मिटरब्याज धन्दा

एमबीबीएसको छात्रवृतिमा नाम निकाल्ने विद्यार्थीहरुलाई सम्मान

एमबीबीएसको छात्रवृतिमा नाम निकाल्ने विद्यार्थीहरुलाई सम्मान

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव