जनकपुरधाम । धनुषामा एक व्यक्तिको शव फेला परेको छ । प्राप्त जानकारी अनुसार जिल्लाको जनकनन्दिनी गाउँपालिका–२ बलहागोठस्थित छोटी भन्सार कार्यालयको परिसरमा शुक्रवार बिहान एक अपरिचित पुरुषको शव फेला परेको हो ।
इलाका प्रहरी कार्यालय खजुरीका प्रहरी निरीक्षक दिनेशबहादुर कुँवरका अनुसार ३५ वर्षीय पुरुषको शव फेला परेको हो । मृतकको पहिचान खुल्न नसकेको र शरीरमा बाहिरी चोटपटकसमेत नदेखिएको उनले जानकारी दिएका छन् ।
प्रहरी निरीक्षक कुँवरले प्रारम्भिक अनुमानका आधारमा मृतक प्लास्टिक संकलन गर्ने भारतीय नागरिक हुन सक्ने बताए । यद्यपि, मृतकको पहिचान र मृत्युको वास्तविक कारण पुष्टि हुन बाँकी रहेको उनको भनाइ छ ।
शवलाई परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय खजुरीले जनाएको छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !